स्पोर्टकारका सौखिन एक युवकले आफ्नो गाडीमा जे लेखेका थिए संयोगले उनको मृत्यु पनि त्यसैगरी भएको छ । आइतबार ती युवकसँगै उनका एक साथीको पनि ज्यान गएको छ । भारतको पुने जालनाका ती युवकको कार एक ट्रकसँग ठोक्किँदा उनीसँगै उनका साथीको पनि ज्यान गएको हो ।
दुर्घटना हुँदा पनि ती युवक नयाँ स्पोर्ट मार किन्न नै जाँदै थिए । यही क्रममा उनको निकै तीब्र गतिको कारण डिभाइडर भत्काउँदै टङकमुनि पुगेको हो । उनीहरुसँगै रहेका तेस्रो साथी गम्भीर रुपमा घाइते भएका छन् । ती युवकको कारको चर्चा पूरै शहरभरी थियो । जालनाका बबी राउत हलिउड फिल्म फस्ट एण्ड फ्युरियसका फ्यान थिए । उनका रोलमोडल पल वाकर थिए ।
एक से एक स्पोर्टकारका सौखिन बबीले आफ्नो जीवनमा तीब्र गतिलाई नै सबथोक मानेका थिए । यही कारण साथीहरुले पनि उनलाई ‘स्पिड’ नामले बोलाउँथे । बबीले कारको पछाडि लेखाएका थिए ‘इफ वन डे द स्पिड किल्स मी, डोन्ट क्राइ बिकज आइ वाज स्माइलिङ’ (यदि एक दिन स्पिडले मलाई मार्यो भने नरुनु किनकि म मुस्कुराइरहेको थिएँ) । आइतबार यही भयो, उनको कुरा सत्य साबित भयो ।
बबी आइतबार राति आफ्ना साथी गोविन्द दायमा र निखिल सेठीसँग कारमा औरंगाबाद जाँदै थिए । दुर्घटनामा कार पूरै चकनाचुर भएको छ । घटनाबारे जानकारी पाउनासाथ घटनास्थल पुगेको प्रहरीले तीनै जनालाई निकाले अस्पताल पठाएकोमा बबी र गोविन्दको मृत्यु भयो । निखिल गम्भीर घाइते छन् ।