प्यूठान : खेल्दाखेल्दै बाख्रालाई खुवाउने दानाको भाडामा इन्द्रम शाहीको हात प¥यो । तातो दानासहितको भाडामा परेर उनको दाइने हातको नाडीदेखि तल सबै पोलिएको छ । सबै औँलासहित हात सुन्निएका छन् । तर, उनको उपचार हुन सकेको छैन् ।
स्वर्गद्धारी नगरपालिका-४ भिंगृ निवासी उनलाई आमा निर्मला शाहीले जसोतसो स्थानीय भिंगृ बजारमा लगेर सामान्य उपचार गराइन् । यसले उनको पोलिएको घाउ निको हुन सकेन् ।आर्थिक अभावकै कारण बालकको उपचार हुन सकिरहेका छैन् ,उपचार अभावमा हातनै गुम्ने खतरामा देखिएको छ ।
पीडित बालक घर नजिकैको चन्द्रेश्वरी प्राविमा वालविकासमा पढछन् । आमा निर्मलाले सोही विद्यालयमा कार्यालय सहयोगीको रुपमा काम गर्छिन् । छिमेकीसँग ऋण खोजेर मेडिकल लगेर सामान्य उपचार गराउँदा निको नभएको र खर्चको अभावमा थप उपचारका लागि हस्पिटल लान नसकको बालककी आमा निर्मलाले बताइन ।
६ महिनादेखि विद्यालयमा कार्यालय सहयोगीको रुपमा काम गर्दै आएकी उनले मासिक चार हजार पाँच सय तलब बुझिछन् । घरमा रहेका बृद्ध ससुरा र सासूको रेखदेख गर्ने जिम्मा पनि उनकै काँधमा छ । तीन छोरामध्ये इन्द्रम कान्छो हुन् । जेठो छोरा इमेजले पाँच र माइलो इशासनले तीन कक्षामा पढछन् ।
‘श्रीमान इण्डिया जानुभएको छ’,शाहीले भनिन्,‘सासू, ससुराको हेरचार र छोराहरुको पालनपोषण गर्ने सबै जिम्मेवारी मेरै भरमा छ ।’ उनी विद्यालयमा काम गरिरहेका बेला छोरा इन्द्रम पोलिएको हातले ढुंगा, माटो चलाएर बाहिर खेलिरहेका हुन्छन् । विद्यालयमा समेत उनको हेरचाह राम्रोसँग हुन सकेको छैन् । शाहीले छोराको उपचारका लागि कतैबाट आर्थिक सहयोग पाए हुने भन्ने आशा गरेकी छिन्