Home > Articles posted by NewsDesk (Page 125)
FEATURE
on १९ मंसिर २०७६, बिहीबार १९:५२
597 views 0 secs

नेपालकी सञ्जु चौधरीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलनमा स्वर्ण पदक जित्दै इतिहास रचेकी छन् । यो भारोत्तलनमा नेपाली महिलाले जितेको पहिलो स्वर्ण हो भने भारोत्तलनमै २००६ पछि पहिलो । महिला ५९ केजी तौल समूहमा सञ्जुले श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न सफल भएकी हुन् । पोखरा १२, माटेपानीस्थित एसआर केसी बैंक्युटमा बिहीबारदेखि […]

FEATURE
on १९ मंसिर २०७६, बिहीबार १७:०३
754 views 0 secs

तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित मनकामना कपास उद्योगमा बिहिबार बिहान आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ । विद्युत् चुहिएर एक्कासि आगलागी हुँदा उद्योगमा रहेका सामग्री जलेर नस्ट भएको छ । आगलागीबाट उद्योगभित्र रहेको कच्चा सामग्री, उद्योगका मेसिनलगायतका सामग्रीमा क्षति पुगेको उद्योगका सञ्चालक पूर्णकुमार मानन्धरले बताए । “विद्युत् चुहिएर आगलागी भएको हुनसक्छ, क्षतिको पूर्ण विवरण […]

FEATURE
on १९ मंसिर २०७६, बिहीबार १६:४९
641 views 0 secs

सर्लाही सदरमुकाम मलङ्गवामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मलङ्गवा नवलपुर सडक खण्ड अन्तर्गत मलङ्गवा नगरपालिका–११ गम्हरीयास्थित ना ४३ प ५६९१ नं को मोटरसाइकलले पैदलयात्री मङ्गवा–७ निवासी करीब ५५ वर्षीय धरिक्षण रायलाई ठक्कर दिँदा मृत्यु भएको प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता प्रतित सिंह राठौरले जानकारी दिए । गम्हरीया गङ्गा फ्युल सेन्टर नजिक […]

FEATURE
on १९ मंसिर २०७६, बिहीबार १६:०५
569 views 0 secs

पोल्याण्डको दक्षिणी भागमा पर्ने एक रिसोर्टमा बुधबार मध्याह्न भएकोे ग्यास विस्फोटमा परी चार व्यक्तिको मृत्यु भएको छ ।  सो विस्फोटका कारण एउटा घर भत्किएपछि चार जनाको मृत्यु हुनुका साथै अन्य चार जना बेपत्ता भएका स्थानीय प्रहरीले जनाएको छ ।  यस विस्फोटपछि करिब १ सय अग्निनियन्त्रकहरु बिहीबार बिहान भत्किएको सो घरको भग्नावशेषमा खोजी एवं उद्धारका लागि […]

FEATURE
on १९ मंसिर २०७६, बिहीबार १४:५१
724 views 1 sec

नवलपरासी(पूर्व) को गैंडाकोटमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका-१० बस्ने २६ वर्षीय बीरेन्द्र गिरी रहेका छन् । गैंडाकोट नगरपालिका-२ नमस्ते चोकस्थित सडकमा ना.६ प ८०५८ नम्बरको ट्रकले ना.३१ प २६१८ नम्बरको स्कुटरलाई बिहीबार बिहान ठक्कर दिँदा गिरी गम्भीर घाइते भएका थिए । घाइते गिरीको नयाँ मेडिकल […]

FEATURE
on १९ मंसिर २०७६, बिहीबार १३:४१
596 views 0 secs

सर्लाहीको बलरामा बिहीबार बिहान आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । बलरा नगरपालिका-११ छटौनामा बस्ने राज किशोर सिंहको घरमा विद्युत सर्ट भई आगलागी हुँदा करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलगीबाट घरभित्र रहेका अन्नपात, भाँडावर्तन, लत्ताकपडालगायत सबै समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ […]

FEATURE
on १९ मंसिर २०७६, बिहीबार १३:२१
446 views 0 secs

पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप  तानसेन–बुटवल सडकखण्डको केराबारी र चौबिसमाइलको बीचमा भीरबाट जीप खसेको हो ।  स्थानीय प्रत्यक्षदर्शीका अनुसार भीरमा दुईवटा शव देखिएको र गाडी टुक्रा–टुक्रा भएर ५ सय मिटरभन्दा तलसम्म पुगेको छ ।

FEATURE
on १९ मंसिर २०७६, बिहीबार १२:४१
577 views 0 secs

नेत्रविक्रम चन्द ‘विप्लव’ समूह, युवा सङ्घ बागलुङका सचिव २१ वर्षीय रमेश अविरल भनिने सहल सुनार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरीले गलकोटबाट बुधबार सुनारलाई पक्राउ गरेको बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।  सुनारको साथबाट विप्लव समूहसम्बन्धी पत्र, पोष्टर, पम्प्लेटसमेत बरामद गरिएको  बताए ।  प्रहरी उपरीक्षक नवराज भट्टले भने, […]

FEATURE
on १९ मंसिर २०७६, बिहीबार १२:०९
456 views 0 secs

शिखर नगरपालिकाकी एक युवतीको आगो लगाएर हत्या गरेको आरोप लागेको छ । जिल्लाको शिखर नगपालिका वडा नं ४ मुडभराकी २६ वर्षीया भावना भट्टको आगो लगाएर हत्या गरेको माइती पक्षले आरोप लगाएका हुन् ।  उनका परिवारकै सदस्यले पेट्रोलियम पदार्थ छर्किँदै आगो लगाएर हत्या गरेको भावनाका दाई शालिग्राम भट्टले आरोप लगाएका छन् । हत्यामा उहाँका श्रीमान् मीनराज […]

FEATURE
on १९ मंसिर २०७६, बिहीबार ११:५२
745 views 0 secs

१३ औं साग अन्तरगत नेपाल र भुटानबीच जारी क्रिकेट म्याचमा नेपालले पहिलो इनिङमा २३६ रनको विशाल स्कोर खडा गरेको छ । यो टि–२० अन्तर्राष्ट्रियमा नेपालको सर्वाधिक ठूलो स्कोर हो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले विष्फोटक सतक प्रहार गरे । आफ्नो खराब फर्म बिर्सदै ज्ञानेन्द्र कमजोर भुटानमाथि हावी भएका थिए । अन्तर्राष्ट्रिय टि–२० मा यो […]