Home > Articles posted by NewsDesk (Page 258)
FEATURE
on १५ असार २०७६, आईतवार १९:५३
528 views 0 secs

प्रहरीले चलाएको गोली लागेर आज यहाँ एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके जङ्गलमा प्रदर्शनकारी र प्रहरीबीच आज दिउँसो भएको झड्पमा प्रहरीले गोली चलाउँदा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । प्रहरीले चलाएको गोली लागि ईश्वरपुर नगरपालिका– १३, गौरीशङ्करका २७ वर्षीय देवन (सरोज) महतोको घटनास्थलमै मृत्यु भएको सर्लाही क्षेत्र नं– १ का […]

FEATURE
on १५ असार २०७६, आईतवार १५:२९
522 views 0 secs

आज असार १५ अर्थात् धान दिवस । धान दिवस रोपाइँ गरेर मनाउने गरिन्छ । तर, बाँकेमा भने रोपाइँको सुरसार छैन । “ब्याड त राखेका छौँ”, जानकी गाउँपालिकाका किसान गङ्गाप्रसाद काँदु भन्नुहुन्छ, “सिँचाइको व्यवस्था छैन, त्यसैले पानी नपर्दासम्म रोपाइँ गर्ने अवस्था रहेन ।” असार पहिलो साता पानी परेपछि ब्याड राख्न शुरु गरेका किसानले असार १५ सम्म […]

FEATURE
on १५ असार २०७६, आईतवार १४:५७
765 views 0 secs

दलितलाई गैरदलित उत्पीडन, विभेद र खानेपानीका धारासमेत छोइछिटो हाल्नेप्रति विरोध जनाउँदै आएका छन् । गैर दलितभन्दा पनि दलित–दलितबीचको ठूलो विभेदको रहस्य बाहिर नआउँदा खासै चर्चा पाएको छैन । लोकतान्त्रिक गणतन्त्रमा गैर दलितले दलितले दिएको पानी खाने भए पनि एक दलित अर्को दलितले छोएको पानीसमेत खाने गरेका छैनन् । जिल्लाका पुस्तौँदेखि मान्दै आएका रीतिरिवाज संस्कृति र […]

FEATURE
on १५ असार २०७६, आईतवार १४:०४
649 views 0 secs

सङ्खुवासभाको पाँचखपन नगरपालिका–६ बाट भरूवा बन्दुकसहित एक पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा वाना प्रहरीले पाँचखपन–६ सङ्खुवामगरगाउँका २९ वर्षीय जगत रानामगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । रानालाई घरभित्र लुकाई ‘लोड’ गरेर राखेको भरूवा बन्दुकसहित शनिबार प्रहरीले पक्राउ गरेको हो । बन्दुकसहित पक्राउ परेका रानामगरलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी […]

FEATURE
on १५ असार २०७६, आईतवार १३:३७
506 views 0 secs

कास्कीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ । तनहुँसँग सीमा जोडिएको पोखरा महानगरपालिका–३३ तल्लो पुडिटारस्थित सेती नदीको किरानमा रहेको पोखरीमा पौडी खेल्ने क्रममा शनिबार साँझ डुबेर तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकका ११ वर्षीय निञ्चल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताउनुभयो । केही दिनयता कोत्रेस्थित सानीआमाको घरमा […]

FEATURE
on ९ असार २०७६, सोमबार ०७:२६
772 views 0 secs

दश वर्ष मलेसियामा काम गरी फर्कनुभएका मण्डनदेउपुर नगरपालिका–३ नयाँगाउँका सन्तबहादुर तामाङ यतिबेला गाउँमा नै काम गरिरहनुभएको छ । मलेसियामा श्रम गरेर फर्कनुभएका उहाँले भने पैसा कमाउन नसकेको र श्रममात्रै गरेर खालीहात फर्कन बाध्य हुनु भएको थियो । हाल उहाँ नगरपालिकाले तोकिएको मापदण्डअनुसारको सडकको सीमाङ्कन तथा मर्मत गर्ने काममा अवसर पाएपछि यतिबेला सोही काममा व्यस्त हुनुभएको […]

FEATURE
on ८ असार २०७६, आईतवार २२:०२
794 views 0 secs

वीरेन्द्रनगर, ८ असार (रासस) ः पछिल्लो नौ महीनाको अवधिमा कर्णालीमा ११६ बलात्कारका घटना भएका छन् । यो गत आवको घटनाभन्दा करीब दोब्बर हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्ष ५९ यस्ता घटना भएका थिए । प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक महेशविक्रम शाहकाअनुसार महिला हिंसाका घटनामध्ये अधिकांश घटना जबर्जस्ती करणीका छन् […]

FEATURE
on ८ असार २०७६, आईतवार २०:५३
903 views 0 secs

महाशीला गाउँपालिका–५ लुंखुदेउरालीमा आज साँझ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लुंखुदेउरालीदेखि वडा नं ३ बालाकोटतर्फ जाँदै गरेको ग १ च ७१२८ नम्बरको जीप देउराली बजार नजिकै दुर्घटना हुँदा बालाकोटका अन्दाजी ५० वर्षीय कृष्ण गुरुङ र सनाखत नभएका एक अर्का व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते चार जनामध्ये दुईलाई थप […]

FEATURE
on ८ असार २०७६, आईतवार २०:१९
581 views 0 secs

ः एक बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । शनिबार राति उर्मा गाउँ नजीकको जङ्गलमा लगेर एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका फट्टुलाल चौधरी, झगरु चौधरी र विजय चौधरीलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले बताउनुभयो । बालिकालाई उपचारका लागि सेती अञ्चल अस्पतालमा […]

FEATURE
on ८ असार २०७६, आईतवार १७:४४
628 views 0 secs

रुपन्देहीको सैनामैना नगरपालिका ६– स्थित कलोनीमा गए राति भएको मोटरसाइकल दुर्घटनामा जलेर दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मोटरसाइकलमा सवार दुवै जनाको अहिलेसम्म सनाखत हुन सकेको छैन । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ७ ख ५९४८ नं को बसलाई र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु ८ प ८४७५ नंको मोटरसाइकलले ठक्कर दिएपछि मोटरसाइकलको […]