देश
१६ असार २०७६, सोमबार ०८:२९
497 views 0 secs 0

चिया नबिकेपछि सडकमै पोखे किसानले हरियोपत्ती …

उद्योगीले चिया खरीद नगरेपछि किसानले मेची राजमार्गमा हरियो चियापत्ती पोखेका छन् । किसानले इलाम टि प्रोड्युर्स प्रालि पञ्चकन्यामा बिक्री गर्न लगेको करीब ५०० किलोग्राम बढी हरियोपत्तीको गुणस्तर नपुगेको भन्दै फर्काएपछि विरोधस्वरुप सूर्योदय नगरपालिकाको गेटमै किसानले चिया पोखेका छन् । किसानले आइतबार साँझ नगरपालिका अगाडि, नयाँ चोक, र फिक्कल बजारमा चिया पोखेर विरोध जनाएका छन् । […]

देश
१५ असार २०७६, आईतवार २१:५७
1086 views 0 secs 0

दुर्घटनामा दुई जनाको मृत्यु …

ः पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनिघाटरोराङ गाउँपालिका–७ चरौँदी कृष्णभिरमा आज तीन वटा सवारी एकापसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको बेनिघाटरोराङ गाउँपालिका–२ का २७ वर्षीय श्यामकुमार श्रेष्ठ र वतन नखुलेकी एक २० वर्षीया महिला रहेकी छिन् । महिलाको घटनास्थलमै मृत्यु भएको हो भने श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

देश
१५ असार २०७६, आईतवार २०:५१
799 views 0 secs 0

किसानले धानको बेर्ना राख्न पाएनन्…

देशभरी आज धान दिवस मनाइरहेका बेला जिल्लाको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा भने दिवस मनाइएन् । पर्याप्त पानी नहुँदा यहाँका किसानले धानको बेर्ना समेत राख्न सकेका छैनन् । पानी नपर्दा कतिपय किसानले त दिपायलस्थित पिपल्लालगायतका क्षेत्रमा गहुँ काटी सकेपछि खेतसमेत जोत्न पाएका छैनन् । दिपायलमा पानी नपर्दा तथा सिँचाइ सुविधा नहुँदा आफुहरुले धानको बेर्ना राख्न नसकेको […]

देश
१५ असार २०७६, आईतवार १९:५३
563 views 0 secs 0

प्रहरीको गोली लागेर मृत्यु…

प्रहरीले चलाएको गोली लागेर आज यहाँ एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके जङ्गलमा प्रदर्शनकारी र प्रहरीबीच आज दिउँसो भएको झड्पमा प्रहरीले गोली चलाउँदा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । प्रहरीले चलाएको गोली लागि ईश्वरपुर नगरपालिका– १३, गौरीशङ्करका २७ वर्षीय देवन (सरोज) महतोको घटनास्थलमै मृत्यु भएको सर्लाही क्षेत्र नं– १ का […]

देश
१५ असार २०७६, आईतवार १५:२९
548 views 0 secs 0

आज धान दिवस : किसानलाई छाडा पशु लखेट्दै ठिक्क…

आज असार १५ अर्थात् धान दिवस । धान दिवस रोपाइँ गरेर मनाउने गरिन्छ । तर, बाँकेमा भने रोपाइँको सुरसार छैन । “ब्याड त राखेका छौँ”, जानकी गाउँपालिकाका किसान गङ्गाप्रसाद काँदु भन्नुहुन्छ, “सिँचाइको व्यवस्था छैन, त्यसैले पानी नपर्दासम्म रोपाइँ गर्ने अवस्था रहेन ।” असार पहिलो साता पानी परेपछि ब्याड राख्न शुरु गरेका किसानले असार १५ सम्म […]

देश
१५ असार २०७६, आईतवार १४:०४
682 views 0 secs 0

भरुवा बन्दुकसहित एक पक्राउ…

सङ्खुवासभाको पाँचखपन नगरपालिका–६ बाट भरूवा बन्दुकसहित एक पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा वाना प्रहरीले पाँचखपन–६ सङ्खुवामगरगाउँका २९ वर्षीय जगत रानामगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । रानालाई घरभित्र लुकाई ‘लोड’ गरेर राखेको भरूवा बन्दुकसहित शनिबार प्रहरीले पक्राउ गरेको हो । बन्दुकसहित पक्राउ परेका रानामगरलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी […]

देश, समाज
१५ असार २०७६, आईतवार १३:३७
546 views 0 secs 0

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु…

कास्कीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ । तनहुँसँग सीमा जोडिएको पोखरा महानगरपालिका–३३ तल्लो पुडिटारस्थित सेती नदीको किरानमा रहेको पोखरीमा पौडी खेल्ने क्रममा शनिबार साँझ डुबेर तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकका ११ वर्षीय निञ्चल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताउनुभयो । केही दिनयता कोत्रेस्थित सानीआमाको घरमा […]

देश
९ असार २०७६, सोमबार ०७:२६
858 views 0 secs 0

प्रधानमन्त्री रोजगार कार्यक्रम ः युवा वर्गमा अवसर र उत्साह…

दश वर्ष मलेसियामा काम गरी फर्कनुभएका मण्डनदेउपुर नगरपालिका–३ नयाँगाउँका सन्तबहादुर तामाङ यतिबेला गाउँमा नै काम गरिरहनुभएको छ । मलेसियामा श्रम गरेर फर्कनुभएका उहाँले भने पैसा कमाउन नसकेको र श्रममात्रै गरेर खालीहात फर्कन बाध्य हुनु भएको थियो । हाल उहाँ नगरपालिकाले तोकिएको मापदण्डअनुसारको सडकको सीमाङ्कन तथा मर्मत गर्ने काममा अवसर पाएपछि यतिबेला सोही काममा व्यस्त हुनुभएको […]

देश, समाज
८ असार २०७६, आईतवार २२:०२
839 views 0 secs 0

बलात्कारका घटना दोब्बर बढ्यो…

वीरेन्द्रनगर, ८ असार (रासस) ः पछिल्लो नौ महीनाको अवधिमा कर्णालीमा ११६ बलात्कारका घटना भएका छन् । यो गत आवको घटनाभन्दा करीब दोब्बर हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्ष ५९ यस्ता घटना भएका थिए । प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक महेशविक्रम शाहकाअनुसार महिला हिंसाका घटनामध्ये अधिकांश घटना जबर्जस्ती करणीका छन् […]

देश
८ असार २०७६, आईतवार २०:५३
938 views 0 secs 0

जीप दुर्घटनामा दुईको मृत्यु…

महाशीला गाउँपालिका–५ लुंखुदेउरालीमा आज साँझ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लुंखुदेउरालीदेखि वडा नं ३ बालाकोटतर्फ जाँदै गरेको ग १ च ७१२८ नम्बरको जीप देउराली बजार नजिकै दुर्घटना हुँदा बालाकोटका अन्दाजी ५० वर्षीय कृष्ण गुरुङ र सनाखत नभएका एक अर्का व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते चार जनामध्ये दुईलाई थप […]