Home > Articles posted by NewsDesk (Page 264)
FEATURE
on १ असार २०७६, आईतवार १६:३६
906 views 1 sec

अघिकांश उत्पादनमा आयातमा निर्भर रहँदै आएको मुलुकको ग्रामीण क्षेत्रको वास्तविकतालाई चुनौती दिँदै यहाँको एउटा गाउँले बाख्रापालनबाट मात्रै वार्षिक रु ७० लाख भित्र्याउने गरेको छ । पोखरा महानगरपालिकामा रहेर पनि विकट रहेको मौजामा व्यावसायिक रुपमा शुरु बाख्रापालनबाट किसानले प्रत्येक वर्ष पोखरा बजार र आसपासमा खसी, बोका माहु बाख्रा बिक्री गरेर गाउँमा उक्त रकम भित्रिएका हुन् । […]

FEATURE
on १ असार २०७६, आईतवार १६:०१
791 views 0 secs

नेपाल प्रहरीले सार्वजनिक सवारी साधनमा पाकेटमार तथा चोरी गर्ने ८२ व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँबाट सादा पोशाकमा खटिएको टोलीले जेठ महीनामा काठमाडौँका विभिन्न स्थानमा चल्ने सार्वजनिक सवारी साधनमा पाकेटमार तथा चोरी गर्ने ७८ पुरुष र चार महिलालाई पक्राउ गरेको हो । परिसरले आज पत्रकार सम्मेलन गरी काठमाडौँमा चल्ने बस तथा माइक्रोबसमा […]

FEATURE
on १ असार २०७६, आईतवार १५:१३
529 views 0 secs

दाङको घोराही–१ चित्रटारीमा आगलाआगलागीबाट लाखौँको क्षति हुँदा लाखौँको क्षति भएको छ । गए राति १ बजेको समयमा वासुदेव घर्तीको घर र गोठमा आगलागी हुँदा घरगोठ पूर्णरूपमा जली नष्ट भएको र आगलागीबाट रु १४ लाख ४४ हजार बराबरको धनमालको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । त्यस्तै दाङको बबई गाउँपालिका–३ हंसपुरस्थित सावित्रा नेपालीको […]

FEATURE
on १ असार २०७६, आईतवार १५:००
721 views 0 secs

बहुमूल्य हिमाली जडीबुटी यार्सागुम्बा सङ्कलनका क्रममा यस वर्ष डोल्पा र दार्चुलामा लेक लागेर एक दर्जन व्यक्तिको मृत्यु भइसकेको छ । हिमाली भेगका जनताको २५ प्रतिशत आयआर्जनको स्रोतका रुपमा रहेको यार्सागुम्बा संकलन गर्न स्थानीय जनता ज्यानै जोखिममा राखेर त्यसतर्फ जाने गरेका छन् । यार्सा एक प्रकारको हेपियालिडिइ परिवारको लेपिडोप्टेरा वर्गमा पर्ने लार्भा सङ्क्रमित भएर उम्रने परजीवी […]

FEATURE
on १ असार २०७६, आईतवार १४:५६
728 views 0 secs

प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको बरियारपट्टीबाट तीन युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले हिजो साँझ बरियारपट्टी गाउँपालिका–३ स्थित हवल्दारचोकबाट लागुऔषधसहित सिरहाको लहान नगरपालिका–२ निवासी ३१ वर्षीय सञ्जयकुमार महतो, लहान गरपालिका–८ निवासी २१ वर्षीय राजेश राय र लहान नगरपालिका– ७ निवासी ३४ वर्षीय रबि भुजेललाई पक्राउ गरेको हो । भारतीय बजारतर्फबाट […]

FEATURE
on १ असार २०७६, आईतवार १३:१७
479 views 0 secs

जिल्लाको जिल्ला दिपायल सिलगढी नगरपालिकाले आफ्नो नगरपालिकालाई बालश्रममुक्त बनाउनका लागि घरदैलो अभियान सञ्चालन गरेको छ । आफनो नगर क्षेत्रभित्रमा बालश्रमिक राख्नेलाई कडा कारवाही गर्ने अभियान चलाएको नगरपालिकाले पछिल्लो समय घरघरमा गएर बालश्रम नराख्न पोष्टर, पम्पलेट टाँस गर्न थालेको छ । नगरपालिकाभित्रका विभिन्न निजी घर, पसल तथा होटलमा बालश्रमिक राखिएको भन्दै यहाँको नगरपालिकाले बालश्रमिकलाई हटाउन थालेको […]

FEATURE
on १ असार २०७६, आईतवार १२:४६
588 views 0 secs

दार्चुलास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुल मर्मत सम्भारका लागि भन्दै चार दिन बन्द हुनलागेको हो । नेपाल–भारत जोड्ने झोलुङ्गे पुल असार १ गतेदेखि ४ गतेसम्म बन्द गरिन लागेको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिनुभयो । भारतीय पक्षले सीमा पुलको मर्मत गर्नेबारे दार्चुला जिल्ला प्रशासनलाई पत्राचार गरेको थियो । सोही पत्राचारअनुसार चार दिन पुल बन्द गरिन […]

FEATURE
on १ असार २०७६, आईतवार १२:१२
633 views 0 secs

डडेल्धुराको आलिताल गाउँपालिका–८ कुर्जेनिमा गए राति ट्र्याक्टर दुर्घटना हुँदा शिक्षकको मृत्यु भएको छ । समैजी आधारभूत विद्यालय आलितालमा कार्यरत ४० वर्षीय शिक्षक श्याम कलौनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । आलिताल गोदामबजारबाट कुर्जेनीगाउँ बालुवा लोड से२त २८५० नंको ट्र्याक्टर दुर्घटना हँुदा आलिताल गाउँपालिका–८ का पदम राना सामान्य घाइते छन् भने चालक धनजीत […]

FEATURE
on १ असार २०७६, आईतवार ११:३४
1469 views 0 secs

शनिबार साँझ घाँस काट्ने क्रममा भिरबाट लडेर १७ वर्षीया किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुराको खप्तड छेडेहद गाउँपालिका–६ की सीताकुमारी पाध्याय रहेकी छन् । गाईगोरुको लागि गाउँ नजिकै रहेको चुल्ली भिरमा घाँस काट्न गएको बेला चिप्लेर भिरबाट लड्दा उनको घटनास्थमै मृत्यु भएको उनका दाजु दिल्ली पाध्यायले जानकारी दिनुभयो । उनी वडिमालिका नगरपालिका–१ पिनालेखमा […]

FEATURE
on ३२ जेष्ठ २०७६, शनिबार १५:१९
543 views 0 secs

लोकसेवा तयारी विद्यार्थी सङ्घर्ष समितिले लोकसेवा आयोगले हालै खुल्ला गरेको विज्ञापन प्रक्रिया अघि बढाउन माग गरेको छ ।स्थानीय निकायमा कर्मचारी भर्नाका लागि प्रकाशित विज्ञापन रोकिए लाखौँ युवा डिप्रेशनको शिकार हुने सो समितिले जनाएको हो । उक्त सङ्घर्ष समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ८७ हजार विद्यार्थीको भविष्यमाथि खेलवाड भए सरकारविरुद्ध कडा आन्दोलन गरिने चेतावनी दिइयो […]