साँखुमा सार्वजनिक जग्गा अतिक्रमण गर्दै बालुवा उत्खनन…
साँखु, १७ जेठ शङ्खरापुर नगरपालिकाको साँखुमा वासिङ व्यवसायीले अनधिकृतरूपमा बालुवा उत्खनन गरिरहेका छन् । साँखु, इन्द्रायणीलगायतका ठाउँका स्थानीयवासीसँग दुई रोपनीसम्म जग्गा भाडामा लिएर १० रोपनीभन्दा बढी सार्वजनिक जग्गा अतिक्रमण गर्दै उत्खनन गरिरहेको पाइएको छ । अनधिकृतरूपमा बालुवा उत्खननले साँखु, इन्द्रायणी, घुमारीचोकलगायतका ठाउँ कुरुप बन्दै जानुका साथै मरुभूमिमा परिणत हुनलागेकामा स्थानीयवासीले दुखेको पोखेका छन् । नगरपालिकाको […]