देश, समाज
३० जेष्ठ २०७६, बिहीबार १४:१२
689 views 0 secs 0

हावाहुरीबाट केरा खेती नष्ट …

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का किसानले लगाएको केरा खेतीमा हावाहुरीले व्यापक क्षति पु¥याएको छ । गत बिहीबार राति आएको हावाहुरीले घरी लाग्नै थालेको र लागेको केराका बोटहरु ढालेपछि किसानले निकै क्षति व्यहोरेका हुन् । कालागौंडी, तिलकी र दमलपट्टिका १५ जनाभन्दा बढी किसानले १० बिघा जग्गामा लगाइएको केरामा हावाहुरीले ९० प्रतिशत क्षति गरेको किसान मङ्गल चौधरीले बताउनुभयो […]

देश, समाज
३० जेष्ठ २०७६, बिहीबार १२:४५
562 views 0 secs 0

स्कूल बसको झ्यालबाट टाउको निकाल्दा बालकको मृत्यु…

सिन्धुलीमा स्कूल बसको झ्यालबाट टाउको निकाल्दा एक बालकको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका–५ मुलकोट भोटेखोलाको पुलस्थित विपी राजमार्ग सडकखण्डमा बुधबार रातामाटाबाट मुल्कोटतर्फ जाँदै गरेको स्कूल बसको झ्यालबाट टाउको निकाल्दा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मृत्यु हुनेमा प्रगतिशील माध्यमिक विद्यालय रातामाटामा कक्षा ९ मा अध्ययनरत रामेछाप खाडादेवी गाउँपालिका–३ का १४ […]

समाज
३० जेष्ठ २०७६, बिहीबार ११:४३
769 views 0 secs 0

ट्याङ्कीमा डुबेर चार वर्षीय बालकको मृत्यु …

पोखरामा हिजो साँझ पानीको ट्याङ्कीमा डुबेर एक बालकको ज्यान गएको छ । स्याङ्जा घर भई हाल पोखरा महानगरपालिका–७ मासबारस्थित मामा राजेन्द्र पौडेलको घरमा बस्दै आएका चार वर्षीय बालक श्रीकृष्ण कोइरालाको साँझ ७ः३० बजे मामाघरसँगैको निर्माणाधीन घरको पानी ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिनुभयो । साथीसँग खेल्ने क्रममा […]

देश, समाज
३० जेष्ठ २०७६, बिहीबार ११:३७
778 views 0 secs 0

अपहरण गरी हत्या गरेको आरोपमा एक पक्राउ…

सिरहाको धनगढीमाई नगरपालिका–६ का युवकको अपहरण गरी हत्या गरेको आरोपमा सिरहा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नगरपालिका–६ स्थित कसहा र वसन्तपुरचोकबाट स्थानीय १७ वर्षीय सुभाषकुमार यादवको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले सिरहाकै औरही गाउँपालिका–२ निवासी २१ वर्षीय गङ्गाराम मण्डल खत्बेलाई पक्राउ गरेको हो । यादवलाई गत २०७५ फागुन ९ गते अपहरण गरी […]

देश, समाज
२९ जेष्ठ २०७६, बुधबार १५:५०
691 views 0 secs 0

रुपन्देहीमा थारू घरवास सञ्चालन हुँदै …

रुपन्देहीको सैनामैना नगरपालिका–२ स्थित उचाडिहवामा रहेको थारू घरवास छिट्टै सञ्चालन हुने भएको छ । घरवासमा आगामी असार मसान्तसम्ममा वातानुकुलित सात आवास कक्ष निर्माण भएपछि पाहुनाको आवताजावत बढ्ने घरवासका अध्यक्ष खुशीराम चौधरीले जानकारी दिनुभयो । विसं २०७१ देखि काम शुरु भएको घरवासमा तत्कालीन पर्यटन कार्यालयबाट रु १४ लाख, संसद् विकास कोषबाट रु २० लाख र सैनामैना […]

देश, समाज
२९ जेष्ठ २०७६, बुधबार १५:२६
795 views 0 secs 0

च्याउ खानेको अवस्था गम्भीर …

यहि जेठ २४ गते च्याउ खाएर बिरामी भएका मध्ये दुई जनाको मृत्यु भएको थियो भने अन्य सात जनाको शिक्षण अस्पताल काठमाडौँमा उपचार भइरहेको प्रहरीले जनाएको छ । च्याउ खाएर ३६ वर्षीया चनकुमारी खाम्चा, १५ वर्षीया विमला खाम्चा, ८० वर्षका प्रेमसिं ठकुरी, ३० वर्षका दानमाया सिं ठकुरी, सात वर्षका सुमन सि,ं धनकुमारी सिं, निसासिं ठकुरीको आइसियु […]

देश, समाज
२९ जेष्ठ २०७६, बुधबार ११:२४
1046 views 0 secs 0

चट्याङ लागेर एकको मृत्यु, तीन घाइते …

डडेल्धुरामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको परशुराम नगरपालिका–३ मार्कुकी १३ वर्षीया सङ्गीता भाट रहेकी छन् । आज बिहान घरमै चट्याङ लागेको र उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ । बिहान ७ बजेतिर विद्यालय जानका लागि तयारी गरिरहेको बेला उनलाई चट्याङ […]

देश, समाज
२८ जेष्ठ २०७६, मंगलवार १६:५२
619 views 0 secs 0

महिला र अशक्तलाई छुट्टै टिकट काउण्टर …

भरतपुर अस्पतालमा महिला र अशक्त बिरामीलाई लक्षित गरेर छुट्टै टिकट काउण्टर सञ्चालनमा ल्याइएको छ । अस्पतालको सेवा प्रभावकारी बनाउन आइतबारदेखि छुट्टै टिकट काउण्टर सञ्चालनमा ल्याएको भरतपुर अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगालेले जानकारी दिनुभयो । हाल सञ्चालनमा रहेका टिकट काउण्टरलाई व्यवस्थित गर्दै महिला र ज्येष्ठ नागरिक तथा अशक्तलाई छुट्टै टिकट काउण्टरको व्यवस्था गरिएको […]

देश, समाज
२८ जेष्ठ २०७६, मंगलवार १३:१६
617 views 0 secs 0

सामूहिक कृषि व्यवसाय फस्टाउँदो …

प्रदेश नं. ५ सरकारले सामूहिक रुपमा कृषि व्यवसाय गर्न रामपुरका दुई सहकारीलाई अनुदान सहयोग प्रदान गरेको छ । अनुदान सहयोग प्राप्त गर्नेमा कृषि सहकारी र समृद्धि बहुउद्देश्यीय कृषि सहकारी संस्था रहेका छन् । दुबै सहकारीले रु छ÷छ लाख अनुदान सहयोग प्राप्त गरेका छन् । उक्त सहयोग रकमबाट समृद्धि बहुउद्देश्यीय कृषि सहकारीले रामपुर नगरपालिका–३ स्थित कीर्तिपुरमा […]

समाज, स्वास्थ्य/जीवनशैली
२८ जेष्ठ २०७६, मंगलवार १२:४७
906 views 0 secs 0

छात्रालाई सेनेटरी प्याड र भेन्डिङ मेसिन वितरण

नुवाकोटको लिखु गाउँपालिकाका दुई विद्यालयलाई सेनेटरी प्याड र भेन्डिङ मेसिन वितरण गरिएको छ । सोमबार भएको एक कार्यक्रममा लिखु गाउँपालिकास्थित चौघडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला नेता एवं लायन्स क्लब अफ काठमाडौँ डाउनटाउनका प्रथम उपाध्यक्ष पूर्णलाल श्रेष्ठले क्षेत्रपाल माध्यमिक विद्यालयका प्रधानध्यापक कृष्णबहादुर राई र महेशदेव मावि थानसिङका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सामुदायिक विद्यालय […]