विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय स दस्य डा शेखर कोइरालाले पार्टीको केन्द्रीय समितिको बैठक अविलम्ब बोलाउन माग गर्नुभएको छ ।
विराटनगरमा शुक्बार कोइराला निवासमा आयोजित पत्रकार भेटघाटमा कोइरालाले पार्टीको महाधिवेशनमा सभापति पदका लागि आफनो चर्चा हुनु स्वाभाविक भएको बताउनु भयो, ‘आफु राजनीतिक मान्छे भएकाले ईच्छा राख्नु स्वाभाविक हो ।’ उहाँले अहिले पार्टीको संरचनालाई बलियो बनाउनका लागि प्रत्येक प्रदेशको साङ्गठनिक संरचना बनाउनुपर्ने विषयमा जोड दिँदै अब पार्टीको सङ्गठन टोल–टोलसम्म पु¥याउनुपर्ने विषयमा जोड दिनुभयो ।
यस्तै पार्टीको केन्द्रीय समितिको बैठक अविलम्ब बोलाउन माग गर्नुभयो । निर्वाचनमा पार्टीको पराजयका विषयमा विस्तृत रुपमा छलफल गर्न र आगामी दिनमा महासमितिको बैठक बसाउनका लागि सो बैठक आवश्यक रहेको स्पष्ट पर्नुभयो ।