समाज
३१ असार २०७६, मंगलवार १४:२३
675 views 0 secs 0

एक वर्ष अगाडि भएको डकैतीमा संलग्न तीन जना धनुषाको मिथिला नगरपालिकाबाट पक्राउ…

एक वर्ष अगाडि धनुषामा भएको डकैतीमा संलग्न तीन जना पक्राउ परेका छन् । धनुषाको मिथिला नगरपालिका ८ जमुनीबासस्थित चार जनाको घरमा हातहतियारसहित डकैती गर्नेमध्ये एक जना पछिल्लो पटक धनुषाकै मिथिला नगरपालिका ६ ढल्केबरबाट पक्राउ परेका छन् । अन्य दुई जना यसअघि नै पक्राउ परिसकेका थिए । पछिल्लो पटक पक्राउ पर्नेमा सर्लाहीको साविक नोकैलवा गाविस ६ […]

समाज
२७ असार २०७६, शुक्रबार १६:३७
809 views 0 secs 0

बगाएको ग्यास सिलिन्डर समाउन खोज्दा मान्छे नै बाढीमा बेपत्ता: कलंकी

काठमाडौंमा बल्खु खोलाको बाढीले बगाउदा एक जना बेपत्ता भएका छन् । ग्यास सिलिन्डर बगाएपछि त्यसलाई समाउन जाने क्रममा विनोद चौधरी नाम गरेका व्यक्ति कलंकीबाट बेपत्ता भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार अहिले बेपत्ता भएका चौधरीको खाजी कार्य जारी छ । यस वर्ष मनसून शुरू भएयताकै लामो समयसम्म जारी […]

समाज
२७ असार २०७६, शुक्रबार १५:३३
515 views 0 secs 0

टेकु पुलमूनि फस्यो कांग्रेस महामन्त्री कोइरालाको गाडी…

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला चढेको गाडी टेकुको बागमती सडक कोरिडोरमा फसेको छ। अविरल वर्षासँगै टेकु पुलमूनि संकलन भएको पानीमा शुक्रबार कोइराला चढेको गाडी फसेको हो।

समाज
२७ असार २०७६, शुक्रबार ११:४०
500 views 0 secs 0

रोकिराखेको ट्रकमा कार ठोक्किँदा एकको मृत्यु …

पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ भूमहीमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा एकको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १६ च २७५१ नम्बरको कार गए राति ११ः३० बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत भूमहीमा लु २ ख ३१२१ नम्बरको रोकिराखेको ट्रकमा ठक्कर खाँदा कारमा सवार रुपन्देही तिलोत्तमा नगरपालिका–३ का ४० वर्षीय गोर्कण […]

समाज
२७ असार २०७६, शुक्रबार ११:०८
527 views 0 secs 0

तेह्र दिनको शिशु चोरी गर्ने पक्राउ…

उपचारको क्रममा रहेको शिशुलाई चोरी गर्ने दुई महिलालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ परेको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार मध्यराति प्रसूति विभागको वार्डबाट १३ दिनको शिशु चोरी भएको थियो । पक्राउ पर्नेमा भारत नयाँदिल्ली फरीदावाद घर भई हाल धरान–५ देवीगाउँ माइती घरमा बस्दै आएकी २७ वर्षीया लीला विश्वकर्मा र उनकी भाउजु […]

समाज
२६ असार २०७६, बिहीबार १७:४४
699 views 0 secs 0

मोबाइल चार्ज गर्दा ६ वर्षीय बालकको मृत्यु …

ः झापाको गौरादह नगरपालिका–८ दामाबारीमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर ६ वर्षीय बालकको आज मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका घर भई हाल झापाको गौरादह–८ दामाबारी चोकस्थित मामाघर बस्दै आएका रोशन महतोको चिसो हातले चार्जमा राखेको मोबाइल छुँदा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रतुवामाई–१ का गोल्छा महतोका छोरा […]

समाज
२६ असार २०७६, बिहीबार १०:१८
679 views 0 secs 0

आगलागीबाट रु ८० लाखको क्षति…

मोरङको पथरीशनिश्चरे–८ मङ्गलबारेस्थित वैद्यनाथ गुप्ताको घरमा आज बिहान आगलागी हुँदा रु ८० लाख बराबरको क्षति भएको छ । बिहान २ बजे आगलागी हुँदा पाँच कोठे पक्की घर जलेर नष्ट हुनुका साथै घरभित्र रहेका सम्पूर्ण सरसमान, लत्ताकपडा, भाँडावर्तन र सोही घरमा सञ्चालन गर्दै आएको उहाँको होलसेल किराना पसलसमेत जलेर नष्ट हुँदा सो क्षति भएको हो । […]

समाज
२६ असार २०७६, बिहीबार १०:०८
721 views 0 secs 0

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु, एक घाइते…

काठमाडौँ महानगरपालिका–२६ लाजिम्पाट साङ्ग्रिला होटल अगाडि कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । आज बिहान २ बजे जमल–लैनचौर हुँदै महाराजगञ्जतर्फ जाँदै गरेको बा ९३ प २०५० नम्बरको स्कुटरलाई रातो रङको कारले ठक्कर दिँदा स्कुटर चालक भीमबहादुर गुरुङको मृत्यु भएको हो । दुर्घटनामा स्याङ्जा पुतलीबजारका सन्तोष घर्ती गम्भीर घाइते भएका छन् । महानगरीय प्रहरी वृत्त […]

समाज
२५ असार २०७६, बुधबार १५:४२
644 views 0 secs 0

चिर्पट प्रहार गरी काकाको हत्या …

भेरी नगरपालिका–१३ कुदुमा भतिजाले प्रहार गरेको चिर्पट लागी काकाको मृत्यु भएको छ । आज बिहान स्थानीय गीता सुनारको घरमा ३५ वर्षीय मानबहादुर सुनारले ४५ वर्षीय मोहन विकलाई चिर्पट प्रहार गरी हत्या गरेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो । गीताको घरमा उहाँका आफन्तले ल्याएको कोसेली खान जम्मा भएको समयमा मदिरा सेवन गरी विवाद हुँदा […]

Uncategorized, समाज
२५ असार २०७६, बुधबार ०९:४०
750 views 0 secs 0

बस दुर्घटना हुँदा तीनको घटनास्थलमै मृत्यु ,१७ घाइते…

जिल्लाको मानेभज्याङ गाउँपालिका–६ डढुवामा आज बिहान ३ बजे बस दुर्घटना हुँदा तीनको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १७ घाइते भएका छन् । बसका चालक झापा पत्थरी–८ घर भएका कृष्णबहादुर बस्नेत, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–५ की माया थापा र सिन्धुली कमलामाई नगरपालिकाका लालबहादुर धामीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक राजीब श्रेष्ठले जानकारी दिनुभयो । घाइतेमध्ये पाँचकोे […]