देश, राजनीति
३ मंसिर २०७४, आईतवार २०:२७
737 views 4 secs 0

एक भोटको खर्च पाँच हजार !

काठमाडौं : हालै सम्पन्न स्थानीय तह निर्वाचनमा एउटा भोट बराबर करिब पाँच हजार रुपैया खर्च भएको छ। त्यसमध्ये करिब तीन हजार छ सय १३ रुपैया उम्मेद्वार र उनका समर्थकले खर्च गरेका छन् भने प्रतिभोट एक हजार तीन सय नौ रुपैयाँ सरकारी ढुकुटीबाट खर्च भएको छ। स्थानीय निर्वाचनमा जम्मा ६९ अर्ब ४२ करोड रुपैयाँ खर्च भएको […]

राजनीति
१६ कार्तिक २०७४, बिहीबार १८:२९
917 views 1 sec 0

लोकतन्त्र रक्षाका लागि उम्मेदवार भएको डन गणेश लामाको भनाइ

गुन्डा नाइके गणेश लामा नेपाली काँग्रेसको तर्फबाट काभ्रेमा उम्मेदवार बनेका छन्। काभ्रे- १ (ख) प्रदेश सभा सदस्यको लागि काँग्रेसको तर्फबाट उनी उम्मेदवार बनेका हुन्। बिहीबार निर्वाचन कार्यालयमा काँग्रेसका अरु नेताहरुसँगै आएर उनले उम्मेदवारी दर्ता गराए। गुन्डा नाइके लामासँगै काभ्रे १ का प्रतिनिधि सभा १ तर्फ तीर्थ लामा तथा २ का उम्मेदवार मधु आचार्यले पनि उम्मेदवारी […]

Featured, राजनीति
२५ भाद्र २०७४, आईतवार १६:४३
1105 views 0 secs 0

प्रधानमन्त्री देउवाले चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनको तेस्रो चरणअन्तर्गत असोज २ गते निर्वाचन हुने आठै जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्। पार्टी सभापति देउवा यही भदौ २७ गते प्रदेश नं २ को निर्वाचन प्रचारमा जाने र भदौ ३० गते राजधानी फर्कने कार्यक्रम तय भएको पार्टीं केन्द्रीय कार्यालयले जनाएको छ। […]

Featured, देश, राजनीति
१४ भाद्र २०७४, बुधबार १४:३७
1057 views 2 secs 0

प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा, मंसिर १० र २१ निर्वाचन मिति

काठमाडौं—सरकारले प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने गरी दोस्रो चरणको निर्वाचन मिति आगामी मंसिर २१ गतेलाई तोकेको छ। यसअघि सरकारले दुबै निर्वाचन एकैपटक गर्ने निर्णय गर्दै आगामी मंसिर […]

देश, राजनीति
१० भाद्र २०७४, शनिबार ०५:५०
894 views 5 secs 0

गृहमन्त्रीका सल्लाहकारको कार्यालय प्रहरी मुख्यालयमा

काठमाडौं- गृह मन्त्रालयले राज्यमन्त्रीस्तरीय सुविधासहित गृहमन्त्री जनार्दन शर्मालाई आन्तरिक सुरक्षासम्बन्धी सल्लाह दिन नियुक्त गरेका पूर्वएआइजी सुरेन्द्रबहादुर शाहको सचिवालय प्रहरी प्रधान कार्यालयमा खडा गरेको छ। गृहमन्त्रीको सुरक्षाविज्ञका रुपमा नियुक्त पूर्वएआइजी सुरेन्द्रबहादुर शाहले प्रहरी प्रशासनको दैनिक कामकाजमा पनि चासो राख्न थाले। यसअघि गृहमन्त्रीलाई सघाउन नियुक्त भएका सल्लाहकारले प्रहरी कर्मचारी पाउँदैनथे। ६ महिनाअघि एआइजीबाट अवकाश पाएका शाह विज्ञका रुपमा […]

राजनीति
२७ माघ २०७३, बिहीबार ०६:१८
959 views 0 secs 0

भारत निकासी खोल्न चुरेबाट ढुंगागिट्टी दोहन खुकुलो पार्ने सरकारको दाउ

वीरगन्ज भन्सारमा साढे दुई वर्षअघिसम्म एउटा रोचक दृश्य देखिन्थ्यो। भारतबाट भित्रिने मालबाहक ट्रकभन्दा यताबाट बाहिरिने ट्रिपरहरूको संख्या कयौं गुणा बढी हुन्थ्यो। ती ट्रिपरको लाम वीरगन्जबाट तन्किँदै जीतपुर र परवानीपुरसम्मै पुग्थ्यो। भैरहवा भन्सारमा पनि लगभग यस्तै स्थिति थियो। नेपालबाट भारततर्फ सामान ओसारिरहेका ती सबै ट्रिपर चुरे क्षेत्र दोहन गरी निकालिएका ढुंगागिट्टीले भरिएका हुन्थे, जसको उत्तरप्रदेश र […]

राजनीति
२३ माघ २०७३, आईतवार ११:२५
1122 views 1 sec 0

उमेर घटाएर सेवा अवधि बढाउन खोज्ने न्यायाधीशहरू

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश गोपाल पराजुलीले जन्ममिति घटाएर प्रतिलिपि नागरिकता लिएको खुलासापछि यो वर्ष न्याय परिषदको वार्षिक बुलेटिनमा न्यायाधीशहरूको जन्ममिति नै प्रकाशित भएन। परिषदको यो बुलेटिनलाई न्यायिक क्षेत्रमा आधिकारिक अभिलेख मानिन्छ। यसमा सबै तहका न्यायाधीशको जन्ममिति, सेवाप्रवेश मिति, शैक्षिक योग्यता लगायत सम्पूर्ण व्यक्तिगत विवरण समावेश हुन्छ। न्यायाधीशहरूलाई उपल्लो अदालतमा बढुवा गर्दा यिनै विवरणलाई आधार मानिन्छ। […]

राजनीति
२३ माघ २०७३, आईतवार ०७:४५
682 views 6 secs 0

ठूला दल थ्रेसहोल्डको पक्षमा, साना दल अस्तित्व समाप्त हुने डरले उत्रिए विरोधमा

काठमाडौं, माघ २३—प्रमुख दलहरू निर्वाचनमा तीन प्रतिशत थ्रेसहोल्डको व्यवस्था गर्न सहमतिनजिक पुगेका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्रसँगै राप्रपा पनि त्यसमा सहमत छ । मधेसी मोर्चा थ्रेसहोल्ड राख्न सहमत भए पनि कति प्रतिशत राख्ने भन्नेमा स्पष्ट भइसकेको छैन । संसद्को राज्य व्यवस्था समितिअन्तर्गतको उपसमितिमा झन्डै डेढ महिनादेखि राजनीतिक दलसम्बन्धी विधेयकमाथि छलफल भइरहेको छ । ‘करिब […]