देश, राजनीति, समाज
१२ मंसिर २०७४, मंगलवार १३:०८
744 views 1 sec 0

मतपत्रलाई कडा सुरक्षा

मंसिर १२, २०७४-गृह मन्त्रालयले आइतबार भएको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपत्रका लागि कडा सुरक्षा व्यवस्था गरिएको जनाएको छ । गृहका अनुसार मतदानका बेलामा जस्तै मतपत्रको सुरक्षाका लागि पनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको तीन घेरा रहनेछन् । गृह प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले सेनाका अतिरिक्त मतदानका दिन खटिएको मोबाइल टोली र तयारी […]

देश, समाज
१२ मंसिर २०७४, मंगलवार १२:४६
751 views 2 secs 0

सप्तरीमा आरडिएक्स प्रयोग गरी बनाइएको शक्तिशाली बम सेनाद्वारा निष्क्रिय

मंसिर १२, २०७४-राजविराज कुनौली सडकखण्डमा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय नजिकै राखिएको शक्तिशाली प्रेसरकुकर बम नेपाली सेनाको टोली बिहान निष्क्रिय पारेको छ। मध्यरात विप्लव समुहका कार्यकर्ताले पाँच लिटरको कुकरमा आरडिएक्स प्रयोग गरेर रिमोटबाट पड्काउन मिल्ने गरी बनाइएको बम सशस्त्रको कार्यालय नजिकैको खेतमा लुकाइराखेको अवस्थामा बरामद गरेको हो। प्रहरीले गोप्य सूचनाको आधारमा नहर चोकबाट दुईजना […]

देश, राजनीति, समाज
१२ मंसिर २०७४, मंगलवार १२:४३
638 views 1 sec 0

हेलिकप्टर चढ्नलाई हानथाप भएपछि…

मंसिर १२, २०७४-मतपेटिका ओसार्न गाउँ पुगेको हेलिकप्टर विवादपछि त्यसै फर्किएको छ । मतपेटिका बोकेको हेलिकप्टर कोरको चढ्ने भन्ने राजनीतिक दलका प्रतिनिधिबीचको विवाद चर्कंदा त्यसै फर्कनुपरेको हो । जिल्लाको दुर्गम गाउँपालिका काँडा पुगेको हेलिकप्टर चढ्न राजनीतिक दलका एजेन्ट ९प्रतिनिधि० हरूबीच हानथाप चलेको थियो । ६ जना मात्र चढ्न मिल्ने हेलिकप्टरमा सबै दलका एजेन्ट नअटाउँदा विवाद बढेको […]

देश, समाज
१२ मंसिर २०७४, मंगलवार १२:४१
553 views 1 sec 0

पिच हेर्न सीमापारि

मंसिर १२, २०७४-‘मर्निङ वाक गर्न यतातिर ?’ शिवचन्द्र चौधरीले प्रश्नभन्दा आश्चर्यजनक उत्तर दिए, ‘यता धूलो उडदैन, पिच पनि हेर्न पाइन्छ ।’ सीमावर्ती भारतीय बजार सोनबर्सामा एकाबिहानै दौडिइरहेका सर्लाही मलंगवाका चौधरीको भनाइमा वास्तविकता र व्यंग्य दुवै थियो । उनले थपे, ‘हामीकहाँ भएको पिच खाइसके । फेरि बनाउन वर्षौं झुलाइसके । भारततिर नआएर के गर्ने ? यता […]

देश, समाज
१२ मंसिर २०७४, मंगलवार १२:३७
551 views 1 sec 0

कीर्तिपुरमा सातगाउँले जात्रा सुरु

मंसिर १२, २०७४-कीर्तिपुर क्षेत्रमा आइतबारदेखि सातगाउँले जात्रा सुरु भएको छ। कीर्तिपुर दरबार क्षेत्रसँगै आसपासका मच्छेगाउँ, बोसीगाउँ, ल्होखा, सतुंगल, पाँगा र नगाउँमा जात्रा सुरु भएको हो। जात्रा मुख्य गरी अष्टमी, नवमी र दशमी गरी तीन दिन मनाइन्छ। सातगाउँले जात्रालाई नेपाल भाषामा बखुमद न्हय्गाँ (सातगाउँले) जात्रा भनिन्छ। जात्राका लागि शनिबार सप्तमीको राति सातै गाउँका गुठियारहरूले आ–आफ्नो गुठीमा […]

देश, राजनीति, समाज
१२ मंसिर २०७४, मंगलवार १२:३६
563 views 1 sec 0

यसरी रहनेछन् मतपेटिका

मंसिर १२, २०७४-पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाका मतपेटिका १२ दिनसम्म कडा सुरक्षाघेरामा राखिने भएको छ। उक्त अवधिमा राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिले पनि मतपेटिका रुंग्नुपर्ने भएको छ। मतपेटिकाको सुरक्षाका लागि मतदानपछि लगाइएका प्रत्येक सिलमा नम्बर छ। आयोगका प्रवक्ता सहसचिव नवराज ढकालका अनुसार एउटा मतपेटिकामा ५ देखि ८ सिल छन्। ‘प्रत्येक सिलको नम्बर गणनापछि मतपेटिका […]

देश, राजनीति, समाज
१२ मंसिर २०७४, मंगलवार १२:३३
604 views 1 sec 0

राेल्पा पुर्‍याइएको रुकुमको मतपेटिका फिर्ता

मंसिर १२, २०७४-रुकुमको पुथाउत्तरगंगा गाउँपालिकाका ४ मतदानस्थलका १२ मतपेटिका रोल्पा सदरमुकाम लिवाङ पुर्‍याइएको मतपेटिका आज रुकुमको रुकुमकोट लगिएको छ । मतदान अधिकृत र कर्मचारीसहित हुकाम मतदानस्थलमा जम्मा पारिएका ती मतपेटिका हेलिकप्टरबाट सदरमुकाम रुकुमकोट ल्याउने तयारी थियो, तर अँध्याराे भएर अवतरण गर्न समस्या हुने भएकाले लिवाङ पुर्‍याइएको थियाे। आज बिहान रोल्पाको उवाको २ मतदानस्थलको मतपेटिका बिहान […]

देश, राजनीति, समाज
१२ मंसिर २०७४, मंगलवार १२:१९
573 views 0 secs 0

रोल्पा र रुकुम पूर्वका सबै मतपेटिका सुरक्षित भण्डारण

प्रदेश नं. ५ अन्तरगतको रोल्पा र रुकुम पूर्वका सम्पूर्ण मतपेटिकाहरू सुरक्षित भण्डारण गरिएको छ। प्रदेश नं. ५ का प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक मधुप्रशाद पुडासैनीले सम्पूर्ण मतपेटिकाहरू सुरक्षित भण्डारण गरिएको बताएका हुन्। मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनको सबै मतपेटिकाहरू मंगलबार बिहान रोल्पाको उवा र गामबाट हेलिकप्टरमार्फत लिबाङ ल्याइएको उनले बताए। किन मतपेटीका संकलन गर्न […]

देश, राजनीति, समाज
१२ मंसिर २०७४, मंगलवार १२:१५
546 views 0 secs 0

बाजुरामा मतदान अधिकृत सम्पर्कविहीन

बाजुराको उत्तरी भेगमा रहेको पाण्डवगुफा गाउँपालिका–४ मा रहेको मालिका मावि बाङ्गपानी मतदान केन्द्रका मतदान अधिकृत प्रेमराज गिरी पोरखे लेकबाट सोमबारदेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। बाजुराका प्रहरी निरीक्षक जगदीश भट्टले दिएको जानकारीअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको मतदान प्रक्रिया सकिएपछि मतदान केन्द्रबाट सदरमुकाम मार्तडी आउने क्रममा अधिकृत गिरी बीचबाटोबाट सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन […]

देश, राजनीति, समाज
१२ मंसिर २०७४, मंगलवार १२:१३
639 views 0 secs 0

रेसुङ्गा विमानस्थल र कालीगण्डकी करिडोर मुख्य चुनावी मुद्दा

  सर्वेक्षण भएको डेढ दशकसम्म उडान सुरू नभएकोे रेसुङ्गा विमानस्थल र जिल्लाको लाइफलाइनसँग जोडिएको कालीगण्डकी करिडोर निर्माण गुल्मीका मुख्य चुनावी मुद्दा बनेको छ। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मुख्य दलले विमानस्थल र करिडोरका साथै तानसेन–रिडी–तम्घास सडक तथा रिडी–रुद्रवेणी– वामीटक्सार सडक कालोपत्र, शिक्षा, स्वास्थ्य र खानेपानी योजना तथा जिल्लालाई पर्यटकीय गन्तव्य बनाउने योजना अघि […]