हेटौँडा, ३० जेठ (रासस) ः मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ सामरी पुल नजिकै गए राति भएको सवारी दुर्घटनामा घाइते हुनुभएका सैनिकको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ ।दुर्घटनामा परी मृत्यु हुनेमा नेपाली सेनाका लेस नायक विवेश तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा ७ च ३८४८ नम्बरको […]
जाजरकोट, ३० जेठ (रासस) ः बढ्दो बालविवाह न्यूनीकरणका लागि सामाजिक सङ्घ संस्थालेसमेत साथ दिन थालेका छन् । ती सङ्घसंस्थाले स्थानीय तहसँग मिलेर बालविवाह विरुद्धको अभियानमा लाग्ने प्रतिबद्धता गरेका हुन् ।जिल्ला सदरमुकाममा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावल, जिल्ला प्रहरी कार्यालय, गैसस, पत्रकार, नागरिक अगुवासमेतले एकैसाथ बालविवाह न्यूनीकरणका लागि साझा पत्रमा हस्ताक्षर गर्दै सो […]
प्रदेश नं ३ सरकारले आर्थिक वर्ष (२०७६÷०७७) बजेट असार १ गते प्रदेशसभाको बैठकमा प्रस्तुत गर्ने भएको छ । प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलको निजी सचिवालयले सो कुरा जनाएको हो । सरकारले भौतिक पूर्वाधारसहित राष्ट्रिय गौरवको आयोजना, गरीबी निवारण गर्ने आयमूलक कार्यक्रम, पर्यटन क्षेत्रको विकास, जैविक विविधता, वातावरण सुधार तथा हेटौँडा […]
कैलालीको जानकी गाउँपालिका–८ अपाङ्गता भएका व्यक्तिलाई बाख्रा तथा बङ्गुर वितरण गरिएको छ । चालू आर्थिक वर्षमा सामाजिक विकास कार्यक्रमअन्तर्गत अपाङ्गता भएका व्यक्तिका लागि विनियोजित रकमबाट उनीहरुलाई बाख्रा र बङ्गुर वितरण गरिएको हो । अपाङ्गता भएका मानिसलाई व्यवसायतर्फ आकर्षित गर्न बाख्रा र बङ्गुर वितरण गरिएको वडा नं ८ का वडाध्यक्ष डम्बरबहादुर थारूले बताउनुभयो । “अपाङ्गता भएका […]
खलङगा, ३० जेठ (रासस) ः नेत्रविक्रम चन्द समूहका एक नेता जुम्लामा पक्राउ परेका छन् । उक्त समूहका जिल्ला इञ्चार्ज चन्द्रवीर तिरुवा (रवि किरण)लाई प्रहरीले पक्राउ गरेको हो । बुधबार राति १ बजे सिँजा गाउँपालिका–२ चुलेलगाउँस्थित आफ्नै घरमा सुतिरहेका बेला उनलाई छापा मारेर पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिताराम रिजालले जानकारी दिनुभयो । […]
दाङको एउटै वडामा १३८ जना बालबालिका कुपोषित भएको भेटिएका छन् । तुलसीपुर उपमहानगरपालिका–११ का १३८ बालबालिकामा कुपोषणको समस्या देखिएको हो । तीमध्ये ४७ जना बालबालिका मात्र सम्पर्कमा आएको र अन्य बालबालिकाहरु सम्पर्कमा नआएको स्वास्थ्य चौकी टरिगाउँका फोकल पर्सन रेणु केसीले जानकारी दिनुभयो । “हाम्रो वडा नं ११ मा १३८ जना बालबालिकामा कुपोषण देखिएको छ”, उहाँले […]
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का किसानले लगाएको केरा खेतीमा हावाहुरीले व्यापक क्षति पु¥याएको छ । गत बिहीबार राति आएको हावाहुरीले घरी लाग्नै थालेको र लागेको केराका बोटहरु ढालेपछि किसानले निकै क्षति व्यहोरेका हुन् । कालागौंडी, तिलकी र दमलपट्टिका १५ जनाभन्दा बढी किसानले १० बिघा जग्गामा लगाइएको केरामा हावाहुरीले ९० प्रतिशत क्षति गरेको किसान मङ्गल चौधरीले बताउनुभयो […]
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डोटीका जिल्ला कमिटी सदस्यको आज शपथग्रहण सम्पन्न भएको छ । पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी इञ्चार्ज भीम रावलले १३५ जिल्ला कमिटी सदस्यलाई शपथग्रहण गराउनुभएको हो । शपथग्रहण गर्नेमा पूर्वएमालेबाट ८१ तथा पूर्वमाओवादी केन्द्रबाट ५४ जिल्ला कमिटी सदस्य छन् । उहाँहरुले पद तथा गोपनीयताको शपथग्रहण गर्दै आगामी दिनमा पार्टीका नियमित क्रियाकलापमा […]
सिन्धुलीमा स्कूल बसको झ्यालबाट टाउको निकाल्दा एक बालकको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका–५ मुलकोट भोटेखोलाको पुलस्थित विपी राजमार्ग सडकखण्डमा बुधबार रातामाटाबाट मुल्कोटतर्फ जाँदै गरेको स्कूल बसको झ्यालबाट टाउको निकाल्दा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मृत्यु हुनेमा प्रगतिशील माध्यमिक विद्यालय रातामाटामा कक्षा ९ मा अध्ययनरत रामेछाप खाडादेवी गाउँपालिका–३ का १४ […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनीयर विकास श्रेष्ठलाई घुससहित आज बिहान रङ्गेहात पक्राउ गरेको छ । आयोग इटहरीबाट प्रहरी नायब उपरीक्षक श्याम सारुख मगरको नेतृत्वमा खटिएको टोलीले झोलुङ्गेपुल निर्माण सम्पन्न भइसकेको पुलको बिल भुक्तानी गर्ने विषयमा रु एक लाख घुस लिएको आरोपमा उनलाई पक्राउ गरिएको आयोगका प्रमुख महेश आचार्यले जानकारी दिनुभयो । […]