फौजदारी न्यायशास्त्रले ज्यानसम्बन्धी कुनै पनि अपराधमा चारवटा पक्षलाई हेर्छ- मनसाय, लापरवाही, हेलचेक्र्याइँ र भवितव्य । यी चार अवस्थामध्ये भवितव्यलाई सामान्यतः अपराध मानिँदैन । बाँकी तीनवटालाई चाहिँ फरक-फरक स्तरअनुसारको दण्डनीय अपराध मानिन्छ । निर्मला पन्तको हत्यासम्बन्धी प्रकरणको अनुसन्धानमा राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान अधिकारी तथा चिकित्सकहरुको टोलीले लापरवाही गरेको निश्कर्ष निकालेको छ । लापरवाही भनेको हेलचेक्र्याइँ भन्दा […]
महिलामाथि श्रृखलाबद्ध काँटी आक्रमण गरेको आरोपमा पक्राउ गरेका सन्तोष कार्कीलाई जिल्ला अदालत, काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको छ । तर ३ लाख धरौटीमा छुटेलगतै प्रहरीले उनलाई फेरि पक्राउ परेको छ । महानरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले कार्कीलाई पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलाएको छ । यसअघि १२ असारमा पक्राउ परेका कार्कीमाथि महिलामाथि अपमाजनक व्यवहारको मुद्दा […]
अविरल वर्षपछि आएको बाढीले पर्सामा १६२ घरमा पूर्णरुपमा क्षति पुर्याएको छ । ३९१ घरमा आंशिक क्षति भएको छ । बाढीबाट ६७७ घरपरिवार प्रभावित भएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले संकलन गरेको पछिल्लो तथ्याङकअनुसार बाढीले चार हजार ३५० जना प्रभावित भएका छन् ।बाढीले बासस्थानमा पुगेको क्षतिलाई मूल्याङ्कन गर्दा २ करोड ३० लाख ८१ हजार मूल्य […]
विषादी परीक्षणको विवादले भारतीय तरकारी-फलफूलको नेपालतर्फ आयात केही दिन रोकिँदा ठूलै हंगामा भयो । भारतीय दूतावासले नेपालको सरकारलाई लिखित दवाव नै दियो । तर, भारतले नेपाली जडिबुटीको निर्यातमा ६ महिनादेखि पुर्याएको अवरोधको विषय भने अहिलेसम्म ओझेलमा छ । भारतीय प्लान्ट क्वारेन्टाइनको अवरोधका कारण नेपालगञ्ज नाका भएर भारततर्फ जडिबुटीको निकासी ६ महिनादेखि ठप्प छ । भारतको […]
अविरल वर्षापछि आएको बाढीले बुटवल उपहानगरपालिका-१२ ढवाहमा एउटा घर बगाएको छ ।पिसपार्क नजिकै रहेको दीपक विकको घर मंगलबार राति १ बजे सतगढी खोलामा आएको बाढीले बगाएको प्रहरीले जनाएको छ ।जोखिमका कारण मंगलवार सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय बुटवलका पहरी नायव उपरीक्षक भीमलाल भट्टराइले जानकारी दिए । दीपकको परिवार छिमेकीको घरमा […]
विराटनगरस्थित प्रदेशिक अस्पताल (कोशी)मा सर्पले डसेका बिरामीको चाप बढेको छ । अविरल वर्षापछि आएको बाढी र डुवानका कारण विगत १५ दिनयता सर्पले डसेका बिरामीको चाप अस्पतालमा बढेको हो । सर्पले डसेका बिरामीको सङ्ख्या दिनप्रतिदिन वृद्धि भइरहेको सो अस्पतालका आकस्मिक कक्षका प्रमुख डा सङ्ज्ञा ज्ञवालीले बताउनुभयो । गत वैशाखदेखि अहिलेसम्म ३१ जना सर्पले डसेका बिरामीको उपचार […]
सिञ्जा उपत्यकामा रहेको ऐतिहासिक पाण्डव गुफा संरक्षणको अभावमा जीर्ण बनेको छ । ऐतिहासिक महत्व बोकेको पाण्डव गुफाको संरक्षण हुन नसकेको स्थानीय राजबहादुर बडुुुबलले बताउनुभयो । गुफाभित्र पाँच भाइ पाण्डवका मूर्ति छन् । रारा जाने बाटोमै पाण्डव गुफा पर्छ । यहाँ दैनिक सयौँ पर्यटकको घुइँचो लाग्छ । कनकासुन्दरी गाँउपालिकामा रहेको पाण्डव गुफा एक महत्वपूर्ण ऐतिहासिक पर्यटकीय गन्तव्य हो […]
युएईमा गएको आर्थिक वर्ष ०७५/०७६ मा ९८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ५ जना महिला र ९३ जना पुरुष रहेको आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ । यो संख्या पछिल्लो ६ वर्ष यताकै धेरै हो । मृत्यु हुनेमा सबैभन्दा धेरै प्राकृतिक कारण ४८ जना पुरुष छन । दूतावासले सार्वजनिक गरेको तथ्याकंअनुसार गएको आर्थिक वर्षमा २१ पुरुष र […]
सप्तरीको रुपनी गाउँपालिका–१ स्थित खाँडो खोलामा बगेर आज सोही ठाउँका मो सलामतका छोरा ३४ वर्षीय मो नसिर मियाँ बेपत्ता भएका छन् । बाढीले बगाएर ल्याएको दाउरा निकाल्न खोज्दा पानीको भेलले बगाएर लगेको प्रत्यक्षदर्शीले बताएको रुपनीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । दुई दिनदेखिको वर्षाले खाँडो खोलामा बाढी आएको र बाढीसँगै बगाएर ल्याउने दाउरा, काठका मुढा […]
बाराबाट प्रहरीले मोटरसाइकलमा आगो लगाउने २ जनालाई पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका-११ बस्ने २३ वर्षीय शम्भु पटेल र २० वर्षीय चोकट भन्ने धर्मेन्ऽ साह गोढ पक्राउ परेका हुन् । सुवर्ण गाउँपालिका-७ बस्ने संजित यादव र नन्दकिशोर प्रसादले आफन्त पर्ने भारतीय नागरिक बिनोद यादवको बीआर०६एक्यु ९०११ र संदिपकुमार कौशलको बीआर०५क्यु ३२४९ नम्बरको मोटरसाइकल लिइ काम […]