इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी विजयी भएको छ । आइतबार भएको खेलमा सिटीले बोर्नमाउथलाई ३-१ गोल अन्तरले पराजित गरेको छ । सिटीको जितमा सर्जियो अग्युरोले २ गोल गरेका छन् भने रहीम स्टरलिङले एक गोल गरेका छन् । त्यस्तै बोर्नमाउथका लागि एक गोल ह्यारी विल्सनले गरेका छन् । यस खेलमा २ गोल गरेसँगै अग्युरोले आफ्नो […]
चितवनमा आइतबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। पुल्चोकबाट शिवघाटतर्फ जाँदै गरेको ना ५५ प ३५६८ नम्बरको स्कुटरले सोही दिशातर्फ जाँदै गरेको ना ६० प ४४३७ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा घाइते मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२३ का ४० वर्षीय सूर्यबन्दु खनाल क्षेत्रीको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। स्कुटर […]
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ ।अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको हो । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा छन् । उनले जानुअघि सचिवालय बैठक बोलाउने अधिकार प्रचण्डलाई दिएका थिए । यो प्रचण्डले बोलाएको नेकपाको पहिलो सचिवालय बैठक हो ।आजको बैठकमा महानगरपालिकाका […]
हिजो (आइतबार) एकैदिन प्रतितोला १२ सय रुपैयाँ बढेर ७२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज पनि एक हजार रुपैयाँ बढेको छ । पछिल्लो समय निरन्तर उकालो लागेको सुन भाउले दैनिक रुपमा उच्च रेकर्ड कायम गर्दै आएको छ । आज छापावाल सुन प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी […]
जापानको राजधानी टोकियो स्थित कामतामा एक नेपाली युवतीले आत्महत्या गरेकी छिन्। नेपालको नुवाकोट स्थायी घर भएकी लक्ष्मी तामाङ नाम गरेकी नेपाली किशोरीले गएराती आत्महत्या गरेकी हुन् । विद्यार्थी भिषामा रहेकी उनका श्रीमान् नेपालमै रहेका छन् । आत्महत्याको कारण थाहा हुन नसके पनि निकटका व्यक्तिहरुका अनुसार पारिवारिक असमझदारीका कारण उनी केही समययता मानसिक रुपमा दबाव र […]
सुनसरीको भोक्राहा नरसिंह गाँउपालिका–५ मा आइतबार साँझ एक जनाको छुरा प्रहार गरी हत्या भएको छ । स्थानीय मुर्ताज मियाँले धरिलो हतियार प्रहार गरेर वहाव मियाँको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक अर्जुन पोखरेलले बताए । घरायसी झगडाका कारण मुर्ताज मियाँले छुरा प्रहार गर्दा वहाव गम्भीर घाइते भएका थिए । गम्भीर घाइते वहावको उपचारका […]
आज कुवेती दिनार बाहेक प्राय धेरै देशको भाउ उकालो लागेको छ । आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ ९६ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपैयाँ ४२ पैसा र बिक्रिदर १४१ रुपैयाँ १६ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ […]
सिनामंगलमा टिपरले तीन वटा मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुई जना गम्भिर घाइते छन् । महानगरीय ट्राफिक महाशाखा, रामशाहपथका प्रमुख एसएसपी वसन्त पन्तका अनुसार, आइतबार साँझ तीनकुनेबाट गौशालातर्फ जाँदै गरेको टिप्परले तीन वटा मोटरसाइकलाई ठक्कर दिएर भागेको थियो । तर, तत्काल खोजीमा खटिएको प्रहरी वृत्त, गौशलाले बा ३ ख ४३१७ […]
अनुमति बिना अवैधरुपमा सञ्चालित सिरहाको आधा दर्जन डेरी उद्योगमा शिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा दुर्गन्धित तथा कागजपत्र बिनै सञ्चालन गरिरहेको पाइएपछि छ वटा डेरी उद्योगमा शिलबन्दी गरिएको हो । सदरमुकाम सिरहास्थित ज्वाइस दही तथा आइसक्रिम उद्योग, बजरङ्ग डेरी उद्योग, सुखचैनास्थित लक्ष्मी डेरी उद्योग, नरहास्थित […]
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसर प्राप्त भए पनि परिस्थिति त्यति सहज नरहला। सहयोगीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अप्ठ्यारो पर्दा साथ दिने थोरै हुनेछन्। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। बलभन्दा बुद्धिको उपयोगले […]