देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार १३:३२
676 views 0 secs 0

निधि र महतोको रोचक भिडन्तमा बोले उपेन्द्र यादव

सप्तरी–संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेसले धनुषा क्षेत्र नम्बर ३ बाट विमलेन्द्र निधिको उम्मेद्वारी फिर्ता लिए लोकतान्त्रीक गठबन्धन सम्भव रहेको बताएका छन् । मधेसी गठबन्धनको एउटा घटक फोरम नेपालका अध्यक्ष यादवले राजविराजमा संचारकर्मीसँग कुरा गर्दै धनुषा क्षेत्र नम्बर ३ मा काँग्रेसले उम्मेद्धारी फिर्ता लिए अझैपनि लोकतान्त्रीक गठबन्धन सम्भव रहेको बताएका हुन् । धनुषा–३ […]

देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार १३:३१
744 views 0 secs 0

कांग्रेस उम्मेदवारको गाडी एम्बुसमा पर्यो, उम्मेदवारसहित ४ गम्भीर घाइते

उदयपुर–     उदयपुरमा   अज्ञात समूहले राखेको एम्बुस (विद्युतीय धराप) परी उम्मेदवारसहित चार जना गम्भीर घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी चन्द्रमाण श्रेष्ठका अनुसार उदयपुरको प्रतिनधिसभा निर्वाचन क्षेत्र २ का नेपाली काँग्रेसका उम्मेदवार नारायणबहादुर कार्की सहित ४ जना गम्भीर घाइते भएका हुन् । बुधबार बिहान उदयपुरगढी गाँउपालिका ६ मा पर्ने दनुवारवेसीमा भएको आक्रमणमा […]

देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार १३:३०
599 views 0 secs 0

हत्या आरोपी डेढ महिनापछि आफ्नै घरबाट पक्राउ

लहान । करिब डेढ महिनाअघि हत्या गरिएका सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुर निवासी ३६ वर्षीय शशीभूषणप्रसाद साहको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले मंगलबार साँझ साहको हत्या आरोपमा सिरहाको मिर्चैया नगरपालिका–१ रामपुरविर्ता निवासी २२ वर्षीय सोमन कापरीलाई पक्राउ गरेको हो । साहको हत्यामा कापरीको संलग्नता […]

देश, बिचार, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार १३:२८
859 views 1 sec 0

रूपन्देही ३ मा खाँडको निर्वाचन क्षेत्र ‘हाइज्याक’ गरेका बोहोरा र भुसालको यस्तो छ चुनावी टक्कर

रुपन्देही—मंसिर १२ गते मंगलबार बिहान साढे ९ बजे रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १४ खैरियाटोलमा लोकतान्त्रिक गठबन्धनले चुनावी सभा आयोजना गरेको थियो । यो रुपन्देही क्षेत्र नं. ३ अन्र्तगत पर्दछ । चुनावी सभाका मुख्य बक्ता थिए राप्रपा प्रजातान्त्रिकका नेता तथा स्वास्थ्यमन्त्री दीपक बोहोरा । साढे ११ बजेसम्म भएको चुनावी सभाको अन्तिमतिरका बक्ता रहेका मन्त्री बोहोराले […]

विश्व, समाज
१३ मंसिर २०७४, बुधबार ०९:००
896 views 1 sec 0

डिभोर्सी नायिकासँग बेलायती राजकुमारको बिहे पक्का, यस्तो छ रोचक किस्सा

 २०७४-बेलायती राजकुमार ह्यारी र अमेरिकी नायिका मेगान मार्केलको बिवाह पक्का भएको छ । बेलायती राजदरबारले सोमबार विज्ञप्ती जारी गर्दै बिवाहबारे सार्वजनिक गरेको हो । को हुन् मार्केल ? अमेरिकी लिगल ड्रामा सिरिज सुट्समा वकिलको भूमिकामा अभिनय गरेर चर्चित बनेकी मार्केलले साइन्स फिक्सन थ्रिलर फ्रिन्जमा गुप्तचरको रुपमा अभिनय गरेकी छन् । उनले अभिनयमा आउनु अघि कलात्कम […]

देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार ०८:५१
705 views 1 sec 0

चुनावी दौड: दाहालको एक दिन

मंसिर १३, २०७४-माओवादी केन्द्रका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्यका लागि चितवन ३ का उम्मेदवार पुष्पकमल दाहाल अहिले निर्वाचन प्रचारप्रसारमा व्यस्त छन् । पुत्रवियोगको पीडासँगै निर्वाचनमा होमिएका दाहाललाई कान्तिपुरले सोमबार दिनभर पछ्यायो । निर्वाचन अभियानमा आइतबार साँझ माडी पुगेर बास बसेका उनी सोमबार बिहानैदेखि साँझसम्म चुनावी भेटघाट र सभामा हतारहतार दौडिरहे । उनको दैनिकी बिहान पौने ६ […]

देश, समाज
१३ मंसिर २०७४, बुधबार ०८:४८
726 views 1 sec 0

एटीएमबाट पैसा चोर्ने सबैजसो विदेशी

मंसिर १३, २०७४-एटीएमबाट पैसा चोरी गर्नेमा अधिकांश विदेशी नागरिक भेटिएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेको अनुसन्धानमा यस्तो तथ्य फेला परेको हो । पछिल्ला ४ वर्षयता नेपालमा एटीएमबाट पैसा चोरीका तीन दर्जनभन्दा बढी घटना भएका छन् । करिब दुई दर्जन घटना सीआईबीले अनुसन्धान गरिरहेको छ । तीमध्ये करिब ८५ प्रतिशत घटनामा विदेशी नागरिकको […]

देश, शिक्षा, समाज
१३ मंसिर २०७४, बुधबार ०८:४५
928 views 3 secs 0

१० करोडभन्दा बढी व्यक्तिको खातामा

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको लोगो र नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेले सम्बन्धन रद्द गर्न आग्रह गरेको निवेदन । सामाजिक संस्थाका रूपमा स्थापित नेपालको पहिलो इन्जिनियरिङ कलेजका सञ्चालकहरूले कानुनविपरीत १० करोड रुपैयाँभन्दा बढी रकम पारिश्रमिक र सुविधाका नाममा भुक्तानी लिएका छन् मंसिर १३, २०७४-भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको खाताबाट सञ्चालकहरूको खातामा ठूलो परिमाणमा रकम हस्तान्तरण भएको भेटिएको […]

देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार ०८:४२
1011 views 1 sec 0

फेरिँदै प्रचार शैली

मंसिर १३, २०७४-प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा दलले विगतभन्दा बेग्लै शैली अपनाउन थालेका छन् । उम्मेदवारहरूले पछिल्लो समय सांस्कृतिक कार्यक्रमसाथै सामाजिक सञ्जाललाई चुनावी प्रचारमा प्रयोग गरिरहेका छन् । चुनावी कार्यक्रमको लाइभ प्रसारण गर्न उम्मेदवारबीच होडबाजी नै चलेको छ । उनीहरू ठूला सभाभन्दा घरदैलो पुगेर मतदाता आकर्षित गर्ने प्रयासमा छन् । विगतमा जस्तो पर्चा पम्प्लेट […]

देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार ०८:३८
667 views 0 secs 0

दाङमा बम विस्फोट : म्यादी प्रहरीसहित नौ घाइते

तुलसीपुर : दाङको तुलसीपुरमा बम विस्फोट हुँदा इलाका प्रहरी कार्यालय तुलसीपुरमा रहेका म्यादी प्रहरी विनोद चौधरीसहित नौ जना घाइते भएका छन्। घाइते मध्ये चारजना गम्भीर छन्। गम्भीर घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ। अन्य पाँच जनाको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइराखेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख सुधीरराज शाहीले जानकारी दिए। विस्फोटबाट घाइते […]