नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका स्याङजा जिल्ला इन्चार्जसहित दुई जना गाेरखामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय गाेरखाले सदरमुकामको घ्याम्पेशाल चोकबाट बिहीवार राति उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका-२७ का ३३ वर्षीय गोकुल पराजुली र रुकुमको त्रिवेणी गाउँपालिका-१ का ३२ वर्षीय जीवन क्षेत्री रहेको डीएसपी शर्माले जानकारी दिए ।
पराजुली स्याङजा जिल्ला इन्चार्ज हुन् भने क्षेत्री सामान्य कार्यकर्ता रहेको उनले बताए । उनीहरु बिरुद्ध शुक्रवार सार्वजनिक अपराध अन्तरगत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डीएपसी शर्माले बताए ।
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर
मुगु जिल्लाको खत्याडगाउँपालिकामा गत असोज १८ देखी २४ गते सम्म अविरल वर्षातका कारण पनि बाढीले अरबौं क्षेती पुर्याएको थियो ।...