काठमाडौं— नेपाली संगित क्षेत्रका चर्चित गायक हेमन्त राणाको नयां आधुनिक गीत ‘साइली’ बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । कालिप्रसाद बाँस्कोटको संगित रहेको “सुन साइली साइली परदेशबाट म आउंला, सुन साइली चालिस कटेसी रमाउला” बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
सो गीतमा कालिप्रसाद बाँस्कोटा र हिमाल साउदको शब्द रचना रहेको ।विदेशी भूमीमा रगतको पसिना बगाउँदै श्रम गरी आफ्नो मातृभूमीलाई माया गर्नेलाखौं लाख नेपाली मनहरु प्रती समर्पित उक्त गीत जीएच इन्टरटेनमेन्टले बजारमा ल्याएको हो ।
सो म्यूजिक भिडियोको निर्देशन स्वयम् गायक हेमन्त राणाले नै गरेका छन् । उज्जवल जोशीले छायाङकन गरेको भिडियोमा पहरी/ मेनुका प्रधानकोे अभिनय रहेको छ ।