समाज
७ भाद्र २०७६, शनिबार १२:२३
603 views 0 secs 0

बलात्कार प्रयासको आरोपमा वडा सचिवविरुद्ध मुद्दा दर्ता…

ओखलढुङ्गाका एक वडा सचिवविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका–७ का वडा सचिव ४५ वर्षीय चेतबहादुर कट्वालविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको हो । वडा सचिव कट्वाल सुनकोशी गाउँपालिकाको च्यानमका स्थानीय बासिन्दा हुन् । भदौ १ गते स्थानीय एक २३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको उजुरीका आधारमा वडा सचिव […]

समाज
७ भाद्र २०७६, शनिबार ११:४९
636 views 0 secs 0

चट्याङ लागेर बालिकाको मृत्यु…

बाजुराको बूढीगङ्गा नगरपालिका–१० बधेडामा मध्यराति १ः०० बजे चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका लली सार्कीकी दुई वर्षीया छोरी सिरिया सार्की रहको स्थानीय रमेश सार्कीले बताउनुभयो । लाल सार्कीको घरमा परेको चट्याङको आवाजले बेहोस भएर बालिकाको मृत्यु भएको सार्कीको भनाइ रहेको छ । मृतक बालिकाकी आमा दीला सार्कीको अवस्था भने […]

देश, समाज
६ भाद्र २०७६, शुक्रबार १३:२३
620 views 0 secs 0

करेन्ट लागेर युवकको मृत्यु…

करेन्ट लागेर सिरहाको बरियारपट्टि गाउँपालिका–४ सोहपुरमा आज एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीय श्यामलाल यादव रहेका प्रहरीले जनाएको छ । धान खेतमा पानी हाल्नका लागि मोटर चलाउने क्रममा करेन्ट लागेर यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शवपरीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा ल्याइएको छ ।

देश, समाज
६ भाद्र २०७६, शुक्रबार १०:३८
486 views 0 secs 0

विप्लव समूहका जनसरकार प्रमुख भनिएको ढकाल पक्राउ …

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नवलपरासी जिल्ला सदस्य एवं जनसरकार प्रमुख भनिएको प्रेमप्रसाद ढकाल पक्राउ परेका छन् । सुनवल नगरपालिका–१३ बडेरास्थित घरबाटै गए राति ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । पक्राउ परेका ढकाललाई जिल्ला प्रहरी कार्यलयमा राखी आवश्यक अनुसन्धान थालिएको उहाँले बताउनुभयो । ढकालसँगै पश्चिम […]

समाज
५ भाद्र २०७६, बिहीबार १८:१२
550 views 0 secs 0

लागुऔषधसहित दुई युवक पक्राउ …

प्रतिबन्धित लागुऔषधसहित सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित दुर्गा मन्दिर नजिकबाट प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको सुखीपुर नगरपालिका–८ का २५ वर्षीय राहुल साह र सोही ठाउँका १८ वर्षीय बिकल पञ्जियार रहेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको टोलीले उनीहरुको साथबाट लागुऔषध १६ ट्यावलेट नाइट्रोभेट ट्याबलेट बरामद भएको प्रहरीले जनाएको छ । […]

देश, समाज
५ भाद्र २०७६, बिहीबार १७:४६
837 views 0 secs 0

करोडौँको राजस्व छलीमा १५ जना विरुद्ध मुद्दा…

सरकारी कर्मचारीकै मिलेमतोमा राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन गरी करोडौँ राजस्व छली भएको पाइएको छ । राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनी खडा गरी केही व्यवसायीले सरकारी कर्मचारीको मिलेमतोमा ठूलो रकम राजस्व छली गरेको जनाएको छ । अनुसन्धानका क्रममा राजस्व छलीमा चार जना सरकारी कर्मचारी सङ्लग्न रहेको आरोपसहित १५ जनाविरुद्ध मुद्दा चलाइएको विभागका निर्देशक राजीव […]

देश, समाज
५ भाद्र २०७६, बिहीबार १२:१७
566 views 0 secs 0

झुटो विवरण पेश गरी नागरिकता लिने दुई पक्राउ …

झुटो विवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको बेनीघाटरोराङ गाउँपालिका–१० का बुद्धिबहादुर प्रजा रहेका छन् । पक्राउ पर्ने अर्को व्यक्तिको वास्तविक ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । सुकदेउ प्रजा र हीरामाया प्रजाका ५१ वर्षीय छोरा बुद्धिबहादुर प्रजाले आफ्नो भाइ बनाएर अर्कै व्यक्तिलाई प्रेमबहादुर […]

समाज
५ भाद्र २०७६, बिहीबार १२:०३
622 views 0 secs 0

पहिरोले घर पुरिँदा एक वृद्धको मृत्यु…

पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोट बूढीस्वाँरामा पहिरोले घर पुरिँदा एक वृद्धको मृत्यु भएको छ । बुधबार राति आएको वर्षाका कारण पहिरोले घर पुरिँदा ७० वर्षीय रेमबहादुर चालिसेको मृत्यु भएको हो । पहिरोले पुरिएर बेपत्ता भएका रेमबहादुरको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले खोजी गर्दा मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी […]

समाज
५ भाद्र २०७६, बिहीबार ११:५१
856 views 1 sec 0

जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु: अछाम

अछामको बान्नीगढी जयगढ गाउँपालिका ५ मा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चालकसहित दुई जना घाइते भएका छन् । कैलालीको रामारोशनबाट जयगढ जाँदै गरेको से १ ज ९९५ नम्बरको जिप गएराति करिब सवा आठ बजे कालिकालिडी सुकीबाग भन्ने स्थानमा सडकबाट करिब ७ सय मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा बान्नीगढी […]

समाज
४ भाद्र २०७६, बुधबार १५:१५
677 views 0 secs 0

मालपोतका अधिकृत घुस लिँदा लिँदै पक्राउ…

मालपोतका अधिकृत घुस लिँदा लिँदै रंगे हात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले घुस लिँदालिँदै ती सरकारी अधिकृतलाई पक्राउ गरेको हो। मालपोत कार्यालय कास्कीमा कार्यरत अधिकृत अभिनाश कुवँरलाई अख्तियारको टोलीले सेवाग्राहीबाट ९८ हजार रूपैयाँ घुस लिदाँलिँदै मंगलबार साँझ पक्राउ गरेको हो। साँझ करिब साढे ६ बजे पोखराको मुस्ताङचोकस्थित सोमु मम खाजा घरबाट […]