सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा नेपालले कुवेतलाई पराजित गरेको छ । शनिबार भएको खेलमा नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको हो । ईण्डियन एसोसियसन क्रिकेट मैदानमा कुवेतले दिएको १४२ रनको मध्यम लक्ष्य नेपालले १६ ओभर मात्र ३ विकेट गुमाएर पुरा गर्यो । जितसँगै नेपालले ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो […]
रोटरी क्लब अफ न्युरोड पोखराले पोखरा महानगरपालिका–५ स्थित समता स्कूलका विद्यार्थीको निःशुल्क आँखा जाँच गरेको छ । पहिलो दिन कक्षा ५ सम्मका ५५१ विद्यार्थीको आँखाको परीक्षण गरिएको क्लबका अध्यक्ष दिनेशचन्द्र बाँस्तोलाले जानकारी दिनुभयो । मनिपाल अस्पताल पोखराको प्राविधिक सहयोगमा दुई चिकित्सकसहित पाँच जनाको समूहले विद्यार्थीको आँखा जाँच गरेको हो । बाँकी विद्यार्थीको पुनः अर्को हप्ता […]
युवापुस्ताले चासो नदिँदा परम्परागतरुपमा चलनचल्तीमा आएको पञ्चेबाजा बजाउने चलन लोप हँुदै गएको छ । विवाह, व्रतबन्ध तथा शुभकार्यमा बजाइने पञ्चेबाजा लोपोन्मुख अवस्थामा छ । नयाँपुस्तामा सीप हस्तान्तरण नभएका कारण पञ्चेबाजा लोप हँुदै गएको हो । पञ्चेबाजा बजाउने चलन हट्दै गएको छ । बाबुबाजेको पेशा र सीपलाई पछिल्लो पुस्ताले अवलम्बन नगर्दा संस्कृति नै हराउन थालेको छ […]
जिल्लाको सिदिन र एकतिनमा २०७३÷७४ देखि शुरु गरिएको अलैँची जोन कार्यक्रम विस्तार गरिएको छ । फालेलुङ गाउँपालिकामा पर्ने उक्त क्षेत्रसँगै अहिले पूरै गाउँपालिकामा अलैँची जोन विस्तार गरिएको हो । अलैँची जोन एकाइ कार्यालयका कृषि अधिकृत प्रकाश विश्वकर्माका अनुसार पाँच सय ११ हेक्टर जग्गाबाट शुरु गरिएको उक्त कार्यक्रम हाल एक हजार ६५८ हेक्टर क्षेत्रफलसम्म विस्तार भएको […]
बाढीबाट महोत्तरीमा चार हजार ५७१ घरमा पूर्ण क्षति भएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिको तथ्याङ्कअनुसार बाढीबाट सात हजार ९६३ घरमा आंशिक तथा पाँच हजार ८४७ घरमा सामान्य क्षति पुगेको छ । जिल्लामा १५० हेक्टरमा लगाइएको धानखेती, २० हेक्टरको मकैखेती, ५० हेक्टरको तरकारीखेती र आठ हेक्टरमा लगाइएको अन्य खेती नष्ट भएको छ । रु […]
मोरङको कानेपोखरी गाउँपालिका–७ जनजागृति सामुदायिक वनबाट शुक्रबार साँझ दुई थान भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार अस्थायी प्रहरी चौकी कानेपोखरी, वन कार्यालय कानेपोखरी र जनजागृती वन उपभोक्ता समितिका प्रतिनिधिसहितको टोलीले गस्ती गर्ने क्रममा कानेपोखरी गाउँपालिका–५ जहदाका २६ वर्षीय धनकेशर राई र उर्लाबारी नगरपालिका–४ का ४४ […]
कास्कीमा आर्थिक वर्ष २०७५÷७६ मा सवारीसाधन दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्यामा कमी आएको छ । जिल्ला ट्राफिक कार्यालय कास्कीको तथ्याङ्कअनुसार गत आवमा सवारीसाधन दुर्घटनाबाट ३१ जनाको मृत्यु भएको थियो । आव २०७४÷७५ मा सवारीसाधन दुर्घटनाबाट ४७ जनाले ज्यान गुमाएका थिए । तथ्याङ्क अनुसार सडक दुर्घटना भने बढेको पाइएको छ । आव २०७५÷७६ मा ८२ वटा सवारीसाधन […]
पूर्वीनवलपरासीको कावासोतीमा गएराति एउटा सरकारी गाडीमा आगजनी भएको छ । नवलपुर जिल्ला अदालतको बा २ झ ३५२० नम्बरको पार्किङ गरी राखिएको गाडीमा अज्ञात समूहले आगजनी गरेको हो । जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी अर्जुन रानाभाटले जिल्ला अदालतका श्रेस्तेदार शारदादत्त बडु चढ्दै आएको गाडीमा अज्ञात समूहले गएराति आगजनी गरेको जानकारी दिए […]
गुल्मीको सत्यवती गाउँपालिकामा पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ । पहिरो पन्छाउने क्रममा आज बिहान वडा नं ४ लिम्घाको भिरकुनाका आठ वर्षीया तारा विकको शव फेला परेपछि ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपक बस्नेतले जानकारी दिनुभयो । पहिरोमा बेपत्ता लुम्पेक, सिङ्दीकी ४० वर्षीया माया विक र उनका छोरा १५ […]
प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसूरमा मुद्दा कमजोर बनाइदिने प्रलोभन देखाएर सेवाग्राहीसँग १८ हजार रुपैयाँ मागेको भेटिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले घुससहित दुई जना प्रहरीलाई पक्राउ गरेसँगै यो कर्तुत सार्वजनिक भएको हो । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार विशेष सूचना र उजुरीका आधारमा खटिएको टोलीले प्रहरी नायब निरीक्षकद्वय रमेशबहादुर पाण्डे र राजु स्वर्णकारलाई […]