नेपाल राष्ट्र बैंकविरुद्ध उमेर हदका विषयमा परेको मुद्दा आज मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको इजालासमा परेको छ । राष्ट्र बैंकले २ साताअघि बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतहरूको अधिकतम उमेर हद तोकेको थियो । राष्ट्र बैंकको उक्त निर्णयविरुद्ध प्राइम कमर्सियल बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर सर्वोच्च आदलत पुगेका थिए । ४ वर्षे कार्यकालका लागि […]
सुत्केरी भएपछि नियमित स्वास्थ्य जाँच गराउने महिलालाई कञ्चनपुरको कृष्णपुर नगरपालिकाले प्रोत्साहनस्वरुप रु ५०० भत्ता दिँदै आएको छ। सुत्केरी भएपछि नियमितरूपमा गराउनुपर्ने स्वास्थ्य जाँच गराउन प्रोत्साहनस्वरुप महिलालाई भत्ताको व्यवस्था गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक गजेन्द्र विष्टले बताए । “स्वास्थ्य जाँच नगराउँदा आमा र बच्चाको ज्यान जोखिममा पर्ने खतरा बढ्न थालेपछि नगरपालिकाले भत्ता दिने निर्णय गत वर्ष गरेको […]
तीन दिनसम्म स्थिर सुनको मूल्य मंगलबार पुनः एक हजारले बढेको छ । नेपाल सुनचाँँदी व्यवसायी संघले मंगलबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ७१ हजार रुपैयाँ तोकेको छ । त्यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा ७० हजार ७ सय पुगेको छ भने चाँदीको प्रतितोला मूल्य ८३५ रुपैयाँ कायम भएको छ । गत शुक्रबारको तुलनामा छापावल र […]
गोरखा नगरपालिका-१० टक्सारस्थित मनकामना आवासीय बहिरा माविका कार्यालय सहयोगी श्यामहरी घिमिरे मृत फेला परेका छन् । विद्यालय परिसर नजिकैको कुवाडी सामुदायिक वनमा मंगलबार बिहान उनको शव भेटिएको प्रहरीले जनाएको छ । ‘बिद्यालयबाट बेलुकी आठ बजे सधैं घर जान्थे, हिँजो साढे आठ बजे विद्यालयबाट खाना खाएर निस्केका रहेछन्,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडानन्द रेग्मीले भने, ‘आज […]
तनहुँको बन्दीपुर गाउँपालिका–१, डुम्रेबजार निवासी ५३ वर्षीय श्यामबहादुर शाहीको सोमबार घाँटी रेटेर हत्या भएको छ । शाहीको शव बन्दीपुर गाउँपालिका–४ स्थित ढुल्ढुङ्गाको झाडीमा भेटिएको जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।डुम्रेबजारमा किराना पसल सञ्चालन गर्दै आएका शाही आइतबार रातिदेखि बेपत्ता भएका थिए । उनी हराएसँगै परिवारका सदस्यले खोजीका लागि प्रहरी गुहारेका […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोलबजार नगरपालिका सिरहाका इञ्जिनीयर जगदीशप्रसाद साह र सवइञ्जिनीयर उमा श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । विद्यालयको शौचालय निर्माणको भुक्तानी दिन सहज बनाइदिने भन्दै उनीहरुले सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ । उनीहरुलाई बिगो बमोजिमको जरिवाना र कैद सजायको माग गरी मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। […]
वीरगञ्ज र यस आसपासका क्षेत्रमा केही दिनदेखि भाइरल ज्वरोको प्रकोप देखिएको छ । प्रकोप बढ्दै जाँदा अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको संख्या ह्वात्तै बढेको छ । नारायणी अस्पतालका जनरल फिजिसियन एवं पेट रोग विशेषज्ञ डा. राकेश कुमार झाले पछिल्ला दिनमा ओपिडीमा आउने आधाभन्दा बढी बिरामी भाइरल ज्वरोकै भएको बताए । ‘अस्पतालको मेडिकल ओपीडीमा दैनिक ३ […]
आज मंगलबार धेरै देशको विनिमयदर स्थिर तथा केही देशको भाउ थोरै घटेको छ । अमेरिकी डलर एकको खरिददर ११२ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रदर ११३ रुपैयाँ १५९ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रिदर १३७ रुपैयाँ ४४ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० […]
कानुनी रूपमा अमेरिका बस्दै आएका आप्रवासीहरूको भिसा अवधि बढाउन र स्थायी नागरिकता अर्थात् ग्रिन कार्ड पाउने प्रक्रियालाई ट्रम्प प्रशासनले अझै कठोर बनाउने भएको छ । अमेरिकी सरकारले आप्रवासनसँग सम्बन्धित नयाँ नियम घोषणा गरेको छ । जसअनुसार त्यस्ता आप्रवासीहरुको आवेदन स्वीकार गरिने छैन जो भविष्यमा अमेरिकी सरकारको सेवा र योजनामा आश्रित हुन सक्छन् । यस बदलावबाट […]
बालुवा उत्खनन गर्दा परेको खाल्डोमा डुबेर नुवाकोटको ककनी गाउँपालिका–१ मा सोमबार दुई जनाको मृत्यु भएको छ । ओखरपौवास्थित कोल्पुखोला किनारमा अवैध रूपमा बालुवा उत्खननको क्रममा बनेको खाल्डोमा परेकी स्थानीय १३ वर्षीया बिनीता बलामी र उनलाई बचाउन गएकी सिन्धुली फिक्कल गाउँपालिकाकी ३५ वर्षीया लक्ष्मी तामाङको डुबेर मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ । नुवाकोटका प्रमुख जिल्ला […]