कोरिया सम्बादाता इश्वरि घिमिरे:
४ बर्ष ६ महिना एउटै कम्पनी मा कार्यरत गुल्मी पिपलधारा का राजु खनाल को गत आइतबार जलेको अबस्था मा लास भिटेयो भन्ने खबर ले अत्यन्त मर्माहत बनाएको ले बास्तबिकता बुझ्न न को लागि घटना स्थलमा आज हामी केही ब्याक्ती पुगेका थियौ । ३ जना कामदार ( २ नेपाली १ म्यान्मार) रहेको उक्त कम्पनिमा सबै तिर बुझ्दा सनिबार को रात उनी रातै भरी नसुतेको र बिहान ६:३० बजे सम्म कम्पनी को ओरपर गरिरहेको सि सि टिभी को फुटेज मा देखियको र ६:४० मा एक्कासि आगोको मुस्लो देखेपछी पुलिसलाइ खबर गरि जलिरहेको शरीर को आगो निभाइएको कुरा त्यस कम्पनी साहु जि अनि म्यान्मार का साथीले बताउनुका भएको थियो। अर्का नेपाली साथी जीवन खड्का भने शुक्रबार नै साथिको मा जानू भएको ले घटना बारे अनबीज्ञ रहेको बताउनु भएको थियो र साथिहरु सङ्ग खासै खुलेर नबोल्ने बानि पनि सहकर्मी जीवन खड्का बताउनु हुन्छ।
घटना को प्रकृति हेर्दा र सबै सङ्ग बुझ्दा जाडोमा कोठा तताउन प्रयोग गरिने हिटर को मट्टितेल निकाली आफै जिउ मा छर्केर आगो लगाएको बुजियको छ। यद्यपि कोरियामा हुने विभिन्न कार्यक्रम मा अतिथि ग्रहण गर्न ,खादा ओडन र ब्याज लगाउन तछाड मछाड गर्ने संघ सस्था लगायत दूतावास भने अहिले सम्म उक्त घटना लाई बुझ्न नगयको र दुतवास को अनुपस्थितिमा अरुले मृत शरीर तथा सि सि टिभी का फुटेज हेर्न समेत नपाईने कुरा प्रहरी प्रशासन ले बताए पछि हामी फर्कन बाध्य भयौ । यस्तो गम्भीर बिषय मा दूतावास को विशेष ध्यानजाओस र छिटो भन्दा छिटो काम कामकारबाही अघि बढाइयोस।