मोरङमा अशक्त किशोरीमाथि भएको सामूहिक बलात्कारको घटना मिलापत्र गरी सामसुस पार्न खोजिएको छ । अशक्त किशोरीमाथि भएको बलात्कार प्रहरीसम्म पुग्न नदिई गाउँमै पञ्चायती राखेर १ लाख ५० हजार रुपैयाँ लेनदेनमा मिलापत्र गर्न खोजिएको हो । घटना गत असार २० गते हो । पीडितका अनुसार मोरङको रंगेली नगरपालिका–९ सखुवाथानकी १६ वर्षकी अशक्त किशोरीमाथि तीनजनाले सामूहिक बलात्कार […]
गत जेठमा वैदेशिक रोजगारका लागि ओमान पुगेकी मोरङको लेटाङकी अप्सरा दाहालको शंकास्पदरुपमा मृत्यु भयो । चक्कु लागेर घाइते भएकी अप्सराले अस्पतालमै प्राण त्यागेकी थिइन् । उनको हत्या भएको आशंका छ । कामका लागि कतार पुगेका लमजुङको दूधपोखरीमा इन्द्रप्रसाद दवाडीको सुतिरहकै अवस्थामा मृत्यु भयो । बेलुका सकुशल सुतेका उनी राति हृदयघातको शिकार भएका थिए ।झापा सुरुंगाका […]
ठेक्का सम्झौता भएको छ वर्षसम्म पूरा हुन नसकेको पर्यटकीयस्थल कमलविनायक–नगरकोट सडकको प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले आइतबार स्थलगत अनुगमन गरेको छ। विसं २०७० मा शुरु भई दुई वर्षमा पूरा हुनुपर्ने १७ किमि सडक छ वर्ष बित्दा पनि निर्माण हुन नसक्दा पर्यटकमार्फत विश्वव्यापी रुपमा नकारात्मक सन्देश गएको स्थानीयवासीको गुनासो छ। राजधानी नजिकैबाट विश्वको सर्वोच्च शिखर सगरमाथाका […]
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ (एसएलसीई) को नतिजा आज (सोमबार) प्रकाशन गर्ने भएको छ। बोर्डले सबै विषयको नतिजा आजै प्रकाशन गर्ने तयारी गरेको हो। माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा, कक्षा १२ (एसएलसिई) को नतिजा साँझसम्म आइसक्ने परीक्षा बोर्डले जनाएको छ। नतिजा प्रकाशनका लागि सोमबार साँझ पाँच बजे बोर्ड बैठक बोलाइएको छ। प्राविधिकसहितको उपस्थितिमा आइतबार नतिजाको सुद्धता […]
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक आज अपराह्न बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नेताहरुको कार्य विभाजन टुंगो लगाउने बुझिएको छ । ३२ वटा केन्द्रीय विभागसहित जनसंगठनका इञ्चार्ज र सहइञ्चार्जपछिका पदाधिकारीहरुका बारेमा छलफल गर्ने बताइएको छ । अहिले सर्वाधिक चर्चा र विवादमा रहेको स्कुल विभागसहित सबै विभागको प्रमुखका बारेमा […]
आइसीसी टी २० विश्वकप क्वालिफायर एसिया फाइनल अन्तर्गत अन्तिम खेलमा नेपालले सिंगापुरसँग लज्जापद हार ब्यहोरेको छ । योसँगै नेपालको टी–२० विश्वकप सपना टुटेको छ । आइतबार भएको खेलमा सिंगापुरले नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराउँदै ग्लोबल छनोटमा स्थान बनाएको छ । घरेलु टोली सिंगापुरले नेपाललाई जितका लागि १९२ रनको फराकिलो लक्ष्य दिएको थियो । लक्ष्य […]
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कास्कीका एक नेतालाई प्रहरीले पक्राउ गरेको छ । सो समूहका जिल्ला सेक्रेटरी सुजन विकलाई प्रहरीले शनिबार साँझ पोखराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । यसअघि सो समूहका जिल्ला सेक्रेटरी विवेक भण्डारीलाई प्रहरीले पक्राउ गरेपछि विकलाई सो समूहले कास्कीको नेतृत्व गर्ने गरी केही […]
संविधानले स्थानीय सरकारका रुपमा रहेका स्थानीय तहलाई न्यायिक निकायका रुपमासमेत परिभाषित गरेको छ । स्थानीय तहको न्याय निरुपण गर्ने जिम्मेवारी संविधानले उपप्रमुख तथा उपाध्यक्षलाई तोकेको छ । संविधानको धारा २१७ ले हरेक स्थानीय तहमा एक न्यायिक समिति रहने व्यवस्था गरेको छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला जग्गा–जमिन, अंशबण्डा विवाद जस्ता मुद्दाको टुङ्गो लगाउने […]
फेरि थुप्रन थाल्यो राजधानीमा फोहर काठमाडौँ, ११ साउन (रासस) ः वाग्मती लगायत उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान जारी रहे पनि विभिन्न स्थानमा अझै फोहर उठ्न सकेको छैन । वाग्मती सफाइ महाअभियानको ३२४ औँ हप्तामा बुद्धनगर पुल क्षेत्र मुनिको नदी किनारमा सफाइ गरी नौ मेट्रिक टन फोहर उठाए पनि तीन मेट्रिक टन फोहर मात्र व्यवस्थापन […]
तनहुँको बन्दीपुर गाउँपालिकाले प्राचीन कला तथा संस्कृतिको संरक्षण हुने गरी घर निर्माण गर्दा नक्सापासमा ५० प्रतिशत छुट दिने व्यवस्था हटाएको छ । गाउँपालिकाले पाँचाँै गाउँसभामार्फत चालू आर्थिक वर्ष २०७६÷७७ देखि लागू हुने गरी नक्सापासमा ५० प्रतिशत छुट दिने व्यवस्था हटाएको हो । बन्दीपुर संरक्षित उपक्षेत्रमा निर्माण हुने घरलाई नक्सापासमा दिइने गत वर्षको छुट व्यवस्था चालू […]