काठमाडौं । नेपालीलाई कानुन विपरीत जुवा खेलाउने सोल्टी होटल परिसरमा रहेको माजोङ क्यासिनोलाई प्रहरीले उन्मुक्ति दिएको छ ।
माजोङ क्यासिनोबाट प्रहरीले २३ जना पक्राउ गरेको थियो । पक्राउ पर्ने २३ मध्ये १९ नेपाली नागरिक थिए । जुवा खेल्ने नेपालीविरुद्धमात्र मुद्दा चलाएको छ । यदि नियमावली विपरीत त्यसरी नेपाली प्रवेश वा जुवा खेलेको पाइएमा नियमावलीको दफा १४ को २ मा इजाजतपत्र रद्द हुने उल्लेख छ ।
काठमाडौं प्रहरी परिसरका एसएसपी रविन्द्रसिंह धानुकले क्यासिनो ‘माजोङ’सँग सुरुमा एक करोड रुपैयाँबाट मोलतोल गरी अन्तिममा २० लाख घुस खाएर दुई नेपालीलाई मात्र मुद्दा चलाएका छन् । उनले ती दुई नेपालीलाई जुवा ऐन अनुसार मुद्दा नचलाई सार्वजनिक अपराधमा मुद्दा चलाएका छन् ।