धनगढी(कैलाली),९मंसिर । प्रधानमन्त्री पत्नी तथा नेपाली कांगे्रस कैलाली क्षेत्र नम्बर ५की प्रतिनिधि सभा उमेद्धार डा. आरजु राणा देउवाले ७ नंबर प्रदेशको विकास नेपाली कांग्रेसको पालामा भएको र त्यसको जस प्रधानमन्त्री शेरबहादुर देउवालाई जाने बताउनु भएको छ ।
घनगढी उपमहानगरपालिकाको वडा नं १२ को चुनावी सभालाई संबोधन गर्दै कांग्रेस नेतृ डा.देउवाले सो कुरा बताउनुभएको हो ।
उहाँले एमाले अध्यक्ष केपी ओली ७ नंबर प्रदेशको बारेमा अनविज्ञ रहेको बताउदै ‘ देउवाले डडेल्धुरा र ७ नम्बर प्रदेशमा पुगेर देउवाले केहि गरेन् भन्नु हास्यास्पद’ रहेको टिप्पणी गर्नुभयो ।
‘केपि ओलीले डडेल्धुरा पुगेर शेरबहादुरले केहि नि गरेन् भनेर भाषण गर्नु भयो रे’ चुनावी सभालाइ सम्वोधन गर्दै उहाँले भन्नुभयो ‘मलाइ लाग्छ उहाँ यो क्षेत्रमा कहिल्यै आउनुभएको थिएन् ।’
‘ बाम गठबन्धनका नेताले ठूलो त्यागपछि ल्याएको संविधान च्यात्छु,फाल्छु भन्दै कराउँदै छन्’ उहाँले ओलीलाइ लक्षित गर्दै भन्नुभयो ‘फेरी राजा बन्ने सपना कसैले नदेखे हुन्छ, देउवाले थप्नुभयो ‘नपाउनेले केरा पायो बोक्रा सहित खायो भनेको यही हो’ ।
नेतृ देउवाले पञ्चायतकालसम्म राजधानी जान पनि भारत भएर जानुपर्ने यसक्षेत्रमा पुल, सडक, स्वास्थ्य चौकी, स्कूल, कलेज सबै नेपाली कांग्रेसको सरकारको पालामा बनेको र अझ धेरै कुरा गर्न बाँकी रहेको बताउनुभयो ।
उहाँले पश्चिम सेती, पञ्चेश्वर आयोजना अगाडि बढाउने काम कसले गरेको हो भनेर ओलीलाई सोध्ने मन भएको बताउनुभयो ।
‘विकासका जति काम भएका छन् सबै कागे्रसकै पालामा भएका छन्’ उहाँले भन्नुभयो ‘यो क्षेत्रको विकासका लागि अरु पार्टीले सिन्कोसम्म भाँचेका छैनन्’ । उहाँले प्रदेश नम्बर ७ को गौरीफण्टा र गड्डा चौकी नाका फराकिलो पार्न देउवाले थुप्रै पहल चालेको बताउनुभयो ।
‘प्रधानमन्त्री देउवा नै प्रदेश नम्बर ७ को विकासका लागि खटिरहनुभएको छ ्, अरुले केही गरेको भए मलाई देखाइदिनुस् ’ उहाँले भन्नुभयो ‘एमाले र माओवादीका नेता कार्यकर्ता भाषण गर्नमा मात्रै माहिर छन््, काम गर्न होइन्’ ।
उहाँले १७ वर्ष अघि तत्कालीन प्रधानमन्त्री देउवाले कैलाली ल्याउन खाजेको पोलिटेक्निक कलेज एमालेको सरकारले मोरङ्ग र मनकानपुर पु¥याएको आरोप लगाउनुभयो । ‘आज भन्दा १७ वर्ष अघि देउवा प्रधानमन्त्री हुँदा कैलालीमा ल्याउन लागेको पोलिटेक्निक कलेज मोरङ्ग र मकवानपुर सारियो ‘ देउवाले भन्नुभयो ‘जसले सार्यो त्यसैले शेरवहादुरले केही काम गरेर भनेर भन्नु हास्यास्पद छ’ ।
कागे्रस नेतृ देउवाले सेती अञ्चल अस्पतालको दयनीय अस्पताल छिटो भन्दा छिटो स्तरोन्नति गर्ने दोह्रो¥याउनु भयो । प्रदेशकै रेफरल अस्पतालको अवस्था सुधार्न आफुले प्रयास थालेको बताउनुभयो ।
देउवाले शुक्रवार धनगढी उपमाहानगरपालिका अन्र्तरगतको जुगेडा, फुलवारी डिपोबजार लगाएतका विभिन्न वडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्नु भएको थियोे ।
सभामा पुर्व सांसद प्यारेलाल राना,केन्द्रीय सदस्य आनन्द विष्ट,महासमिति सदस्य नारायण भट्ट, धनगढी उपहानगरपालिका नगर प्रमुख नृप बड, लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।