समाज
२६ बैशाख २०७६, बिहीबार १३:५७
625 views 0 secs 0

चावहिल–साँँखु सडकखण्ड तत्काल कालोपत्र गरी धुँवाधुलोबाट मुक्त हुनुपर्यो भन्दै स्थानीय र व्यापारीद्वारा सडक बन्द

लामो समयदेखि निर्माणाधीन चावहिल–साँखु सडकखण्ड कालोपत्र नहुुँदा मारमा परेका बौद्ध व्यापार सङ्घ र स्थानीयवासीले यातायात अवरुद्ध पारेका छन्। पाँच सयको सङ्ख्यामा रहेका स्थानीयवासी तथा व्यापारीले बिहान ८ बजेदेखि गरेका साङ्केतिक विरोध कार्यक्रमका कारण सडक अस्तव्यस्त भएको छ। आन्दोलनमा उत्रिएका स्थानीयवासीको एउटै माग छ चावहिल–साँँखु सडकखण्ड तत्काल कालोपत्र गरी धुँवाधुलोबाट मुक्त हुनुपर्यो। विगत चार वर्षदेखि सडक […]

समाज
२५ बैशाख २०७६, बुधबार १२:५८
716 views 0 secs 0

लुम्बिनी भ्रमण अभियानको टोली काठमाडौँ आइपुगे…

शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले लुम्बिनी भ्रमणको निम्तो बाँड्दै ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ को अभियानको टोली काठमाडौँ आइपुगेको छ। ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔँ, शान्तिको सन्देश फैलाऔँ’ भन्ने मूल नाराका साथ लुम्बिनी भ्रमण वर्षको पूर्व सन्ध्यामा प्रचार–प्रसार गर्दै आज दरबारमार्गमा सडक प्रदर्शनी (रोड सो) कार्यक्रम गरिएको हो। बुद्धको प्रतिमा […]

देश, समाज
२५ बैशाख २०७६, बुधबार १२:२०
922 views 0 secs 0

विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्न नेपाली प्राविधिक टोली आधार शिविर पुग्यो

विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्नका लागि नेपालको सरकारी टोली आधार शिविर पुगेर आरोहणको तयारी गरिहेको छ। उच्च हिमाली वातावरणसँग अनुकूल हुन त्यो टोलीका सदस्यले एक चरण सात हजार मिटरसम्मको उचाइ छोइसकेका छन्। अब उनीहरू आरोहणका लागि उपयुक्त मौसमको प्रतीक्षामा छन्। नेपालको इतिहासमा सगरमाथाको उचाइ नाप्न लागिएको यो पहिलो पटक हो। यसपटक नेपाल सरकारले आफ्नै […]

समाज
२५ बैशाख २०७६, बुधबार ११:१६
743 views 0 secs 0

विद्यादेवी लाई लक्षित गर्दै फेसबुकमा जथाभावी लेख्ने प्रधानाध्यापक पक्राउ…

सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गर्दै जथाभावी लेखेको अभियोगमा सिन्धुपाल्चोकका एकजना प्रधानअध्यापक पक्राउ परेका छन्। उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सिन्धुपाल्चोकको मेलम्चीबाट पक्राउ गरी काठमाडौं ल्याएको हो। पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची–३ का ईश्वर कुमार चौलागाईं रहेको महाशाखाले जनाएको छ। महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार चौलागाईंले फेसबुकमा सम्मानित संस्थाविरुद्ध अपमानित हुने कुरा […]

देश, समाज
२५ बैशाख २०७६, बुधबार १०:५७
598 views 0 secs 0

महसुल तिर्नु परे उद्योग बन्द हुने चेतावनी…

नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुलाई कानुन विपरीत विद्युत् महसुल निर्धारण गरेको आरोप लगाउँदै उक्त रकम तिर्न नसक्ने उद्योगीले बताएका छन्। विद्युत् महसुल विनियमावली २०७३ विपरीत ट्रंक तथा डेडिकेटेड लाइनबाट विद्युत् लिएको आधारमा थप महसुल तोकेको भन्दै उक्त महसुल तिर्नु परे उद्योग बन्द हुने चेतावनी दिएका छन्। निजी क्षेत्रका तीन संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग […]

समाज
२४ बैशाख २०७६, मंगलवार १०:५६
805 views 0 secs 0

दुई पुरुष व्यक्तिको शव फेला: बागलुङ

बागलुङको बडिगाड गाउँपालिका र जैमिनी नगरपालिकामा दुई पुरुष व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ । बडिगाड गाउँपालिका–८ नेटाको जङ्गलमा सडेको अवस्थामा बागलुङकै तमानखोला गाउँपालिका–२ का बमबहादुर घर्तीको शव फेला परेको हो । सोमबार बिहान घाँसदाउराका लागि जङ्गल पुगेका स्थानीयवासीले घर्तीको कङ्काल देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शव पूरै सडेको अवस्थामा भए पनि […]

समाज
२२ बैशाख २०७६, आईतवार १५:३६
736 views 0 secs 0

भेडीगोठ र गौचरन रहेको लाप्राकको गुप्सीपाखामा एकीकृत नमूना बस्ती…

भेडीगोठ र गौचरन रहेको लाप्राकको गुप्सीपाखामा एकीकृत नमूना बस्ती बनिरहेको छ । पाखाभरी बनेका रंगीन घरहरुले ध्यान केन्द्रित नगर्ने कुरै भएन । यो बस्ती गैरआवासीय नेपाली संंघ (एनआरएनए) ले लाप्राकका भूकम्प पीडितहरुका लागि बनाएको हो । बस्ती निर्माण अन्तिम चरणमा पुग्दै गर्दा लाप्राकीहरु भने थातथलो छाडेर गुप्सीपाखामा सर्ने मन गरिरहेका छैनन् । उनीहरुमध्ये अधिकांशले पुरानै […]

समाज
२१ बैशाख २०७६, शनिबार १४:४४
985 views 0 secs 0

काठमाडौंमा आकाशियो तरकारीको मूल्य, हप्तादिनमै ७७० प्रतिशतले बृद्धि…

काठमाडौंमा तरकारीको दिनानुदिन बढ्दै गएको छ। आफैंले उत्पादन गरेको तरकारी भन्दा पनि आयातको तरकारीको मूल्य नै आकाशिदै गएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मातहतमा रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दैनिक गर्ने गरेको अपडेट अनुसार एक हप्तामै तरकारीको मूल्य ह्वात्तै बढेको छ। गत हप्ता शुक्रबारको तुलनामा यो हप्ता तरकारीको मूल्य बृद्धिदर ७७०.०७ […]

देश, समाज
२१ बैशाख २०७६, शनिबार १२:२६
789 views 0 secs 0

औँसीका दिन मनाइने आमाको मुख हेर्ने दिनआज…

वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ। शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा आजको दिनलाई लिइन्छ। वैशाख कृष्णपक्ष औँसीको दिनलाई नेपालीले मातातीर्थ […]

समाज
२० बैशाख २०७६, शुक्रबार १८:४६
927 views 0 secs 0

सरकारले सबैका लागि निःशुल्क शिक्षा भने पनि बझाङमा विद्यार्र्थीबाट चर्को शुल्क…

नेपाल सरकारले सबैका लागि निःशुल्क शिक्षा भने तापनि बझाङ जिल्लाका सामुदायिक विद्यालयले भने विभिन्न बहानामा विद्यार्र्थीबाट चर्को शुल्क लिने गरेका छन्। पटक/पटक जिल्लाका सामुदायिक विद्यालयले चर्कोे शुल्क लिने गरेको अभिभावकबाट गुनासो आए पनि शुल्क लिने विद्यालयलाई हालसम्म पनि कारवाही हुन सकेको छैन। यस वर्षको शैक्षिक शत्र शुरु भएसँगै यहाँका विद्यालयले विविध समस्या देखाउँदै विद्यार्थीबाट अनावश्यक […]