समाज
२२ असार २०७६, आईतवार १२:३७
635 views 0 secs 0

विद्युत् चुहिएर एकको मृत्यु, एक घाइते …

विद्युत् चुहिएर झापाको कमल गाँउपालिकामा गए राति एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार यसरी मृत्यु हुनेमा कमल गाँउपालिका–३ बस्ने ५५ वर्षीय प्रेम खतिवडा रहेका छन् भने विद्युत् चुहिएरै मुगु घर भई प्राधिकरणमा कार्यरत ४९ वर्षीय हिक्मत बुढा गम्भीर घाइते भएका छन् । […]

समाज
२१ असार २०७६, शनिबार १०:४५
887 views 0 secs 0

७२ घरधुरीलाई स्वरोजगार

तनहुँको व्यास नगरपालिका– १४ स्थित कुलुङमा रहेका ७२ घरधुरीलाई स्वरोजगारको व्यवस्था गरिएको छ । उक्त गाउँका बासिन्दालाई स्वरोजगार बनाई आयआर्जन गरी आत्मनिर्भर बनाउने उद्देश्यले स्वरोजगार कार्यक्रमको व्यवस्था मिलाइएको व्यास १४ नं वडाका वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार कुलुङ गाउँमा रहेका उक्त घरधुरीमध्ये बीस घरमा अर्गानिक तरकारी खेती, बीस घरमा स्थानीय जातको कुखुरापालन, […]

समाज
२० असार २०७६, शुक्रबार १८:१३
537 views 0 secs 0

घुस लिएको आरोपमा मुद्दा…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका–९ गौशालाका कार्यालय सहयोगी गोविन्द खड्का विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार आरोपी खड्काले व्यवसाय सञ्चालन गरेबापत वडा कार्यालयमा नियमानुसार तिर्नुपर्ने रकम तिर्न जाँदा कार्यालय सहयोगी खडका्ले रु दश हजार घुस मागेको अभियोग लागेको छ । कर तिर्ने काममा सहजीकरण गरिदिने भन्दै खडकाले घुस मागेको आयोगले […]

समाज
२० असार २०७६, शुक्रबार ११:५७
576 views 0 secs 0

दुर्घटनामा दुईको मृत्यु, एक घाइते …

चितवनमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान ५ः४५ बजे मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा खसेर दुर्घटना हँुदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा एक जना घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि […]

समाज
२० असार २०७६, शुक्रबार ११:२९
832 views 0 secs 0

६७ उद्योग गुणस्तर तथा नापतौल बीभागको कारवाहीमा…

नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन वस्तु उत्पादन गर्ने ६७ उद्योगलाई कारवाही गरेको छ । विभागले चालू आर्थिक वर्षको जेठसम्म गुणस्तरविपरीत सामान उत्पादन गर्ने उद्योगलाई कारवाही गरेको हो । विभागले घोराही सिमेन्ट प्रालि दाङ, नारायणी माइक्रो पाइप उद्योग बारा, नव नेपाल प्लाष्टिक, नारायणी सिमेन्ट उद्योग बारा, होङ्सी शिवम् सिमेन्ट प्रालि, प्रिमियर वायर प्रालि विराटनगर, विश्वकर्मा […]

समाज
१८ असार २०७६, बुधबार १३:५२
728 views 0 secs 0

म्याग्दी नदीले बगाएर दुई बालक बेपत्ता…

पौडी खेल्ने क्रममा म्याग्दी नदीले बगाउँदा बेनी नगरपालिका वडा नं ३ दुधेखोलाका दुई बालक बेपत्ता भएका छन् । मङ्गलबार बेलुका ४ः३० बजे म्याग्दी नदीमा पौडी खेल्दा बेनपा–३ भकिम्लीका ११ वर्षीय प्रदीप रोका र बागलुङ घर भई हाल बेनपा–३ दुधेखोलामा मामाको घरमा बस्दै आएका अर्का बालक डेविड काउचा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ […]

समाज
१८ असार २०७६, बुधबार १३:३१
607 views 0 secs 0

एघार सय लिटर अवैध घरेलु मदिरा नष्ट…

प्रहरीले स्याङ्जाका विभिन्न भेगबाट एक हजार १०० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ अभियानअन्तर्गत मङ्गलबार गल्याङ नगरपालिका, पुतलीबजार नगरपालिका र फेदीखोला गाउँपालिकाका विभिन्न भेगबाट ठूलो परिमाणमा अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता नवीनकृष्ण भण्डारीले बताउनुभयो । गल्याङ प्रहरी चौकीबाट खटिएको […]

समाज
१७ असार २०७६, मंगलवार १६:२६
800 views 0 secs 0

तनहुँमा पोखरीमा डुबेर दुई बालकको मृत्यु …

तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित माछापुच्छ«े इँट्टाभट्टाको पोखरीमा डुबेर आज दिउँसो दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने सात वर्षीय सुन्दर शाही र चार वर्षीय किस्मत शाही रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । विद्यालयबाट फर्कने क्रममा इँट्टाभट्टाभित्र रहेको पोखरीमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका […]

समाज
१७ असार २०७६, मंगलवार १५:०४
550 views 0 secs 0

इँटा उद्योगलाई वातावरणमैत्री र बालश्रममुक्त बनाउन जोड …

इँटा उद्योगलाई प्रविधिमैत्री, वातावरणमैत्री र बालश्रममुक्त बनाउन सरोकारवालाले जोड दिएका छन् । सोमबार रुपन्देहीको नयाँमिलमा भएको ‘श्रमिकमैत्री इँटा उद्योग, इँटा उद्योगमैत्री स्थानीय शासन र नीति’ विषयक गोष्ठीमा उनीहरुले प्रदूषण र बालश्रममुक्त गराउन सरकारले दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताए । उक्त अवसरमा प्रदेश नं ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले उद्योगले मुलुकको […]

समाज
१७ असार २०७६, मंगलवार १३:५०
710 views 0 secs 0

कैलालीमा छात्रामा अनौठो समस्या, १२ छात्रा एकैसाथ बेहोस…

कैलालीको भजनी नगरपालिका–१ स्थित महुन्याल माध्यमिक विद्यालय भजनीमा अध्ययनरत छात्रामा अनौठो समस्या देखिएको छ । बिहानीको विद्यालय समयमा छात्राहरु बर्बराउने, मान्छे नचिन्ने, छट्पटाउने र बेहोस हुने गरेका छन् । कक्षा ७ र ८ मा अध्ययनरत १३ देखि १८ वर्ष उमेर समूहका १२ छात्रा सोमबार बेहोस भएका हुन् । उनीहरुको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भएको […]