राजविराज नगरपालिकाको वडा नं ५ कार्यालयमा गएराति चोरी भएको छ । चोरले कार्यलयको ताला फुटाएर एक थान कम्प्युटर, एक थान प्रिन्टर, फोटोकपी, दर्ता चलानी किताब, कागजपत्र र नगदसमेत चोरी गरी लगेको वडाध्यक्ष समीर झाले बताउनुभयो । चोरले वडाध्यक्षको कार्यकक्षमा राखिएको महत्वपूर्ण कागजात तथा करिव रु दुई लाख मूल्य बराबरको सरसमान चोरेको उहाँले जानकारी दिनुभयो । […]
कास्की, ३२ जेठ (रासस)ः गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले राज्यको चौँथो अङ्गसञ्चार जगतले पनि राज्यका दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको प्रथम साधारणसभा आज पोखरामा शुभारम्भ गर्दै उहाँले समग्र पत्रकार एवं सञ्चार जगतले राज्यसँग जे अपेक्षा गरेको हुन्छ सोही अनुसार सञ्चार माध्यमले पनि योगदान पु¥याउनुपर्ने […]
सुत्केरी भएको १४ दिनपछि महिलाको मृत्यु भएपछि डडेल्धुरामा तनाव भएको छ । शल्यक्रिया गरी शिशु जन्माएकी अमरगढी नगरपालिका– ६ छचोडाकी वर्ष २६ की गीता ताम्राकारको शुक्रबार दिउँसो डडेल्धुरा अस्पतालमा अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको हो । धर्मराज ताम्राकारकी २६ वर्षीया श्रीमती गीताको मृत्यु अस्पतालको लापरवाहीले भएको भन्दै आफन्त प्रदर्शनमा उत्रेका हुन् । चिकित्सकले उपचारमा लापरवाही […]
जिल्लामा चालु आर्थिक वर्षको ११ महीनाको अवधिमा २६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । एक हजार ३७० जनाको रगत परीक्षणमा यो सङ्ख्याका बिरामी देखिएका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार सङ्क्रमितमध्ये ११ जना चितवनका छन् । अघिल्लो आर्थिक वर्षमा एक हजार २९१को रगत परीक्षण गरिएकामा ५९ जनामा सो सङ्क्रमण भेटिएको उहाँले […]
परम्परागत इन्धनको प्रयोग, सवारी साधनको चाप, जथाभावी कृषि अवशेष जलाउने र निर्माण सामग्री एवं उद्योग कलकारखानाबाट निस्कने धुलो धुवाँको कारण बढ्दो वायु प्रदूषणबाट नेपालजस्ता कम विकसित राष्ट्रहरुमा स्वास्थ्यजन्य समस्या जटिल बन्दै गएको विज्ञहरुले बताएका छन् । एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र ९इसिमोड० र बेलायतस्थित नोटिङ्घम विश्वविद्यालयद्वारा आयोजित नेपाललगायत हिन्दूकुश हिमालय क्षेत्रमा वायु प्रदूषण र […]
दाङको लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योग निर्माण गर्ने क्रममा ढलान भत्किँदा तीन मजदूरको मृत्यु भएको छ । उद्योगको छैटौँ तलामा नयाँ ‘प्लान्ट’ निर्माणको क्रममा बिहान २ बजे ढलान भत्किँदा भारत झारखण्ड निवासी ४५ वर्षीय मङ्गल कस्यव, २२ वर्षीय दयाल हरेन र ४६ वर्षीय साहेवको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले […]
बागलुङ जिल्लाको गलकोट नगरपालिकाको केन्द्र हटियादेखि गलकोट नगरपालिका–४ नुवाकोट जाँदै गरेको ट्याक्सी भेडीखोलामा दुर्घटना हुँदा एक जनाएको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । ध १ ज ५१३ नम्बरको ट्याक्सी गए राति १० बजे भेडिखोलामा दुर्घटना भएको हो । दुर्घटनामा गलकोट नगरपालिका–४ नुवाकोट निवासी मनबहादुर खत्रीको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा आज […]
नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारीको आश्वासन दिएर १५ नेपालीलाई बेचबिखन तथा ओसारपसार गर्ने दुईजनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने कार्यमा संलग्न खोटाङका ३६ वर्षीय राहुल थापा र सङ्खुवासभाका ४४ वर्षीय लोकमान राईलाई शुक्रबार पक्राउ गरेको हो । ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक ईश्वरबाबु […]
दाङका सदरमुकाम र राजमार्ग आसपास क्षेत्रमा गाउँका न्यून आयस्रोत भएका परिवारका महिलाले काफलबाट वर्ष दिनको खर्चको जोहो गर्न थालेका छन् । विपन्न परिवारका महिलाका लागि यस याममा पाक्ने काफल आम्दानीको राम्रो स्रोत बनेको छ । मौसम अनुसारका फलफूलको व्यापार गरेर आम्दानी गर्दै आएका महिलाले अहिले काफलबाट राम्रो आम्दानी गरिरहेका छन् । दाङका सदरमुकाम र राजमार्ग […]
कुनै बेला बम र बन्दुक बोकेर जनयुद्ध लडेका डोटी केआइसिंह गाउँपालिका–१ का ७२ वर्षीय तत्कालीन माओवादी नेता प्रताब पुनमगर हिजोआज तरकारी खेतीमा व्यस्त हुनुहुन्छ । डोटीको दीपायलस्थित पिपल्ला बजारमा उहाँले तीन रोपनी जमीन भाडामा लिएर तरकारी खेती शुरु गर्नुभएको हो । राजनीतिले मात्रै खान लाउन र परिवार पाल्न नसकिने भएपछि तरकारी खेती शुरु गरेको नेता […]