• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

वैदेशिक रोजगारीले निम्त्याएको विखण्डन

९ मंसिर २०७४, शनिबार १२:०६
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

९ मंसिर २०७४, शनिबार १२:०६

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

९ मंसिर २०७४, शनिबार १२:०६
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

९ मंसिर २०७४, शनिबार १२:०६
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

९ मंसिर २०७४, शनिबार १२:०६
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

९ मंसिर २०७४, शनिबार १२:०६
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

९ मंसिर २०७४, शनिबार १२:०६
श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

९ मंसिर २०७४, शनिबार १२:०६
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

९ मंसिर २०७४, शनिबार १२:०६
गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

९ मंसिर २०७४, शनिबार १२:०६

मलाइ पाइलट बनाउँछु भन्नुहुन्थ्यो बिच बाटोमै छोडेर जानू भयो है दादा….

९ मंसिर २०७४, शनिबार १२:०६

चुनावकै दिन यस्तो भएको थियो बाँझकटेरीमा , अहीले त्यही मतगणना हुँदै छ !

९ मंसिर २०७४, शनिबार १२:०६

पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

९ मंसिर २०७४, शनिबार १२:०६
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, April 1, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home शिक्षा

वैदेशिक रोजगारीले निम्त्याएको विखण्डन

by NewsDesk
९ मंसिर २०७४, शनिबार १२:०६
in शिक्षा, समाज, स्वास्थ्य/जीवनशैली
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

मोहितलाल महतो (नाम परिवर्तन) तीन वर्षपछि कतारबाट फर्किए । २९ मंसिरसम्म घरमा भएकी श्रीमती संगीता (नाम परिवर्तन) लाई उनले ३० गते कतै देखेनन् । त्यसपछि महतो झस्किए अनि आफ्नी श्रीमतीको खोजी सुरु गरे । यता उनकी श्रीमतीले मोहितलालसहित एक छोरा र एक छोरीलाई छाडेर आफ्ना प्रेमीसँग नयाँ जीवन प्रारम्भ गरिसकेकी थिइन् । आफूले वर्षौं लगाएर जम्मा गरेको पैसा लिएर श्रीमती परपुरुषसँग हिँडेपछि अहिले महतो न्यायका लागि जिल्ला प्रहरी कार्यालय धाइरहेका छन् ।

महोत्तरीको सुगा–३ का जीवछ मण्डल अचानक हराएपछि उनको खोजीनिती सुरु भयो ।

मण्डलले सञ्चालन गरिरहेको चियापसलको कोठाको ताल्चा धेरै दिनसम्म नखुलेपछि गाउँलेहरूले सजिलै लख काटे कि उनी किन बेपत्ता भए ? जीवछ छिमेकमा रहेको बहुअर्वा गाउँकी तीन छोरी तथा तीन छोराकी आमासँग ‘जोइल’ गएको कुरा एक कान दुई कान मैदान भयो । एक वर्षयता जीवछकै पसलमा दूध बेच्दै आएकी मिनाक्षी (नाम परिवर्तन) का श्रीमान् मजदूरी गर्न लामो समयदेखि कतारमा छन् । श्रीमान्को अनुपस्थितिमा गाउँमा पशुपालन गर्दै आएकी मिनाक्षी जीवनको एक्लोपन मेट्न मण्डलको सम्पर्कमा पुगिन् । छोटै समयको अन्तरालमा मिनाक्षी र जीवछ विवाह गर्ने निर्णय गर्दै सामाजिक एवं पारिवारिक दायित्वको हेक्का नराखी फरार भए ।

अहिले उनीहरू गाउँ फर्किएका छन् । उनीहरू गाउँ फर्किएलगत्तै मिनाक्षीका पूर्वश्रीमान् पनि स्वदेश आए । गाउँमा सरसमाजका ठूलाबडाहरू डाकेर ‘पञ्चायत’ गरियो । पञ्चले एकै स्वरमा मिनाक्षीलाई पूर्वश्रीमान् वा अहिलेका श्रीमान्मध्ये कोसँग बस्ने भनेर सोधे । उनले आफू एक्लै बस्न नसक्ने भएकीले अहिलेकै श्रीमान् बस्ने उत्तर दिइन् । मिनाक्षीको भनाइ थियो, ‘पहिलेका श्रीमान् पटकपटक विदेश गएकाले आजित भएर उनीसँग अलग्गिने टुङ्गोमा पुगेकी हुँ ।’

श्रीमतीको प्रेमीद्वारा फिल्मी शैलीमा हत्या

मिति २०७३ कात्तिक २७ गते जनकपुर–२२ बस्ने २५ वर्षीय श्रीराम ठाकुरको शव धनुषाको ढल्केवर–जनकपुर राजमार्गको क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगर सडकखण्डमा फेला पर्‍यो । घटनाको प्रारम्भिक अनुसन्धानमा प्रहरीले रातको समयमा ठाकुरलाई कुनै गाडीले ठक्कर दिएर भागेको आशंका गर्‍यो, तर थप अनुसन्धान गर्दै जाँदा वास्तविकता अर्कै भेटियो ।

वास्तवमा प्रेम र सम्पत्तिका कारण ठाकुरको हत्या भएको थियो । ठाकुरको शव पोस्टमार्टमपश्चात् दाहसंस्कारका लागि घरमै राखिएको अवस्थामा एक अपरिचित मृतककी श्रीमती नितु मिश्रलाई भेट्न पुगे । त्यसपछि प्रहरीले नयाँ ढंगले अनुसन्धान अघि बढायो ।

ठाकुर कात्तिक २६ गते दिउँसो घरबाट निस्किएका थिए । त्यो दिन उनी घर आएनन् । नितुले भोलिपल्ट बिहान श्रीमान् घर नआएको जानकारी आफन्तहरूलाई दिइन् । प्रहरीले उनलाई शंकाको घेरामा राखेको थियो र नियन्त्रणमा लिई सोधपुछ समेत गर्‍यो । सोधपुछका क्रममा उनले छिमेकी जितेन्द्र चौधरीसँग आफ्नो प्रेमसम्बन्ध रहेको स्वीकार गरिन् । प्रहरीले जनकपुर–६ का ३० वर्षीय जितेन्द्र चौधरीलाई पनि पक्राउ गर्‍यो । त्यसपछि घटनाको रहस्य खुलेको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले बताए ।

श्रीराम ठाकुर वैदेशिक रोजगारीमा गएका बेला जितेन्द्र र नितुबीच प्रेम बसेको थियो । ठाकुर फर्किएपछि आफूहरूको प्रेममा बाधक बनेकाले योजना बनाई उनको हत्या गरेको जितेन्द्रले स्वीकार गरेका छन् । जितेन्द्रले धनुषाको प्रको महुवा घर भई हाल जनकपुर–४ बस्ने २८ वर्षीय मनोज चौधरीलाई आर्थिक प्रलोभनमा पारी ठाकुरको हत्या गर्न लगाएका थिए ।

प्रेमिकाले धोका दिएपछि आत्महत्या

जनकपुरको बिसहारा चोकस्थित एक घरको छतबाट खसेर धनुषा, भरतपुर–३ का २६ वर्षीय उमेश यादवको मृत्यु भयो । यादवको मृत्युको कारण पनि प्रेम नै रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटना हुनुअघि यादव जनकपुरमा डेरा लिई बस्दै आएका थिए । उक्त घरमै डेरा लिएकी धनुषा रघुनाथपुरका चन्द्रदीप यादवकी श्रीमती रिंकुसँग उनको प्रेमसम्बन्ध भयो । चन्द्रदीप वैदेशिक रोजगारीमा गएका बेला दुवैबीच प्रेमसम्बन्ध झाँगिएको थियो । श्रीमान् विदेशबाट फर्किएपछि रिंकुले उमेशलाई बेवास्ता गर्न थालेकी थिइन् । त्यही झोकमा मदिराको नशामा उमेशले छतबाट हाम फालेर आत्महत्या गरेको प्रहरीको भनाइ छ । घटनापछि चन्द्रदीप र रिंकु फरार रहेको प्रहरीले जनाएको छ ।

सुपारी दिएर श्रीमान्को हत्या

आफ्नै श्रीमान्को हत्यामा संलग्न रहेको भन्दै महोत्तरी प्रहरीले महोत्तरी हतिसर्वा–८ की ज्योति मिश्रलाई पक्राउ गरी मुद्दा चलाउने तयारी गरेको छ । प्रहरीले मिश्रसँगै धर्मपुर–६ बस्ने ३१ वर्षीय फिरोज कवारी, धमौरा–१ बस्ने ३७ वर्षीय तुफान नट अन्सारी, बगडा–७ बस्ने ४४ वर्षीय गंगाराम दास तथा महोत्तरी गाविस–७ बस्ने २९ वर्षीय कुबेर राउतलाई पक्राउ गरेको थियो ।

२२ वर्षीया ज्योति मिश्रले वैदेशिक रोजगारीबाट घर फर्किएका २५ वर्षीय श्रीमान् अञ्जनीकुमार मिश्रको हत्या गराएको प्रहरी अनुसन्धानमा खुलेको छ । परपुरुषसँगको अनैतिक सम्बन्धका कारण उक्त हत्या गराइएको महोत्तरीमा कार्यरत प्रहरी निरीक्षक रवीन्द्र खनालले बताए । ज्योतिले सुपारी दिएर आफ्ना श्रीमान्को हत्या गराएकी थिइन् ।

गाउँ–समाजमा अचेल हुने यी घटना केही उदाहरण मात्र हुन् । यस्ता घटनाको सूची निकै लामो हुनसक्छ । लोकलाजले गर्दा कतिपय घटना सार्वजनिक हुँदैनन् भने पीडितहरूले आर्थिक भर्पाइका लागि जिल्ला प्रहरी कार्यालय तथा अदालतको ढोका ढकढक्याएपछि मात्र ती घटना बाहिर आउँछन् ।

विदेशमा श्रीमान् भएका कतिपय महिला छोराछोरी पढाउने, कुनै सीप सिक्ने वा पढ्ने उद्देश्यले डेरा लिई जनकपुर वा गाउँ नजिकको कुनै बजारमा बस्छन् । त्यही क्रममा कतिपयले परपुरुषसँग प्रेमसम्बन्धसमेत गाँस्छन् । परिणाम स्वरूप श्रीमान् विदेशबाट आएकै दिन डिभोर्स माग्ने महिलाहरू बढ्दै गएको प्रहरी बताउँछ ।

इन्सेक धनुषाका प्रतिनिधि विनोदकुमार रविदासका अनुसार वैदेशिक रोजगारीले समाजमा विकृति पनि बढाएको छ, नैतिकताको खडेरी गराएको छ । कतिपय महिलाले आफन्त तथा छरछिमेकसँगै अनैतिक सम्बन्ध राख्ने गरेका छन् । सहरमा डेरा लिएर बस्ने महिलामा यो समस्या बढी छ ।

यस सम्बन्धमा टिप्पणी गर्दै महिला तथा बालबालिका सेलकी अध्यक्ष सुभद्रा आलेले वैदेशिक रोजगारीले आर्थिक रूपमा सम्पन्न बनाए पनि समाजमा विकृति बढाएको बताइन् । ‘विवाह गरेको केही महिना पनि भएको हुँदैन, श्रीमान् विदेश जान्छन्, त्यस्तोमा श्रीमान्–श्रीमतीबीचको प्रेम गहिरो भैसकेको हुँदैन बरु श्रीमान्भन्दा परपुरुषको प्रेम गहिरो हुन जान्छ,’ आलेले भनिन्, ‘प्रेममा परेका त्यस्ता कतिपय महिला अन्धा भै श्रीमान्को नै हत्या गर्नेसम्मका योजना बनाउन पछि पर्दैनन् ।’

वैदेशिक रोजगारीमा जाने क्रमसँगै पारिवारिक विखण्डन अत्याशलाग्दो ढंगले बढेको छ । एक–अर्कासँग छुट्टिएर बस्दा युवा दम्पतीमा आउने विचलनका कारण उनीहरूका बालबच्चा मानसिक दबाबमा पर्छन् । वैदेशिक रोजगारीकै कारणले विवाहेत्तर सम्बन्ध तथा परपुरुषसँग वैवाहिक सम्बन्ध सुरुवात गर्ने घटना सामान्य बन्दै गएको सरोकारवालाहरू बताउँछन् ।

कतिपय अवस्थामा सम्भावित दुष्परिणामप्रति सचेत नभै विवाहेत्तर सम्बन्ध स्थापित गर्दा श्रीमान्सँग सम्बन्ध विच्छेदका घटना पनि भैरहेका छन् । यौन सम्बन्धका विषयमा हुने चियोचर्चा एवं असुरक्षित सम्बन्धपछि हुने अनिच्छित गर्भधारणले पनि यस्ता समस्यालाई बल्झाउने जानकारहरू बताउँछन् ।

 

 

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

by Sandesh Nepal
९ मंसिर २०७४, शनिबार १२:०६
0

मुगु जिल्लाको खत्याडगाउँपालिकामा गत असोज १८ देखी २४ गते सम्म अविरल वर्षातका कारण पनि बाढीले अरबौं क्षेती पुर्याएको थियो ।...

आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

by Sandesh Nepal
९ मंसिर २०७४, शनिबार १२:०६
0

महाशिवरात्रि यसरी पुजा गर्दा शनि र भगवान शिव दुवै प्रसन्न हुने, भुलेर पनि नगर्नुहोस् यी काम ! संकट हुनेछ।।सनातन धर्ममा...

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

by Sandesh Nepal
९ मंसिर २०७४, शनिबार १२:०६
0

कार्यसम्पादन मुल्यांकनकाे आधारमा गुल्मीको मदाने गाउँपालिका ७६.०१ अंक प्राप्त गर्दै देशभरकै गाउँपालिकामध्ये छैठाै स्थान एवम् गुल्मीमा प्रथम भएको छ ।...

गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

by Sandesh Nepal
९ मंसिर २०७४, शनिबार १२:०६
0

गर्भाशय : एक छोरिको कथा... गाउँ र सहरमा, म अनि म जस्ता धेरै छोरी आज सम्म यस्तो मृत्युको सिकार भएका...

  • Trending
  • Comments
  • Latest
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

९ मंसिर २०७४, शनिबार १२:०६
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

९ मंसिर २०७४, शनिबार १२:०६
गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

९ मंसिर २०७४, शनिबार १२:०६

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

९ मंसिर २०७४, शनिबार १२:०६

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

९ मंसिर २०७४, शनिबार १२:०६
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

९ मंसिर २०७४, शनिबार १२:०६
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?