मंसिर २५, २०७४-राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनसँग पराजित कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पत्रकारसँग प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।
चुनावी विजयसभाका लागि गृहजिल्ला आउँदै गरेका एमाले अध्यक्ष केपी शर्मा ओली पनि सोही समयमा फर्किए पनि दुई नेताबीच भेट भएन । ओली आएको यति एयरलाइन्सबाटै सिटौला फर्किए ।
एमाले, माओवादी केन्द्रसमेतको समर्थन पाएका राप्रपा महामन्त्री लिङदेनले १३ हजार ४ सय ५८ मतान्तरमा सिटौलालाई हराएका थिए ।