जुम्लाको पातारासी गाउँपालिकाकी चैती विष्टलाई आफ्नो बगैँचामा फलेका स्याउ टिप्न भ्याइनभ्याइ भएको छ। चन्दननाथ १० कि माया देवकोटा पनि एक सातादेखि बारीमा स्याउ टिप्न व्यस्त देखिएकी छन्। उनीहरू दुवैको स्याउ बारीमा करीब एक सय पचाँस स्याउका बोट छन्। उनीहरू मात्र होइन, जिल्लाका किसानलाई अहिले स्याउ टिप्ने चटारो छ। भदौ लागेसँगै किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ भएको […]
विश्वकप फुटबलको दोस्रो चरणअन्तर्गत कुवेतसँग खेल्ने नेपाली टिमलाई बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सादोबाटोमा आयोजित एक कार्यक्रमबीच आज खेलाडीलाई बिदाइ गरेको हो ।बिदाइका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाल, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालगायत सातदोबाटो पुगेका थिए । प्रशिक्षक योहान कालिनले तयारी राम्रो भएको बताउँदै त्यसै अनुसारको नतिजा निकाल्ने […]
जिल्लामा आत्महत्या गर्नेको सङ्ख्या बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आत्महत्या गर्नेहरुको सङ्ख्या बढ्दै गइरहेको हो । गत आर्थिक वर्षमा १९ ले आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । चालू आवको दुई महीनामा पनि एक जनाले आत्महत्या गरेको तथ्याङ्क छ । सामान्य समस्यालाई पनि ठूलो रूपमा लिने र तत्काल […]
नेपाल प्रहरीको सुडान शान्ति मिसनको सुरक्षा बन्दोवस्ती सामान खरिद प्रकणमा भ्रष्टाचार गरेका नेपाली ठेकेदार शम्भु भारती शुक्रबार पक्राउ परेका छन्। भारती ललितपुरबाट पक्राउ परेको प्रहरी प्रधान कार्यालयका सहप्रवक्ता एसएसपी उमेशराज जोशीले जानकारी दिए। उनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको बताए। सर्वोच्च अदालतले भारतीलाई १४ करोड २० लाख विगो र जरिवानासहित एक वर्ष जेल […]
जानकी मन्दिर प्राङ्गणमा नरिवल बेच्ने किशोरलाई कुटपिट गर्ने प्रहरीमाथि कारबाही हुने भएको छ । पर्यटक प्रहरी इन्चार्ज असई विरेन्ऽ यादव र प्रहरी जवान प्रेमशंकर यादवलाई कार्वाही प्रक्रिया अगाडि बढाइएको धनुषा प्रहरीले जनाएको छ । धनुषा प्रहरी प्रमुख शेखर खनालले भने ‘तत्काल स्पष्टिकरण सोधेका छौं । स्पष्टिकरण बुझाएपछि कसुर अनुसारको कारवाहीका लागि प्रक्रिया अगाडि बढाइनेछ ।’ […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय धनगढीका निमित्त कार्यालय प्रमुखसहित तीन जना कर्मचारीलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चलनपुरबाट विहीबार गएको अख्तियारको टोलीले कार्यालय प्रमुख एवं शाखा अधिकृत गम्भीर सिँह विष्ट, शाखा अधिकृत (सातौं तह) भुवन जोशी र अधिकृत (छैठौं तह) जयराज कारीगरलाई नियन्त्रणमा लिएको हो ।विक्री गरेको गाडी […]
हिन्दुधर्मालम्बीहरूले भाद्र कृष्ण औंसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् । आजको दिन पिताप्रति आदर सम्मानका साथ मीठो खाना तथा राम्रो लगाउन दिने प्रचलन छ । पिता गुमाएकाहरूले […]
छोरीको हत्या गरी फरार अभियुक्तलाई १९ वर्षपछि रुपन्देही प्रहरीले पक्राउ गरेको छ । गैडहवा गाउँपालिका–६ गुलरीयाका ६३ वर्षीय पूर्णवासी लोनीयालाई प्रहरीले सिद्धार्थनगर नगरपालिका–५ मालपोत कार्यालय अगाडिबाट पक्राउ गरेको हो । पक्राउ परेका लोनीयालाई आज जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमार्फत जिल्ला अदालत रुपन्देहीमा पेश गरिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए। लोनीयाकी १५ वर्षीया छोरी […]
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि काम बन्नेछ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। मेहनत गर्दा अध्ययनमा प्रगति […]
बागलुङ नगरपालिका–१० भकुण्डेका एक युवाको दुवै मिर्गौला काम नलाग्ने भएको छ । वडाध्यक्ष प्रेमबहादुर थापाका छोरा २८ वर्षीय रबिन थापा बिरामी परेपछि जचाउन पुग्दा सो समस्या भेटिएको हो । रबिनको मिर्गौलामा समस्या देखिएपछि प्रत्यारोपण गर्नुपर्ने भएको छ । अङ्ग प्रत्यारोपणका लागि लाखौँ खर्च हुने भएकाले परिवारका सदस्यले सहयोगको याचना गरेका छन् । घरको आर्थिक अवस्थाले […]