काठमाडौँ – महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सार्वजनिक यातायातमा यात्रुहरुको पाकेटमारी गरेर नगद तथा गरगहना लुट्ने सात जनालाई पक्राउ गरेको छ। वृत्तबाट सादा पोशाकमा खटिएको टोलीले चक्रपथस्थित बसुन्धरा खण्डमा विगत पाँच महीनादेखि पाकेटमार तथा लुटपाट गर्ने काभ्रेका विकास श्रेष्ठ, साइला तामाङ, विवेक तामाङ, धादिङका कुमार मिजार, मकवानपुरका अञ्जन पाख्रिन, सिन्धुपाल्चोकका पूर्णबहादुर विक र सिन्धुपाल्चोककै सुकमान गदललाई […]
काठमाडौ – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली उच्च स्तरीय भ्रमणका लागि आज अमेरिका प्रस्थान गर्दैछन्। उनी अमेरिकी विदेशमन्त्री मिसेल आर पम्पियोको निमन्त्रणामा अमेरिका जान लागेका हुन्। मन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्री पम्पियोबीच मंगलबार वासिङटन डिसिमा भेटवार्ता हुनेछ। दुई देशबीच १६ वर्षपछि परराष्ट्रमन्त्री स्तरीय भेटवार्ता हुन लागेको हो। तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसको कार्यकालमा सन् २००२ जनवरीमा […]
काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किरातीले जनयुद्धका बाँकी कार्यभार पूरा गर्न सत्तापक्ष नेकपालाई फुटाउने चेतावनी दिएका छन्। आइतबार पार्टीको आठौं महाधिवेशनबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै किरातीले पूर्वमाओवादीका तर्फबाट केही व्यक्ति बाध्यतामा परेर सत्तापक्ष नेकपा बनेको बताए। जनयुद्धको कार्यभार दायित्वलाई भुलेर क्रान्तिको कार्यभार अधुरो छोडेर पुष्पकमल दाहालले क्रान्तिलाई धोका दिएको भन्दै […]
काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले शीर्ष स्थानको बार्सिलोनासँगको दुरी २ अंकमा झारेको छ। शनिबार राति घरेलु मैदानमा भएको खेलमा रियलले रायो भालेकानोमाथि १–० को संघर्षपूर्ण जित निकाल्यो। खेलको १३ औं मिनेटमा लुकास भाज्क्वेजको पासमा करिम बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाए। सोही गोल रियललाई ३ अंक दिलाउन महत्वपूर्ण बन्यो। रियलका लागि गोलकिपर […]
काठमाडौंस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालका मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिल नाम चलेका चिकित्सक हुन्। उनी नेपालका अति व्यस्त डाक्टरमा पर्छन्। व्यवस्तताका बीच पनि एक वर्षदेखि उनले एउटा यस्तो स्वास्थ्य अभियान सञ्चालन गरिरहेका छन्, जसले उनको चर्चा अझ चुलिएको छ। त्यो अभियान हो– फेसबुक लाइभ। जसमार्फत् उनले निःशुल्क स्वास्थ्य सल्लाह दिँदै आएका छन् । गत वर्षदेखि […]
कोलम्बो – श्रीलङ्काका अपदस्थ प्रधानमन्त्री रनिल विक्रमासिङ्घे प्रधानमन्त्रीमा पुनर्बहाली भएका छन्। राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राजनीतिक सङ्कट सुरु भएको ५१ दिनपछि विक्रमासिङ्घेलाई पुनर्बहाली गरेका हुन्। सिरिसेनाले गत अक्टोबर २६ का दिन विक्रमासिङ्घेलाई प्रधानमन्त्रीबाट हटाई महिन्द्रा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। विक्रमासिङ्घेलाई राष्ट्रपति सिरिसेनाले आइतबार पद तथा गोपनीयताको सपथ गराएका छन्। विक्रमासिङ्घेलाई अपदस्त गरेर प्रधानमन्त्रीमा नियुक्त गरिएका […]
काठमाडौँ – नेपाल सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रको विकास नभएसम्म समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताएका छन्। शनिबार शङ्खरापुर नगरपालिका खेलकूद विकास समितिद्वारा साँखुमा आयोजित प्रथम नगरस्तरीय फुटबल प्रतियोगिताको समापन कार्यक्रममा पुगेका मन्त्री विश्वर्कमाले समृद्ध नेपाल बनाउन खेलकूद अपरिहार्य रहेको बताए। उनका अनुसार फुटबल खेल देश तथा अन्तर्राष्ट्रियस्तरमा लोकप्रिय बन्दै गइरहेको र […]
रुकुम – जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)ले बलात्कारको आरोपमा एक युवालाई पक्राउ गरेको छ। जिल्लाको सानीभेरी गाउँपालिका–७ की १५ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले रुकुम (पूर्व)को भुमे गाउँपालिका–९ चुनवाङका २१ वर्षीय मनोज ओलीलाई पक्राउ गरी आइतबार (आज) सार्वजनिक गरेको छ। गत मंसिर २८ गते गाउँबाट साथिको जन्ती गएका ओलीले बालिकालाई कोहिन नभएको बाख्रा बाँध्ने गोठमा […]
सम्माननीय महामहिम राष्ट्रपतिज्यू! पूर्वराष्ट्रपति रामवरण यादवलाई तीन वर्षअघि ‘डेरा हैन आफ्नै घर सर्नूस्’ भनेर स्फूर्त हृदयले खुलापत्र लेखेको थिएँ। उक्त लेखको पक्ष, विपक्षमा धेरै मानिस उभिए। लेखको अभिप्राय बहस, विमति सिर्जना गर्नु थिएन। गणतन्त्रका आभूषण मानिएका संस्थाहरूलाई सच्याउनु थियो। अहिले फेरि वर्तमान राष्ट्रपतिज्यूलाई खुलापत्र लेख्न अभिशप्त छु। सामाजिक सञ्जाल रङ्गिएको छ: राष्ट्रपति भवन शीतल निवासबाट […]
बीबीसी। पाकिस्तानबाट प्रकाशित हुने उर्दू अखबारहरुले यो हप्ता धार्मिक स्वतन्त्रताका विषयमा अमेरिकाले पाकिस्तानलाई कालो सूचिमा राखेको, इमरान खान आफ्ना मन्त्रीहरुप्रति असन्तुष्ट बनेको र पाकिस्तान र तालिबानबीच वार्ता भएको लगायतका विषयलाई प्राथमिकताकासाथ स्थान दिएका छन्। उर्दू पत्रिका एक्सप्रेसका अनुसार अमेरिकाले पाकिस्तानमाथि धार्मिक स्वतन्त्रता नभएको आरोप लगाएको छ। अमेरिकाले पाकिस्तानलाई ती मुलुकहरुसँगै कालोसूचिमा राखेको छ, जसमा अमेरिकाका […]