काठमाडाैं – पाकिस्तान काठमाडौंमा जारी साफ यु–१५ फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। शनिवार सम्पन्न दोश्रो खेलमा भुटानलाई ४–० गोलले पराजित गर्दै पाकिस्तान सेमिफाइनल प्रवेश गरेको हो। पहिलो खेलमा पाकिस्तानले भारतलाई २–१ गोलले पराजित गरेको थियो। पाकिस्तानको जितमा मुदाससारले २० औं, इफ्तिखार अहमदले २३ औं, मोइन अहमदले २९ औं र ४२ औं मिनेटमा गोल गरे। शनिबार नै हुने दोश्रो खेलमा बंगलादेश र माल्दिभ्सबीच प्रतिष्पर्धा हुनेछ।
न्युजिल्याण्डमाथि बंगलादेशको आठ विकेटले जित…
न्युजिल्याण्डसँगको पहिलो टेष्ट क्रिकेट बंगलादेशले आठ विकेटले जितेको छ । न्युजिल्याण्डले दिएको ४० रनको सामान्य लक्ष्य बंगलादेशले २ विकेट गुमाएर...