सुर्खेत, १२ मंसिर – सुर्खेतको इलाका प्रहरी कार्यालय छिन्चुले लागु औषध चरेस सहित एक जनालाई प्रक्राउ गरेको जनाएको छ ।
चेक जाँचको क्रममा आइतबार दिउँसो ६ किलो २ सय ५० ग्राम चरेस सहित नेपालगंज उप–महानगरपालिका –३ राँझाका सुर्य शाहलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बाटोमा हिडिरहेको बेला शंका लागेर चेकजाँच गर्दा शाहको झोलाबाट चरेस बरामद भएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरिक्षक मधुसुधन न्यौपानेले बताउनुभयो ।
शाहलाई इलाका प्रहरी कार्यालय छिन्चुमै राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको न्यौपानेले बताउनुभयो ।
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर
श्री पृथ्वी माध्यमिक विद्यालयको छात्रा वासको विषय भ्रम र यथार्थ... वि.सं. २०१४ सालमा जनज्योति प्राइमरी विद्यालयको स्थापना भएको थियो ।...