समाज
१३ भाद्र २०७६, शुक्रबार ०८:१७
995 views 0 secs 0

आज कुशे औंसी तथा बावुको मुख हेर्ने दिन मनाइँदै…

हिन्दुधर्मालम्बीहरूले भाद्र कृष्ण औंसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् । आजको दिन पिताप्रति आदर सम्मानका साथ मीठो खाना तथा राम्रो लगाउन दिने प्रचलन छ । पिता गुमाएकाहरूले […]

समाज
१३ भाद्र २०७६, शुक्रबार ०७:४०
673 views 0 secs 0

छोरीको हत्या गरी फरार अभियुक्तलाई १९ वर्षपछि रुपन्देही प्रहरीले पक्राउ ….

छोरीको हत्या गरी फरार अभियुक्तलाई १९ वर्षपछि रुपन्देही प्रहरीले पक्राउ गरेको छ । गैडहवा गाउँपालिका–६ गुलरीयाका ६३ वर्षीय पूर्णवासी लोनीयालाई प्रहरीले सिद्धार्थनगर नगरपालिका–५ मालपोत कार्यालय अगाडिबाट पक्राउ गरेको हो । पक्राउ परेका लोनीयालाई आज जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमार्फत जिल्ला अदालत रुपन्देहीमा पेश गरिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए। लोनीयाकी १५ वर्षीया छोरी […]

समाज
१२ भाद्र २०७६, बिहीबार १९:०४
759 views 0 secs 0

दुवै मिर्गौैला खराब भएका युवालाई सहयोगको अपिल…

बागलुङ नगरपालिका–१० भकुण्डेका एक युवाको दुवै मिर्गौला काम नलाग्ने भएको छ । वडाध्यक्ष प्रेमबहादुर थापाका छोरा २८ वर्षीय रबिन थापा बिरामी परेपछि जचाउन पुग्दा सो समस्या भेटिएको हो । रबिनको मिर्गौलामा समस्या देखिएपछि प्रत्यारोपण गर्नुपर्ने भएको छ । अङ्ग प्रत्यारोपणका लागि लाखौँ खर्च हुने भएकाले परिवारका सदस्यले सहयोगको याचना गरेका छन् । घरको आर्थिक अवस्थाले […]

देश, समाज
१२ भाद्र २०७६, बिहीबार १८:५१
707 views 0 secs 0

ब्राउन सुगरसहित तीन पक्राउ…

झापाको मेचीनगरबाट ब्राउन सुगरसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मेचीनगर–६ भन्सारगेट अगाडिबाट लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा बुधबार मोरङ बेलबारी–३ का २४ वर्षीय सन्तोष खड्का र सोही स्थानका १९ वर्षीय सोमन लिम्बूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट लागुऔषध ब्राउन सुगर एक […]

समाज
१२ भाद्र २०७६, बिहीबार १८:४५
669 views 0 secs 0

कारको ठक्करबाट युवतीको मृत्यु …

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ चुनपहरामा आज बिहान पर्यटक कारको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १८ वर्षीया मनिषा परियार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोखराबाट काठमाडाँैतर्फ जाँदै गरेको बा१य १३९७ नं को कारले पैदलयात्री परियारलाई ठक्कर दिए पछि सख्त घाइते उहाँको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु […]

देश, समाज
१२ भाद्र २०७६, बिहीबार १८:३०
1271 views 0 secs 0

शिक्षक कर्मचारीलाई ल्यापटप वितरण…

भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको यशोधरा माध्यमिक विद्यालय टक्सारले प्रविधिमैत्री शिक्षणमा जोड दिएको छ । त्यसका लागि विद्यालयले कम्प्युटर प्रयोशालाको स्थापना गरेको छ भने विद्यालयका २८ शिक्षक तथा कर्मचारीलाई आज ल्यापटप वितरण गरेको छ । पठनपाठन प्रभावकारी बनाउन प्रदेश सरकारको छ लाख ५० हजारसहित १६ लाख १० हजार रुपैया बराबरको ल्यापटप वितरण गरिएको हो । यसले […]

समाज
१२ भाद्र २०७६, बिहीबार १८:२२
1083 views 0 secs 0

आधुनिक सार्वजनिक शौचालय निर्माण हुने…

ललितपुर महानगरपालिकाभित्र तीन वटा आधुनिक सार्वजनिक शौचालय निर्माण हुने भएको छ । भिडभाड र बढी मानिसको जमघट हुने स्थानमा सो शौचालयको आवश्यकता भएसँगै तीन वटा आधुनिक शौचालय निर्माण हुन लागेको हो । वडा नं ९ शङ्मूल, वडा नं १२ मङगलबजार र वडा नं २० पाटनढोका परिसरमा आधुनिक बायोग्याससहितको सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण गरिने महानगरपालिका […]

समाज
१२ भाद्र २०७६, बिहीबार १२:११
854 views 0 secs 0

प्रतिबन्धित लागुऔषधसहित दुई भारतीय पुरुष र एक नेपाली महिलालाई आज पर्सा प्रहरीले पक्राउ…

जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका दुई भारतीय पुरुषसहित एक नेपाली महिलालाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलनको आयोजना गरी लागुऔषध ओसारपसारमा संलग्न रहेका पर्साको पर्सागढी नगरपालिका वडा नं १ निवासी तारादेवी पासवान र भारत बिहारको मोतिहारी निवासी धर्मेन्द्र साह कानु र पिन्टु पासवानलाई प्रहरीले सार्वजनिक गरेको हो। […]

समाज
१२ भाद्र २०७६, बिहीबार १०:२२
597 views 0 secs 0

पोखरामा गएराति भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु तीन जना घाइते…

पोखरामा गएराति भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । पोखरा महानगरपालिका–३२, गगनगौंडामा गएराति ग ७ प ७४२८ नम्बरको मोटरसाइकल र ग ११ प २३५८ नंको स्कुटर एकापसमा ठोक्किँदा स्कुटरको पछाडि बसेका पोखरा नदीपुर निवासी १८ वर्षीय जगबिन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक […]

समाज
१२ भाद्र २०७६, बिहीबार ०९:०७
735 views 0 secs 0

बजारमा गुणस्तरहीन खाद्यवस्तुको बिगबिगी, बजार अनुगमनमा १० प्रतिशत कारबाही…

वर्षैभरि बजारमा गुणस्तरहीन खाद्यवस्तुको बिगबिगी छ। उपभोक्ता प्रत्येक वस्तु खरिद र उपभोग गर्दा अन्योलमा हुन्छन्। तर, सरकारी निकाय भने बजारमा अनुगमन गरे पनि गुणस्तरहीन खाद्यवस्तु देख्दैन। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत वर्ष गरेको कामबाट यस्तै नतिजा देखिएको छ। विभागले गत वर्ष एक हजार ६ सय ६१ व्यावसायिक फर्ममा अनुगमन गरे पनि कारबाहीमा पर्नेमा […]