मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। रमाइलो यात्रा, जमघट एवं खानपानको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। व्यापार बढ्नाले आम्दानी पनि बढ्नेछ। कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। बृष – […]
विश्व हिन्दू महासङ्घ राष्ट्रिय समितिले बाँकेबाट सुर्खेतमा लैजाने क्रममा गाई मरेको घटनाको स्थलगत अध्ययन गर्न नौ सदस्यीय समिति गठन गरेको छ । समितिको विशेष बैठकले यस्तो निर्णय गरेको वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भरतराज पौडेले राससलाई जानकारी दिनुभयो । समितिका अध्यक्ष एवं पूर्वमन्त्री डा रामचन्द्र अधिकारीको संयोजकत्वमा गठन गरिएको समितिमा हरिबोल भट्टराई, डा मीठाराम विश्वकर्मा, दिनेशकुमार […]
जापान सरकारले औपचारिक रुपमा आप्रवासी कामदार भित्र्याउने प्रक्रिया शुरु गरेको छ । जापान सरकारले यसअघि नै विभिन्न १४ क्षेत्रमा नेपाललगायत नौ देशबाट विदेशी कामदार भित्र्याउने घोषणा गरेको थियो । पहिलो चरणमा जापानले केयर गिभरमा कामदार लैजाने तयारी गरेको हो । जापानमा रोजगारीका लागि योग्य हुन जापानी भाषा तथा सीप परीक्षा उतीर्ण गर्नुपर्ने छ । ‘स्पेसिफाइड […]
कर्णाली राजमार्गअन्तर्गत नाग्म गमगढी सडकखण्डको कनकासुन्दरी गाउँपालिकाको रोकाबाडामा भे १ ज ७९६ नं को बसले ठक्कर दिँदा एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । उक्त बसको ठक्करबाट घाइते भएका सोरू गाउँपालिका–२ मुगुका १९ वर्षीय लोकजङ्ग शाहीको आज बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल)मा उपचारका क्रममा मृत्यु भएको हो । मुगुका धनबहादुर बुढाले सोमबार […]
विषालु सर्पले डसेर सूर्योदय नगरपालिकाका लक्ष्मीपुरमा एक किशोरीकोे मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्योदय नगरपालिका–१३ का टीका विसुङ्खे रहेको छ । गएराति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको र उपचारका लागि लैजाने क्रममा झापाको चालआलीमा उनको मृत्यु भएको उहाँका छिमेकी विष्णु भट्टराईले जानकारी दिनुभयो ।
दाङमा सवारी दुर्घटनामा परि दुई युवाको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही–भालुबाङ सडक खण्डको पिपरीमा सोमवार बेलुका ट्रकले मोटरसाइकललाई ठक्कर दिदां दुई युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको रा ३ प २०६१ नम्बरको मोटरसाइकलमा सवार घोराही उपमहानरपालिका वडा नं. १५ निवासी २६ वर्षीय बालकृष्ण […]
पर्सामा एक किशोरले झुण्डिएर आत्महत्या गरेका छन् । वीरगञ्ज महानगरपालिका-२० अपौनीका १४ गोविन्दप्रसाद चौरसि सोमबार आफ्नै घरको बाँसको बलोमा झुण्डिएर आत्महत्या गरेका हुन् । गोविन्द झुण्डिरहेको देखेपछि उनका बुवा नविलाल प्रसादले पासो फुस्काइ उपचारका लागि नारायणी अस्पताल पुर्याए पनि अस्पतालले गोविन्दलाई मृत घोषणा गरेको थियो । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गोविन्दले बुवाआमाले गाली गरेको […]
जुम्लाको सिञ्जा गाउँपालिकाका माथिल्लो क्षेत्रमा भालुको आतङ्क बढेपछि किसान चिन्तित भएका छन्। बारीमा लगाइएको मकै रातको समयमा भालुले खाएर सखाप पार्न थालेपछि रातभर जाग्राम बस्नुपरेको किसान बताउँछन्। गाउँका किसान साँझपर्ने बित्तिकै होहल्ला गर्दै कुकुरसहित भालु लखेट्न थालेका वडा नं ६ भाडगाउँका बताए। सिञ्जाको जाला, घोडीलेख, तल्लो जालालगायतका क्षेत्रमा भालुले मकै खाने गरेको छ। बारीमा लगाएको […]
चाडपर्व नजिकिँदै गर्दा मासुको मूल्य बढेको छ । बजारमा केही महीनायता खसीको मासुको मूल्य अस्वभाविक रुपले वृद्धि भएसँगै उपभोक्ता मर्कामा परेका छन् । भारतबाट खसीको सहजै आयात रोकिएपछि खसीको मासुको मूल्य आकाशिएको हो । चार÷पाँच महीनाअघिसम्म खसीको मासु प्रतिकिलो रु ७०० रहेकामा आयात रोकिनेबित्तिकै मासु बढ्दै गएको हो । अहिले बजारमा खसीको मासुको मूल्य प्रतिकेजी […]
वातावरणमा नराम्रो प्रभाव परेको भन्दै कुशे गाँउपालिकाले रु एक करोडमुनिका आयोजनामा डोजर÷स्काभेटर प्रयोग गर्न प्रतिबन्ध लगाएको छ। साना आयोजनामा पनि डोजर प्रयोग गर्दा स्थानीय युवा बेरोजगार भई विदेश पलायन हुन थालेपछि गाउँपालिकाले डोजर प्रतिबन्ध लगाउने निर्णय गरेको हो। रु एक करोडभन्दा कम बजेटका आयोजनामा यसै आर्थिक वर्षदेखि डोजर प्रयोग गर्न नपाइने गरी कार्यपालिकाले निर्णय गरेको […]