झापाको मेचीनगरबाट ब्राउन सुगरसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मेचीनगर–६ भन्सारगेट अगाडिबाट लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा बुधबार मोरङ बेलबारी–३ का २४ वर्षीय सन्तोष खड्का र सोही स्थानका १९ वर्षीय सोमन लिम्बूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट लागुऔषध ब्राउन सुगर एक […]
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ चुनपहरामा आज बिहान पर्यटक कारको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १८ वर्षीया मनिषा परियार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोखराबाट काठमाडाँैतर्फ जाँदै गरेको बा१य १३९७ नं को कारले पैदलयात्री परियारलाई ठक्कर दिए पछि सख्त घाइते उहाँको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु […]
मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले आज देशको अधिकांश भागमा आंशिकदेखि सामान्य बदली हुनाका साथै मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । देशको पूर्वी भाग नजीक रहेको न्यून चापीय रेखाका कारण आज देशभर बदली हुनाका साथै अपराह्नपछि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्य वर्षाको सम्भावना रहेको जल तथा मौसम […]
भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको यशोधरा माध्यमिक विद्यालय टक्सारले प्रविधिमैत्री शिक्षणमा जोड दिएको छ । त्यसका लागि विद्यालयले कम्प्युटर प्रयोशालाको स्थापना गरेको छ भने विद्यालयका २८ शिक्षक तथा कर्मचारीलाई आज ल्यापटप वितरण गरेको छ । पठनपाठन प्रभावकारी बनाउन प्रदेश सरकारको छ लाख ५० हजारसहित १६ लाख १० हजार रुपैया बराबरको ल्यापटप वितरण गरिएको हो । यसले […]
ललितपुर महानगरपालिकाभित्र तीन वटा आधुनिक सार्वजनिक शौचालय निर्माण हुने भएको छ । भिडभाड र बढी मानिसको जमघट हुने स्थानमा सो शौचालयको आवश्यकता भएसँगै तीन वटा आधुनिक शौचालय निर्माण हुन लागेको हो । वडा नं ९ शङ्मूल, वडा नं १२ मङगलबजार र वडा नं २० पाटनढोका परिसरमा आधुनिक बायोग्याससहितको सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण गरिने महानगरपालिका […]
आज (बिहीबार) नेपाली बजारमा सुनको भाउ फेरि उकालो लागेको छ । मंगलबार र बुधबार स्थिर रहेको सुनको भाउ ८ सय रुपैयाँले बढेको हो। आज छापावाल सुन प्रतितोला ७३ हजार ४ सय रुपैयाँ तथा तेजावी सुन प्रतितोला ७३ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार र बुधबार प्रतितोला छापावाल […]
जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका दुई भारतीय पुरुषसहित एक नेपाली महिलालाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलनको आयोजना गरी लागुऔषध ओसारपसारमा संलग्न रहेका पर्साको पर्सागढी नगरपालिका वडा नं १ निवासी तारादेवी पासवान र भारत बिहारको मोतिहारी निवासी धर्मेन्द्र साह कानु र पिन्टु पासवानलाई प्रहरीले सार्वजनिक गरेको हो। […]
सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज्मा फेरेसिस् प्रक्रियामार्फत उपचार जारी राखिएको र अवस्था सामान्य रहेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीसँगै सिंगापुरमा रहेका रिमालले ट्विट गर्दै प्लाज्मा फेरेसिस प्रक्रियाबाटै उपचार भइरहेको जानकारी दिएका हुन् । प्रधानमन्त्रीको प्रत्यारोपण गरिएको मिर्गौलामा एन्टिबडीको मात्रा बढेपछि चिकित्सकले प्लाज्मा फेरेसिस् प्रक्रियामार्फत गत शुक्रबारदेखि […]
पोखरामा गएराति भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । पोखरा महानगरपालिका–३२, गगनगौंडामा गएराति ग ७ प ७४२८ नम्बरको मोटरसाइकल र ग ११ प २३५८ नंको स्कुटर एकापसमा ठोक्किँदा स्कुटरको पछाडि बसेका पोखरा नदीपुर निवासी १८ वर्षीय जगबिन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक […]
डेंगुबाट देशभरका १५३७ जना संक्रमित भएका छन् । ३ महिनाअघि धरानमा देखापरेको डेंगु नियन्त्रण सफल नहुँदा कर्णालीबाहेकका सबै प्रदेशमा फैलिइसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुका अनुसार डेंगु संक्रमण देखिएका ६ वटा प्रदेशमध्ये प्रदेश नं. १ सबैभन्दा बढी संक्रमित छ । भदौ ११ गतेसम्मको तथ्यांकअनुसार यो प्रदेशको १८ जिल्लामध्ये ९ जिल्ला डेंगुबाट प्रभावित […]