देश
३ असार २०७६, मंगलवार १६:५१
1036 views 0 secs 0

जीप दुर्घटना सबै सवार बेपत्ता …

खार्पुनाथ गाउँपालिका–५ वेणुसैन र कैलेबालु भन्ने स्थानमा जाँदै गरेको लु १ ज ७१६६ नंका.े महेन्द्र पिकअप गाडी कर्णाली नदीमा खस्दा गाउँपालिका उपाध्यक्ष सिन्धु हमालसहित आठ जना बेपत्ता भएको आशङ्का गरिएको छ । याक्चु प्रहरीलाई उद्धृत गर्दै सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले आज अपराह्न १ बजे गाडी दुर्घटना भएको बताउनुभयो । दुर्घटना क्षेत्रमा हेलिकप्टर खटिएको […]

देश, समाज
३ असार २०७६, मंगलवार १४:५९
639 views 0 secs 0

साइबर अपराधमा २० देखि ३० वर्षका युवा धेरै …

मुलुकमा सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै साइबर अपराधको घटनामा समेत वृद्धि भएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्विटर, भाइबर र गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको हो । महानगरीय अपराध महाशाखामा चालू आर्थिक वर्षमा साइबर अपराधसम्बन्धी एक हजार ५७० उजुरी दर्ता भएका छन् […]

देश, समाज
३ असार २०७६, मंगलवार १२:४८
546 views 0 secs 0

समता अस्पतालमा युवतीको शव फेला …

बौद्धस्थित समता अस्पतालमा आज एक युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको छ । रामेछाप जिल्ला दोरम्बा घर भएकी सोही अस्पतालमा क्लिनरको काम गर्ने २७ वर्षीया विमला तामाङ अस्पतालमै झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । मृत फेला परेपछि आफन्तले अस्पताल परिसरमा तोडफोड गरेका छन् । तोडफोडपछि आक्रोशमा आएको भीडलाई नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको छ […]

देश, समाज
३ असार २०७६, मंगलवार ११:३०
749 views 0 secs 0

बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु…

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । दुर्घटनामा परी एक घाइते भएका छन् । गैँडाकोट–१० सिस्नेमा गए राति पश्चिमतर्फ छुटेको लु१ख ८३२६ नंको बसले ना३३प ८७६३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बुलिङटार–३ का ५२ वर्षीय वीरेन्द्रनन्द सन्न्यासीको मृत्यु भएको हो । उहाँको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु […]

देश, समाज
३ असार २०७६, मंगलवार १०:५९
563 views 0 secs 0

अत्यधिक गर्मीका कारण रुपन्देहीको जनजीवन प्रभावित…

अत्यधिक गर्मीका कारण रुपन्देहीको जनजीवन प्रभावित भएको छ । विगत एक सातादेखि तापक्रम बढेपछि जनजीवन अस्तव्यस्त भएको हो । वायुमण्डलीय तापक्रममा वृद्धि भएसँगै सर्वसाधारण घरबाहिर निस्किन छाडेकाले बजारमा चहलपहल कम देखिएको छ । गर्मीका कारण अधिकांश शैक्षिक संस्था बन्द भएका छन् भने कर्र्मचारी र मजदुरसमेत प्रभावित भएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार भैरहवाको […]

देश
१ असार २०७६, आईतवार १७:२८
844 views 0 secs 0

दोहोरो करको मारमा एग्रोभेट व्यवसायी…

रुकुमपश्चिमका एग्रोभेट व्यवसायीले दोहोरो करको मारमा परेको बताइएको छ । कानूनसम्मत व्यवसाय चलाउँदा विभिन्न १० निकायमा कर तिर्नु परेको भन्दै उनीहरुल व्यवसायीको हितका लागि सहजीकरण गरिदिन स्थानीय सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घलाई अनुरोध गरेका छन् । मर्यादित, साङ्गठनिक र व्यवस्थित व्यवसायका लागि आज यहाँ आयोजना गरिएको छलफल कार्यक्रममा उनीहरुले अधिकांश व्यवसायीले फरकफरक निकायमा कर […]

देश
१ असार २०७६, आईतवार १६:०१
826 views 0 secs 0

पाकेट मार्ने ८२ पक्राउ …

नेपाल प्रहरीले सार्वजनिक सवारी साधनमा पाकेटमार तथा चोरी गर्ने ८२ व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँबाट सादा पोशाकमा खटिएको टोलीले जेठ महीनामा काठमाडौँका विभिन्न स्थानमा चल्ने सार्वजनिक सवारी साधनमा पाकेटमार तथा चोरी गर्ने ७८ पुरुष र चार महिलालाई पक्राउ गरेको हो । परिसरले आज पत्रकार सम्मेलन गरी काठमाडौँमा चल्ने बस तथा माइक्रोबसमा […]

आर्थिक, देश, समाज
१ असार २०७६, आईतवार १५:००
759 views 0 secs 0

यार्सागुम्बाको उत्पादन घट्दो…

बहुमूल्य हिमाली जडीबुटी यार्सागुम्बा सङ्कलनका क्रममा यस वर्ष डोल्पा र दार्चुलामा लेक लागेर एक दर्जन व्यक्तिको मृत्यु भइसकेको छ । हिमाली भेगका जनताको २५ प्रतिशत आयआर्जनको स्रोतका रुपमा रहेको यार्सागुम्बा संकलन गर्न स्थानीय जनता ज्यानै जोखिममा राखेर त्यसतर्फ जाने गरेका छन् । यार्सा एक प्रकारको हेपियालिडिइ परिवारको लेपिडोप्टेरा वर्गमा पर्ने लार्भा सङ्क्रमित भएर उम्रने परजीवी […]

देश
१ असार २०७६, आईतवार १४:५६
764 views 0 secs 0

लागुऔषधसहित तीन पक्राउ …

प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको बरियारपट्टीबाट तीन युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले हिजो साँझ बरियारपट्टी गाउँपालिका–३ स्थित हवल्दारचोकबाट लागुऔषधसहित सिरहाको लहान नगरपालिका–२ निवासी ३१ वर्षीय सञ्जयकुमार महतो, लहान गरपालिका–८ निवासी २१ वर्षीय राजेश राय र लहान नगरपालिका– ७ निवासी ३४ वर्षीय रबि भुजेललाई पक्राउ गरेको हो । भारतीय बजारतर्फबाट […]

देश
१ असार २०७६, आईतवार १२:४६
623 views 0 secs 0

नेपाल–भारत जोड्ने झोलुङ्गे पुल चार दिनका लागि बन्द…

दार्चुलास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुल मर्मत सम्भारका लागि भन्दै चार दिन बन्द हुनलागेको हो । नेपाल–भारत जोड्ने झोलुङ्गे पुल असार १ गतेदेखि ४ गतेसम्म बन्द गरिन लागेको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिनुभयो । भारतीय पक्षले सीमा पुलको मर्मत गर्नेबारे दार्चुला जिल्ला प्रशासनलाई पत्राचार गरेको थियो । सोही पत्राचारअनुसार चार दिन पुल बन्द गरिन […]