डोटीमा बग्ने सेती नदीले गएको वैशाख महीनायता स्थानीयवासी सात जनाको ज्यान लिएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार वैशाखयता मात्रै सेती नदीमा नुहाउने क्रममा सातले अकालमै ज्यान गुमाइसकेका छन्। करीब ३९ वर्षअघिदेखि ७५० मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्ने भनी ‘पश्चिम सेती’ का नामले चर्चामा रहेको डोटीको सेती नदीले वर्षेनी यहाँका स्थानीयवासीको अकालमै ज्यान लिने गरेको […]
बर्दियाको ठाकुरबाबा नगरपालिकाका एक वृद्धको पाटेबाघको आक्रमणबाट मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिकाका–१, भुरीगाँउ बस्ने ७० वर्षीय पहाडिया थारूको आइतबार बिहान ७ः३० बजे बाघको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो । बंगुरलाई दाना हाल्दै गर्दाको समयमा थारूलाई एक्कासि पाटेबाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए । बर्दियामा केही दिनयता […]
जिल्लामा डेङ्गुको सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगररपालिका–२ गङ्गोत्रीमार्ग निवासी ७१ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार उनको उपचारका क्रममा मृत्यु भएको जानकारी भदौ ६ गते कार्यालयलाई दिइएको हो। वृद्धको साउन ३१ गते चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो। मृतकको नाम गोप्य […]
अविरल वर्षापछि गएको पहिरोले रसुवाको ७ रोपनी धानखेत बगाएको छ । पहिरोले १० घर र विद्यालयसमेत जोखिममा परेका छन् । जिल्लाको कालिका गाउँपालिका–४, धुसेनीमा शुक्रबार राति गएको पहिरोले करिब ७ रोपनी धानखेत बगाएको हो । रसुवाको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले शुक्रबार धुसेनीको देवकोटा टोलमा गएको पहिरोले ३ परिवारको ७ रोपनी खेत बगाएको जानकारी दिए […]
आज (आईतबार) यूके पाउण्ड बाहेक प्राय सबै देशको मुद्राको भाउ ओरालो लागेको छ। आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ ९६ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३९ रुपैयाँ ६६ पैसा र बिक्रिदर १४० रुपैयाँ ३९ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० […]
मार्तडीस्थित जिल्ला अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ। बडीमालिका नगरपालिका–७ जिल्ली निवासी कृष्ण नेपालीकी २१ वर्षीया श्रीमती वसन्तीको उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला अस्पतालको प्रसूति केन्द्रमा स्वास्थ्यकर्मीले उपचार गरिरहेका बेला उनको एक्कासि मृत्यु भएको आफन्त प्रेम नेपालीले बताए। शुक्रबार साँझ सुत्केरी व्यथाले च्यापेपछि उनलाई आफन्तले अस्पताल ल्याएका थिए। अस्पताल पुगेलगत्तै सुत्केरी व्यथा लागेकी […]
दाङमा कृत्रिम पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । सिँचाइका लागि घोराही उपमहानगरपालिका–१८ गिठेपानीमा निर्माण गरिएको पोखरीमा डुबेर सोही ठाउँका ५० वर्षीय देउचन रोकाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार आज बिहान ७ः१५ बजे उक्त पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ । रोका शुक्रबार […]
ओखलढुङ्गाका एक वडा सचिवविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका–७ का वडा सचिव ४५ वर्षीय चेतबहादुर कट्वालविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको हो । वडा सचिव कट्वाल सुनकोशी गाउँपालिकाको च्यानमका स्थानीय बासिन्दा हुन् । भदौ १ गते स्थानीय एक २३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको उजुरीका आधारमा वडा सचिव […]
धादिङका ज्ञाइन्द्रबहादुर श्रेष्ठले राधाकृष्ण मन्दिर सञ्चालनार्थ नगद रु ११ लाख एक हजार ११ सहयोग गर्नुभएको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीशसमेत रहनुभएका श्रेष्ठले शान्तबजारको राधा कृष्ण मन्दिर सञ्चालनका लागि अक्षयकोषमा राख्ने गरी नगद हस्तान्तरण गर्नुभएको हो । चालिस बढी कानूनी पुस्तक प्रकाशन गरिसक्नुभएका पूर्वन्यायाधीश श्रेष्ठले किताव बेचेर आएको रकम मन्दिरलाई प्रदान गरेको बताउनुभयो । मन्दिरका संरक्षकसमेत […]