काठमाडाैं – भारतीय चर्चीत टेनिस खेलाडी सानिया मिर्जा र उनका श्रीमान पाकिस्तानी क्रिकेट खेलाडी सोयब मलिकको पहिलो सन्तानको रुपमा छोरा जन्मिएको छ। मिर्जा र मलिकले आफ्नो छोराको नाम इजान मिर्जा मलिक राखेका छन्। उनीहरुले आफ्नो सन्तानलाई भगवानको उपहार मानेका छन्। मंगलबार मलिकले ट्विट गर्दै आफु पिता बनेको र सानिया स्वस्थ रहेको जानकारी दिएका छन्। साथै उनले आफुहरुलाई शुभकामना व्यक्त गर्ने सबैलाई धन्यवाद समेत व्यक्त गरेका छन्।
सानिया र मलिक सन् २०१० को अप्रिलमा बैवाहिक सम्बन्धमा बाधिएका थिए। गर्भवती भएका कारण खेलबाट टाढा रहेकी सानियाले सन् २०२० को टोकियो ओलम्पिक मार्फत खेलमा फर्कने बताएकी छन्।
सानिया_मिर्जा
सोयब_मलिक