Home > Articles posted by NewsDesk (Page 14)
FEATURE
on ८ पुष २०७८, बिहीबार १४:२३
378 views 0 secs

माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु भएको छ । समुद्री अधिकारीहरूले बिहीबार २१ शवहरू निकालेपछि मृतकको सङ्ख्या ८५ पुगेको बताइएको हो । सामुद्रिक अधिकारीहरूले सोमबार डुबेको १२ फिट लामो डुङ्गा (जहाज) मा १३८ जना सवार रहेको र ५० जनाको मात्रै उद्धार गरिएको बताएका छन् । मृत्यु हुनेमा पाँच बालबालिका रहेका छन् […]

FEATURE
on ८ पुष २०७८, बिहीबार १४:१६
285 views 0 secs

रामेछापको मन्थलीबाट प्रहरीले सालकको खपटासहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मन्थली–४ च्याउकेठाँटी घर भएका २६ वर्षीय मनोज थापा र २१ वर्षीय अशोक थापा छन् । सुराकको आधारमा आरोपीहरुको घर खानतलासी गर्दा ३ सय ६६ ग्राम दुर्लव बन्यजन्तु सालकको खपटा भेटिएको रामेछापका डिएसपीले बताए । प्रहरीचौकी सालु र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले […]

FEATURE
on ८ पुष २०७८, बिहीबार १४:०९
261 views 0 secs

नालीमा लडेर भक्तपुरमा एक वृद्धको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका ४ मा आफ्नै घर अगाडिको नालीमा लडेर ९७ वर्षीय कान्छा श्रेष्ठको मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार श्रेष्ठलाई घाइते अवस्थाका उपचारको लागि काठमाडौंको जोरपाटीस्थित शंखरापुर अस्पताल लगेको थियो । उपचारकै क्रममा बुधबार राति मृत्यु भएको प्रवक्ता प्रहरी नायव उपरीक्षक राजु पाण्डेले […]

FEATURE
on ८ पुष २०७८, बिहीबार १२:०६
305 views 0 secs

कास्कीमा सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका नौ डाँडामा गएराती भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । गएराती नौडाँडाबाट काँडेतर्फ जाँदै गरेको ग २१ प ४४६० नम्बरको स्कुटर रोकिराखेको ट्रकमा ठोक्किँदा अन्नपूर्ण गाउँपालिका १ नौडाँडाका ३० वर्षीय कृष्ण सुवेदी र २८ वर्षीय सुनिल केसीको मृत्यु भएको जिल्ला […]

FEATURE
on ८ पुष २०७८, बिहीबार ११:५८
334 views 0 secs

मौसम पूर्वानुमान महाशाखाले तराईका भूभागहरुमा बिहानको समयमा हुस्सु कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाले बिहीबारको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले बदली हुने क्रममा जारी भएकाले चिसो अझै बढ्न सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको हो […]

FEATURE
on ८ पुष २०७८, बिहीबार ०८:१०
277 views 0 secs

कडा सुरक्षाका बीच नेपाली कांग्रेसको दुई नम्बर प्रदेशमा आज मतदान हुँदैछ । प्रदेशको सभापति पदमा संस्थापन पक्षबाट कृष्णप्रसाद यादव र संस्थापन इतर समूहबाट रामसरोज यादवको उम्मेदवारी छ । हिजो मतदान गर्ने भनिए पनि दुई पक्षबीच विवाद हुँदा आजका लागि सारिएको हो । हिजो विवादका क्रममा कुटाकुटसमेत भएको थियो । मतदानस्थल वरपर हिजोदेखि नै सुरक्षा व्यवस्था […]

FEATURE
on ८ पुष २०७८, बिहीबार ०७:५४
305 views 0 secs

बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका औरी निवासी ६ वर्षीया बालिकाको शव बबइ नदीको नहरमा फेला परेको छ । नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले खोजतलासका क्रममा बालिका देवीका खनालको शव फेला पारेको हो । शनिबारदेखि हराइरहेकी बालिकाका बावु विष्णु खनालले आइतबार प्रहरीचौकी कर्तनियामा आफ्नी छोरी हराएको जानकारी दिएलगत्तै प्रहरीले खोजतलासको कार्य सुरु गरेको जिल्ला प्रहरी […]

FEATURE
on ८ पुष २०७८, बिहीबार ०७:१६
365 views 12 secs

मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा होला। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। तर प्रयत्न गर्दा स्थितिमा सुधार आउन सक्छ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला। दोहोर्याएर प्रयास गर्दा रोकिएकाे काम बन्नेछ। आफ्नो सूचना बाहिरिन सक्छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला। ढिलासुस्ती गर्ने बानीले पनि […]

FEATURE
on ७ पुष २०७८, बुधबार १९:५४
270 views 0 secs

शेयर बजार परिसूचक नेप्से आज बुधवार पनि उच्च अङ्कले बढेको छ । हिजो मङ्गलवार ५७ अङ्कले बढेको नेप्से आज ९२ दशमलव १६ अङ्कले बढेर दुई हजार पाँच सय सात दशमलव ७० विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा व्यापार, विकास बैंक, जलविद्युत्, बीमा, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ । […]

FEATURE
on ७ पुष २०७८, बुधबार १०:५९
331 views 0 secs

महिलालाई दुर्व्यवहार गरेको आरोपमा सुर्खेतमा प्रहरीले धामी र पूजारीलाई पक्राउ गरेको छ । महिलालाई दुर्व्यवहार गरिएको भिडियाे सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ का ६६ वर्षीय भूपेन्द्र ज्ञवाली, वडा नं ७ का ३९ वर्षीय भक्ति ज्ञवाली र बराहताल गाउँपालिका–८ का १९ वर्षीय मिलन ज्ञवाली रहेका छन् […]