प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले देशलाई अविकास, पछौटेपन र गरीबीको दुष्चक्रबाट उन्मुक्त बनाउँदै स्वाधीन, समुन्नत र समृद्ध देशको रूपमा स्थापित गर्न अबको पुस्ताले श्रम र पसिना बगाउनुपर्ने बताउनुभएको छ । गणतन्त्र दिवसको उपलक्ष्यमा आज आयोजित विशेष कार्यक्रममा मुख्यमन्त्री पौडेलले विगतमा जस्तो रगत बगाउनुपर्ने अवस्था अबको पुस्ताको नरहेको बताउनुभयो । उहाँले २००७ सालमा राणा […]
प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले प्रदेश नं २ लाई जितका लागि ९४ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा कर्णाली प्रदेश ३० दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ९३ रनमा समेटियो । कर्णालीका लागि प्रकाश जैसीले सर्वाधिक ३७ रनको योगदान दिँदा रवीन्द्र शाहीले १४ रन जोडे । त्यसबाहेक अन्य […]
सल्यानमा सात महीनाकी छोरीको हत्या गरेको आरोपमा आमालाई प्रहरीले पक्राउ गरेको छ । छत्रेश्वरी–६ रानागाउँकी २८ वर्षीया सपना भण्डारीलाई इलाका प्रहरी कार्यालय लुहामले मङ्गलबार बेलुका पक्राउ गरेको हो । सात महीनाकी छोरी जानकी भण्डारीलाई कुटपिट गरी हत्या गरेको परिवारले किटानी जाहेरी दिएपछि आमालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बालिकाको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल […]
मधुवन नगरपालिका–५ गाउँ नं ११ बाट तीन महिला बेपत्ता भएका छन् । गत बुधबार बिहान ५ बजेदेखि उनीहरु बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा मधुवन नगरपालिका–५ की १७ वर्षीया विनिता सापकोटा, १९ वर्षीया सुनिता ओली र १५ वर्षीया टीका नेपाली रहेका छन् । उनीहरुमध्ये विनिता र सुनिता विवाहित हुन् भने टीका अविवाहित हुन् । अघिल्लो […]
विगत डेढ दशकमा बाघ र अर्नाको सङ्ख्यामा लगभग दोब्बरले वृद्धि भई बाघको सङ्ख्या हाल २३५ र अर्नाको सङ्ख्या ४४२ पुगेको छ । आर्थिक वर्ष २०७५÷७६ को आठ महीनाको आर्थिक सर्वेक्षणअनुसार सन् २००० मा ६१२ गैँडा रहेकामा सन् २०१४ मा ६४५ पुगेको छ । सन् २०१२ मा २८५ कृष्णसार रहेकामा सन १०१३ मा ३०० पुगेको भए […]
अपाङ्गता भएकाहरुले आफूहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने खालका योजना ल्याउन स्थानीय तहसँग माग गर्न थालेका छन् । कैलालीको जोशीपुरमा जनप्रतिनिधिसँंग गरिएको छलफलमा अपाङ्गता भएकाहरुले आफूहरुलाई उत्प्रेरित गर्ने खालका सीप तथा तालीम प्रदान गर्न बजेटको व्यवस्था गरिदिन माग गरेका हुन् । अपाङ्गता भएकाहरुका अगुवा नन्दराज भट्टले स्थानीय तह, प्रदेश र सङ्घले अपाङ्गता भएकाहरुलाई जीविकोपार्जनमा सघाउन मद्दत […]
नेत्र विक्रम चन्द समुहले आज आह्वान गरेको नेपाल बन्दका कारण मकवानपुरको जनजीवन प्रभावित बनेको छ । मकवानपुरका दुई स्थानमा ट्रकमा आगजनी भएको छ भने हेटौँडाको बुद्धचोकमै बम फेला परेको छ । मकवानपुरका प्रहरी प्रवक्ता यज्ञप्रसाद भट्टराईका अनुसार बुद्धचोकमा फेला परेको बम नेपाली सेनाले निस्क्रिय गरिसकेको छ । आज यहाँ बिहान करीब १ बजे मिनिट्रकमा आगजनी […]
नेत्र विक्रम चन्द समूहका कार्यकर्ताले आज बिहान ३ बजे एक ट्रकमा पेट्रोल बम प्रहार गरी आगजनी गरेका छन् । नवलपरासीको मध्यबिन्दु नगरपालिका–११, स्थित राजमार्गमा सिमेन्ट बोकेर नारायणगढतर्फ जाँदै गरेको लु २ ख १०८ नम्बरको ट्रकमा सो समूहले पेट्रोल बम प्रहार गरी आगजनी गरेका हुन् । पेट्रोल बम प्रहार गर्दा ट्रक अनियन्त्रित भई सडकबाट पाँच मिटर […]
नेत्रविक्रम चन्द ‘विप्लव’ समुहले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् । गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बसलाई विप्लवका कार्यकर्ताले आज बिहान गोचेखोलामा आगजनी गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल छर्केर आगजनी गरेका थिए । आगजनीबाट बस पूर्णरुपमा […]