बिहे गरेर छोराछोरी जन्माइसकेपछि ती श्रीमानलाई छोडेर उनकै साख्खै भाइसँग बिहे गर्नु त्यो पनि श्रीमानसहित पूरै परिवारकै सहमतिमा । यस्तो कुरा निकै अपत्यारिलो लाग्छ । तर भारतको बिहार राज्यको भागलपुरमा यस्तै विचित्र घटना भएको छ । यहाँको एक परिवारमा भाउजुको देवरसँग प्रेम भएपछि परिवार विभाजित हुनबाट बचाउन दाजुलै नै देवरभाउजुको विवाह गरिदिएका छन् ।
बिहेपछि दाजुले भाइबुहारीलाई आशीर्वाद दिँदै गाउँ छोडेर गएका छन् । उनले आफ्नी छोरी पनि उनीहरुलाई सुम्पिदिएका छन् । बिहेपछि आमाले पनि छोरीलाई अब अंकललाई बाबा भन्नु भनेर सिकाएकी छिन् । फिल्मी शैलीको यो घटनामा ३० वर्षका पवन गोस्वामीकी श्रीमती प्रियंका गोस्वामीको आफ्नै देवर साजन गोस्वामीसँग प्रेम भएको थियो । यो सम्बन्ध २ वर्षदेखि चलिरहेको थियो । उनीहरुले भागेर बिहे गर्ने तयारी गरिरहेको कुरा दाजु पवनले थाहा पाएपछि उनीहरुको खुलीको लागि आफैंले दुवैको विवाह गरिदिएका हुन् ।
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर
श्री पृथ्वी माध्यमिक विद्यालयको छात्रा वासको विषय भ्रम र यथार्थ... वि.सं. २०१४ सालमा जनज्योति प्राइमरी विद्यालयको स्थापना भएको थियो ।...