दाङमा पोखरीमा डुबेर तीन किशोरीको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१८ स्थित कटुवा खोला किनारमा सिँचाइका लागि निर्माण गरिएको पोखरीमा नुहाउने क्रममा डुबेर तीन किशोरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार आइतबार साँझ ७ः४५ बजेतिर पोखरीमा नुहाउने क्रममा घोराही उपमहानगरपालिका–१८ अम्बापुर निवासी १९ वर्षीया वसन्ता विक, घोराही–१८ […]
पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको पूरै छत खसेर किच्दा स्थानीय जगतबहादुर राई र रुद्र राईको चेपिएर मृत्यु भएको हो । घटनास्थल पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा शव […]
नोबेल मेडिकल कलेज विराटनगरमा उपचारका क्रममा विरामीको मृत्यु भएपछि मृतकका आफन्तले कोशी राजमार्ग अवरुद्ध गरेका छन् । शुक्रबार घुँडाको शल्यक्रिया गर्न नोबल मेडिकल कलेजमा भर्ना भएका सुनसरी दुहबीका ५१ वर्षका अनिलकुमार साहको आइतबार मृत्यु भएपछि मृतकका आफन्त तथा स्थानीयबासीले कोशी राजमार्गको दुहबी खण्ड अवरुद्ध गरेका हुन् ।उपचारमा संलग्न चिकित्सकलाई कारवाही गर्नुपर्ने र मृतक परिवारलाई क्षतिपूर्ति […]
पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका-१ खयरघारीमा बससँग ठोक्किएर माइक्रो बस खोलामा खस्दा १३ जना घाइते भएका छन् । काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख २१३४ नम्बरको बसले चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ५ ख ३१५१ नम्बरको माइक्रोलाई सोमबार बिहान सवा ८ बजेतिर ठक्कर दिएको थियो । माइक्रो बस सडकबाट करिब २५ मिटर तल चिसापानी […]
कर्णाली नदी व्यवस्थापन कार्यलय बर्दियाका तीन इन्जिनियर १५ लाख घुससहित पक्राउ परेका छन् । इन्जिनियरत्रय कमल सिटौला, विश्वेश्वर प्रसाद शाह, हरी प्रसाद चौधरी र सवारी चालक टंक प्रसाद ओझालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । उनीहरूले निर्माण योजना तारजाली भर्ने कामको विल रकम भुक्तानी गरे वापत सेवाग्राहीसँग घुस रकम मागेका थिए । […]
असुरक्षित गर्भपतन गराउँदा पर्सामा एक युवतीको मृत्यु भएको छ । भारतको रक्सौल गएर असुरक्षित गर्भपतन गराउँदा पर्साको पोखरिया नगरपालिका–६ कि २० वर्षीया सावित्रीकुमारी शर्माको मृत्यु भएको हो । गर्भपतनपछि अवस्था गम्भीर बनेपछि सावित्रीलाई वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा असार २२ गते घटनाबारे थाहा पाएको प्रहरीले स्थानीय सिकेन्द्रप्रसाद […]
हरीले काठमाडौंको नागढुंगा नाकाबाट दुई किलो सुनजस्तो देखिने पहेँलो धातुसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त, थानकोटको टोलीले भैरहवाबाट आउँदै गरेको ट्रकबाट एक जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेको नाम खुलाइएको छैन । सुन हो/होइन भन्ने परीक्षणपछि मात्रै विवरण खुलाइने थानकोटका डीएसपी कुमारविक्रम थापाले अनलाइनखबरलाई बताए । थप अनुसन्धान भइरहेको उनको […]
सिरहाको छुट्टाछुटै स्थानमा शनिबार एकै दिन भएको विभिन्न घटनामा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ। विषालु सर्पदंशबाट सिरहा नगरपालिका–१२ सारश्वर निवासी प्रमोदकुमार साहको पाँच वर्षीया छोरी सन्ध्याकुमारी साहको मृत्यु भएको छ। आफ्नै घर अगाडि खेल्ने क्रममा सर्पले दाहिने खुट्टाको औँलामा टोकेपछि उपचारको लागि लहानतर्फ ल्याउने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै विषालु […]
मकवानपुरको मनहरी क्षेत्रमा गोली चलेको छ । गाँजा तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने क्रममा गएराति गोली चलेको हो । मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहका अनुसार घटनामा संलग्नलाई सार्वजनिक गर्न अहिले पत्रकार सम्मेलन आयोजना गरिएको छ ।
मनसुनी रेखा नेपालतिर सर्दै आएकाले केही दिन भारी वर्षा हुने मौसमविदले पूर्वानुमान गरेका छन् । त्यसको प्रभाव आइतबार त्यति धेरै नपरे पनि सोमबारबाट भने बढी देखिने छ ।मौसमविद मञ्जु बासीले भनिन्, ‘मनसुनी ट्रफ घरी माथि घरी तल गरिरहन्छ । यो जहाँ रहन्छ, त्यहाँ बढी पानी पर्छ ।’यसअघि दक्षिणतिर सरेको यो रेखा बिस्तारै नेपालतिर सर्दै आएको […]