काठमाडौं, मंसिर ५ – सर्वोच्च अदालत परिसरमा बम फेला परेको छ । बम राखेको हल्ला चलेपछि आजका सबै इजलास स्थगित भएका छन् । पहिचान हुन नसकेका मानिसको समूहले बम राखेको प्रहरीले जनाएको छ ।
बम राख्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ । बम राखेको पाइएपछि सर्वसाधारण आतंकित भएका छन् । बम डिस्पोज गर्न सेनाको टोली घटना स्थमा पुगिसकेको छ ।