बिहानै पत्रिका किनेर फर्किदै थिए। सडकपेटीमा एकजना चेली सुतिरहेको देखे। अन्दाजी १७ बर्षको हुनुपर्छ। केही विपत पर्यो कि भनेर मैले उठाउन खोजे, टाउको छुन खोजे।
तर उनलाई साथ र साहारा दिएर बसिरहेको थियो एउटा कुकुर। जब म ति चेलीको टाउको छुन खोज्थे, नजिक पर्थे कुकुरले मलाई लखेट्थ्यो, झम्टिन्थ्यो। मेरो अनुमानमा हिजो साँझ देखी नै कुकुर यि चेलीको रक्षार्थ बसेको हुनुपर्छ। किनकी कुकुर थकित देखिन्थ्यो। बडा भावुक भएर रुन मन लाग्यो मलाई, अनि रोए पनि। पत्रिकाले आँशु पुछ्दै पुछ्दै कोठामा आए। आज पशु भनिएकाहरुले चेलीहरुको रक्षा गरिरहेछन्, मानिस किन पापी भएका होलान्…
Dil Nisani Magar को फेसबुक बाट साभार :