समाज
९ भाद्र २०७६, सोमबार ०८:२२
936 views 0 secs 0

सिनामंगलमा टिपरले तीन वटा मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु…

सिनामंगलमा टिपरले तीन वटा मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुई जना गम्भिर घाइते छन् । महानगरीय ट्राफिक महाशाखा, रामशाहपथका प्रमुख एसएसपी वसन्त पन्तका अनुसार, आइतबार साँझ तीनकुनेबाट गौशालातर्फ जाँदै गरेको टिप्परले तीन वटा मोटरसाइकलाई ठक्कर दिएर भागेको थियो । तर, तत्काल खोजीमा खटिएको प्रहरी वृत्त, गौशलाले बा ३ ख ४३१७ […]

समाज
९ भाद्र २०७६, सोमबार ०७:५४
632 views 0 secs 0

अनुमति बिना अवैधरुपमा सञ्चालित सिरहाको आधा दर्जन डेरी उद्योगमा शिलबन्दी …

अनुमति बिना अवैधरुपमा सञ्चालित सिरहाको आधा दर्जन डेरी उद्योगमा शिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा दुर्गन्धित तथा कागजपत्र बिनै सञ्चालन गरिरहेको पाइएपछि छ वटा डेरी उद्योगमा शिलबन्दी गरिएको हो । सदरमुकाम सिरहास्थित ज्वाइस दही तथा आइसक्रिम उद्योग, बजरङ्ग डेरी उद्योग, सुखचैनास्थित लक्ष्मी डेरी उद्योग, नरहास्थित […]

समाज
९ भाद्र २०७६, सोमबार ०७:४७
490 views 13 secs 0

राशिफल , वि.सं. २०७६ भदौ ९। सोमबार। इ.स. २०१९ अगस्ट २६। ने.सं. ११३९ गुँलागा। भाद्र कृष्णपक्ष। एकादशी, २४:३९ उप्रान्त द्वादशी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसर प्राप्त भए पनि परिस्थिति त्यति सहज नरहला। सहयोगीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अप्ठ्यारो पर्दा साथ दिने थोरै हुनेछन्। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। बलभन्दा बुद्धिको उपयोगले […]

समाज
८ भाद्र २०७६, आईतवार ११:५५
463 views 0 secs 0

सेती नदीले गएको वैशाख महीनायता स्थानीयवासी सात जनाको ज्यान लियो…

डोटीमा बग्ने सेती नदीले गएको वैशाख महीनायता स्थानीयवासी सात जनाको ज्यान लिएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार वैशाखयता मात्रै सेती नदीमा नुहाउने क्रममा सातले अकालमै ज्यान गुमाइसकेका छन्। करीब ३९ वर्षअघिदेखि ७५० मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्ने भनी ‘पश्चिम सेती’ का नामले चर्चामा रहेको डोटीको सेती नदीले वर्षेनी यहाँका स्थानीयवासीको अकालमै ज्यान लिने गरेको […]

समाज
८ भाद्र २०७६, आईतवार ११:२५
515 views 0 secs 0

बर्दियामा बाघको आक्रमणबाट ७० वर्षीय वृद्धको मृत्यु ….

बर्दियाको ठाकुरबाबा नगरपालिकाका एक वृद्धको पाटेबाघको आक्रमणबाट मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिकाका–१, भुरीगाँउ बस्ने ७० वर्षीय पहाडिया थारूको आइतबार बिहान ७ः३० बजे बाघको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो । बंगुरलाई दाना हाल्दै गर्दाको समयमा थारूलाई एक्कासि पाटेबाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए । बर्दियामा केही दिनयता […]

समाज
८ भाद्र २०७६, आईतवार १०:५९
494 views 0 secs 0

भरतपुरमा डेङ्गुको सङ्क्रमणका कारण एक वृद्धको मृत्यु…

जिल्लामा डेङ्गुको सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगररपालिका–२ गङ्गोत्रीमार्ग निवासी ७१ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार उनको उपचारका क्रममा मृत्यु भएको जानकारी भदौ ६ गते कार्यालयलाई दिइएको हो। वृद्धको साउन ३१ गते चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो। मृतकको नाम गोप्य […]

समाज
८ भाद्र २०७६, आईतवार १०:४२
620 views 0 secs 0

अविरल वर्षापछि गएको पहिरोले रसुवामा १० घर र विद्यालय जोखिममा …

अविरल वर्षापछि गएको पहिरोले रसुवाको ७ रोपनी धानखेत बगाएको छ । पहिरोले १० घर र विद्यालयसमेत जोखिममा परेका छन् । जिल्लाको कालिका गाउँपालिका–४, धुसेनीमा शुक्रबार राति गएको पहिरोले करिब ७ रोपनी धानखेत बगाएको हो । रसुवाको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले शुक्रबार धुसेनीको देवकोटा टोलमा गएको पहिरोले ३ परिवारको ७ रोपनी खेत बगाएको जानकारी दिए […]

समाज
८ भाद्र २०७६, आईतवार ०८:३०
523 views 0 secs 0

डाक्टरको लापरबाहीका कारण सुत्केरीको मृत्यु …

मार्तडीस्थित जिल्ला अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ। बडीमालिका नगरपालिका–७ जिल्ली निवासी कृष्ण नेपालीकी २१ वर्षीया श्रीमती वसन्तीको उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला अस्पतालको प्रसूति केन्द्रमा स्वास्थ्यकर्मीले उपचार गरिरहेका बेला उनको एक्कासि मृत्यु भएको आफन्त प्रेम नेपालीले बताए। शुक्रबार साँझ सुत्केरी व्यथाले च्यापेपछि उनलाई आफन्तले अस्पताल ल्याएका थिए। अस्पताल पुगेलगत्तै सुत्केरी व्यथा लागेकी […]

देश, समाज
७ भाद्र २०७६, शनिबार १५:४८
551 views 0 secs 0

पोखरीमा डुबेर एकको मृत्यु…

दाङमा कृत्रिम पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । सिँचाइका लागि घोराही उपमहानगरपालिका–१८ गिठेपानीमा निर्माण गरिएको पोखरीमा डुबेर सोही ठाउँका ५० वर्षीय देउचन रोकाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार आज बिहान ७ः१५ बजे उक्त पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ । रोका शुक्रबार […]