एजेन्सी । तीन बच्चाकी आमा समेत रहेकी श्रीमतीको अर्कैसँग अबैध सम्बन्ध रहेको आशंकामा श्रीमानले आफ्नै श्रीमातीको हत्या गरेको छ।
आरोपीले आफ्ना तीन सन्तानकै सामुने पत्नीको हत्या गरेका हुन्। पत्नीको हत्यापछि आरोपीले विष सेवन गरेर आत्महत्याको प्रयास गरेका थिए। तर उनको प्रयास असफल भएको छ। लामखुट्टे मार्ने विषदीले ज्यान नभएपछि उनले हातको नसा काटेको थिए। बच्चा जोडले चिच्याएपछि छिमेकीले उनलाई आत्महत्या गर्नबाट जोगाएका थिए।
आत्महत्याको प्रयास गरेका ती व्यक्तिको जीटीबी अस्पतालमा भर्ना गरिएको थियो। उपचारपछि उनलाई अदालतमा पेष गरिने भारतीय सञ्चारमाध्यमले जनाएको छन्। उनले प्रहरीसामु आफ्नो अपराध कबुल गरिसकेका छन्।
यो घटना भारतको नयाँ दिल्लीस्थित करावल क्षेत्रको हो। करावलमा बस्दै आएका हिरालालको विवाह ८ वर्ष पहिले अलिगढकी डाली नाम गरेकी युवतीसँग भएको थियो। विवाहपछि केही समय उनीहरुको सम्बन्ध ठिकै थियो।
उनीहरुका ३ बच्चा पनि भए। केही समय पहिले अरोपीले आफ्नी पत्नीको कुनै व्यक्तिसँग अबैध सम्बन्ध रहेको आशंका गरेपछि दुबैको सम्बन्ध बिग्रिदै गएको थियो। उनीहरुको झगडा अदालतसम्म पुगेको थियो। अदालतले राम्रोसँग रहन भन्दै ४ महिनाको समय दिएको थियो। तर चार महिला नवित्दै पतिले पत्नीको हत्या गरेका हुन्।