बाराको जितपुर सिमरा उपमहानगरपािलकामा अज्ञात समूहले दुई जनाको हत्या गरेर फरार भएका छन् । सिमराको वडा नम्बर ३ बजिनीस्थित अज्ञात समूहले श्रीमान् श्रीमतीको हत्या भएको प्रहरीले जनाएको छ ।
गाई फार्म सञ्चालन गरेर बसेका श्रीमान श्रीमतीमाथि अज्ञात समूहले आक्रमण गरि दुई जनाको हत्या गरेको हो । मृत्यु हुनेमा दीपक सुवेदी र श्रीमति दीपा सुवेदी हत्या भएको प्रहरीले जनाएको छ । अज्ञात समूहले राति बाँसले हानेर हत्या गरिएको जनाइएको छ । प्रहरीले लुटपाटको क्रममा हत्या नभई अन्य रिसइबीका कारण हत्या भएको हुनसक्ने जनाइएको छ ।