पोखरामा हिजो साँझ पानीको ट्याङ्कीमा डुबेर एक बालकको ज्यान गएको छ । स्याङ्जा घर भई हाल पोखरा महानगरपालिका–७ मासबारस्थित मामा राजेन्द्र पौडेलको घरमा बस्दै आएका चार वर्षीय बालक श्रीकृष्ण कोइरालाको साँझ ७ः३० बजे मामाघरसँगैको निर्माणाधीन घरको पानी ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिनुभयो । साथीसँग खेल्ने क्रममा […]
सिरहाको धनगढीमाई नगरपालिका–६ का युवकको अपहरण गरी हत्या गरेको आरोपमा सिरहा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नगरपालिका–६ स्थित कसहा र वसन्तपुरचोकबाट स्थानीय १७ वर्षीय सुभाषकुमार यादवको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले सिरहाकै औरही गाउँपालिका–२ निवासी २१ वर्षीय गङ्गाराम मण्डल खत्बेलाई पक्राउ गरेको हो । यादवलाई गत २०७५ फागुन ९ गते अपहरण गरी […]
सर्लाहीको हरिपुर नगरपालिकामा गए राति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको छ भने चार घाइते भएका छन् । हरिपुर नगरपालिका–७ चिताइस्थित भित्री सडकखण्डमा ना२५प ६९२२ नंको मोटरसाइकल र ज२प ७८८६ नंको मोटरसाइकल एकापसमा गए राति करीब १०ः३० बजेको समयमा ठोक्किँदा ईश्वरपुर नगरपालिका–१५ का ३० वर्षीय अनिल चौधरी र ईश्वरपुर नगरपालिका–१४ का ३५ वर्षीय अशोक […]
रुपन्देहीको सैनामैना नगरपालिका–२ स्थित उचाडिहवामा रहेको थारू घरवास छिट्टै सञ्चालन हुने भएको छ । घरवासमा आगामी असार मसान्तसम्ममा वातानुकुलित सात आवास कक्ष निर्माण भएपछि पाहुनाको आवताजावत बढ्ने घरवासका अध्यक्ष खुशीराम चौधरीले जानकारी दिनुभयो । विसं २०७१ देखि काम शुरु भएको घरवासमा तत्कालीन पर्यटन कार्यालयबाट रु १४ लाख, संसद् विकास कोषबाट रु २० लाख र सैनामैना […]
यहि जेठ २४ गते च्याउ खाएर बिरामी भएका मध्ये दुई जनाको मृत्यु भएको थियो भने अन्य सात जनाको शिक्षण अस्पताल काठमाडौँमा उपचार भइरहेको प्रहरीले जनाएको छ । च्याउ खाएर ३६ वर्षीया चनकुमारी खाम्चा, १५ वर्षीया विमला खाम्चा, ८० वर्षका प्रेमसिं ठकुरी, ३० वर्षका दानमाया सिं ठकुरी, सात वर्षका सुमन सि,ं धनकुमारी सिं, निसासिं ठकुरीको आइसियु […]
जिल्लाका अलैँची कृषकले अलैँची दाना बिक्रीबाट रु पाँच करोडभन्दा बढी आम्दानी गरेका छन् । लमजुङमा उत्पादित ७५० क्विन्टल अलैँची दाना बिक्रीबाट कृषकले रु पाँच करोड २५ लाख आम्दानी गरेका हुन् । गत वर्ष उत्पादित ६०० क्विन्टल अलैँची दाना बिक्रीबाट रु चार करोड ४८ लाख आम्दानी भएको थियो । गत वर्ष प्रतिकिलो रु ६०० देखि ८०० […]
बारेकोट गाउँपालिका–४ मैनाका पुष्पा बस्नेतले पढाइ खर्च जटाउन गिट्टी कुट्न बाध्य भएका छन् । गरीबी तथा विपन्नताका कारण अभिभावकले पढाइ खर्च जुटाउन नसक्दा पुष्पा आफैँले गिट्टी कुटेर पढाइ खर्च जुटाउँदै आएकी छिन् । उनले भनिन्, “रहरले गिट्टी कुट्ने गरेकी होइन, यो हाम्रो बाध्यता हो, पढाइ खर्च जुटाउनका लागि बाध्य भएर गिट्टी कुट्ने गरेकी हो ।” […]
गएरातिदेखि अवरुद्ध भएको डोल्पाको टेलिफोन सेवा सञ्चालन नहुँदा जिल्लाको सञ्चार सेवा बिच्छेद भएको छ । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–२ लइटी डाँडामा रहेको रिपिटर टावरमा खराबी आएपछि गएरातिदेखि डोल्पाको सदरमुकाम दुनै र अन्य ठाउँको टेलिफोन सेवा अवरुद्ध भएको हो । यही टावरबाट डोल्पाका विभिन्न ठाउँमा रहेका टावरमा सञ्चार प्रवाह हुँदै आएको थियो । सदरमुकाम दुनैबाट बिहानै प्राविधिकको […]
दाङको तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ देखि फूलको मालालाई प्रोत्साहन गर्ने भएको छ । पछिल्लो समय खादाको प्रयोग बढिरहेको भन्दै उपमहानगरपालिकाले खादाको सट्टा स्थानीय स्तरमा पाइने फुलको माला र ढाकाको उत्पादनलाई प्रयोगमा ल्याउने नीति अघि सारेको छ । उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेका अनुसार प्लाष्टिकजन्य सामग्री निशेध गरी दुनाटपरीलाई प्राथमिकता दिने समेत नीति अघि सारेको छ […]
चट्याङबाट सुरक्षित रहनका लागि केपिलासगढी गाउँपालिकाको बाक्सिलाबजारमा चट्याङप्रतिरोधी उपकरण जडान गरिएको छ । गाउँपालिकाको रु दुई लाख र स्वीस सरकारद्वारा सञ्चालित सवल परियोजनाको रु दुई लाख ५३ हजार ५०० को सहयोगमा उपकरण खरीद गरेर जडान गरिएको हो । गाउँपालिकामा जडान गरिएको चट्याङप्रतिरोधी उपकरणले ८०० मिटर टाढा खसेको चट्याङलाई आफूतर्फ तानेर जमीनभित्र निस्क्रिय(डिसपोज) गर्ने गाउँपालिका प्रमुख […]